जरो किलो महाअभियान

January 17, 2018

जरो किलो महाअभियानका विशिष्टिकृत संस्थाहरु :—
जरो किलो महाअभियानको कार्यक्षेत्र निकै बृहत्तर, विस्तृत, विशद् भएको हुनाले यो महाअभियान अन्तर्गत अनेकौँ विशिष्टिकृत संस्था, संघ, संगठन, समिति, कार्यदल आदि रहन्छन् । हामीले केही विशिष्टिकृत संस्थाहरु स्थापना गरिसकेका छौँ र अन्य संस्था, संघ, संगठन, समिति, कार्यदल आदि पनि क्रमशः विकसित हुँदै जानेछन् । आजको मितिसम्म निम्नानुसारका संस्थाहरु खडा भइसकेका छन् —
(१) जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति —
नेपालमा राजनीतिक कार्यको लागि । निर्वाचन आयोगमा दर्ता गर्दा “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” नै नाम राखेर अघि बढ्ने कि योचाहिँ परिचायक नाराको रुपमा प्रयोग गरी नामचाहिँ दुई — तीन शब्दहरुको राखेर अघि बढ्ने भन्नेबारे विचार विमर्श भइरहेको छ । जे होस्, मौलिक रैथाने शक्ति उपयुक्त समयमा निर्वाचनमा भाग लिने एवं निर्वाचनमार्फत् जनअनुमोदन हासिल गरी राज्यसत्ता सञ्चालन गर्ने राजनीतिक संस्था (पार्टी / दल) का रूपमा अगाडि आउनेछ ।
(२) जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति —
रुट एण्ड लोकस इन्टरनेसनल मुभ्मेन्ट (“जरो र किलो नेपालमा भएको अन्तर्राष्ट्रिय शक्ति” – Root and Locus International Movement) को कार्यक्षेत्र सारा विश्व हो । अल्पकालीन रोजगारीका लागि विदेशमा रहेका, संसारका विभिन्न देशमा स्थायी आवास सुविधा उपभोग गरिरहेका साथै विभिन्न देशका नागरिक भइसकेका, सबैथरि नेपालीजनले यसको सदस्यता लिन सक्नेछन् ।
(३) जरो किलो प्रतिष्ठान नेपाल —
अनुसन्धान, उद्यमशीलता, विकासका लागि कार्य गर्न संस्थापित “जरो किलो प्रतिष्ठान नेपाल” – नेपाल सरकार, उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई समाजकल्याण परिषद्मा आबद्ध संस्था हो । यो राजनीतिक संगठन होइन, यो त उद्यमशीलता, अनुसन्धान, विकासका लागि संस्थापित कम्पनी हो ।
जरो किलो प्रतिष्ठान नेपालका उद्देश्यहरु :-
– नेपालका मौलिक रैथाने धर्म, संस्कृति, दर्शनशास्त्र, परम्परा, कला, रीतिरिवाज, विद्या, शिल्प, सीप, आयुर्वेद आदिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– गुरुकुल सहित विविध प्रकारका शैक्षिक संस्था, संस्कार केन्द्र, सेवा केन्द्र, धर्मशाला आदि निर्माण गरी सञ्चालन गर्ने, गराउने ।
– विभिन्न प्रकारकाका सीपमूलक प्रशिक्षणहरु सञ्चालन गर्ने गराउने ।
– नेपालका मौलिक रैथाने औषधिको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– नेपालका मौलिक रैथाने खाद्य तथा पेय पदार्थको अन्वेषण, अनुसन्धान, विकास र प्रवर्द्धन गर्ने, गराउने ।
– नेपालका विभिन्न पक्षबारे अनुसन्धान तथा प्रकाशन प्रसारण गर्ने, गराउने ।
– नेपालका रैथाने भाषाहरुको प्रवर्द्धनका लागि क्रियाकलाप सञ्चालन गर्ने, गराउने ।
– नेपालका मठ, मन्दिर, गुठी, चैत्य, विहार आदिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।
– नेपालका रैथाने वैदिक, बौद्घ, जैन, किराँती, बोन लगायतका धर्म संस्कृतिको संरक्षणका लागि क्रियाकलाप गर्ने, गराउने ।
– मनोसामाजिक चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, गराउने ।

(४) सहृदयता समाज नेपाल —
सहृदयता समाज नेपाल – जिल्ला प्रशासन कार्यालय, भक्तपुर र नेपाल सरकार, समाज कल्याण परिषद्मा दर्ता भएको सामाजिक, गैरसरकारी संस्था हो । सहृदयता अवधारणा, सिद्धान्त, दर्शनको व्यावहारिक प्रवर्धन गरी सबैथरि नेपालीजनलाई नेपाल विविधतायुक्त देश होस नेपालमा धेरैथरी जाति हुनु र तिनीहरू मिलेर एउटै राष्ट्र निर्मित हुनु स्वाभाविक र सहज कुरा नै हो भन्ने आत्मसात् गराउने एवं सहृदयताको सम्बन्ध सुनिश्चित गर्नका लागि यो संस्थाले कार्य गर्नेछ ।
(५) र (६) महिला र युवाका विशिष्टिकृत संस्थाहरु दर्ताका क्रममा छन् । दर्ता भइसकेपछि थप जानकारी दिइनेछ ।
अन्य संस्थाहरुबारे पनि पछि जानकारी दिइनेछ ।

Advertisements

सम्प्रदायवादी / साम्प्रदायिक राजनीति गर्छु भन्ने “धर्मगुरु”, “मठाधीश”, “संस्था प्रमुख” का सन्दर्भमा विचारणीय कुरा :—

December 24, 2017

धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण (जसलाई युरोपेली क्रिस्चियन परिप्रेक्ष्यमा चर्च र राज्यको पृथकीकरण “Separation of Church and State” भनियो) को व्यवहार हाम्रोमा वैदिक मान्यतामै रहेको देखिन्छ र उक्त मान्यतालाई बौद्ध, जैन, किराती आदि पद्धतिमा पनि अवलम्बन गरिएको देखिन्छ ।
धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले वैदिक कालदेखि नै र युरोपेली क्रिस्चियनहरुले विकासक्रमको पछिल्लो चरणमा अवलम्बन गरेको देखिन्छ ।
सारमा, आजको समयका परिप्रेक्ष्यमा भन्नुपर्दा, धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरण एउटा समान मान्यता रहेको छ, जो हामी र पश्चिमाहरु दुवैथरिले समुचित सैद्धान्तिक निष्कर्षमा पुर्याएका छौँ । कतिपय इस्लामी राष्ट्रहरुमा उपर्युक्त सैद्धान्तिक निष्कर्षमा पुग्न अझै बाँकी रहेको देखिन्छ, तर उनीहरु पनि चाँडो वा ढिलो उही सैद्धान्तिक निष्कर्षमा नपुगी सुखै छैन ।
धर्म–सम्प्रदायाधारित, धार्मिक–परम्परा–जन्य, सांस्कृतिक–सामाजिक–सम्प्रदाय–केन्द्रित संस्थाहरु र राजनीतिक–शासकीय–प्रशासकीय संस्थाहरुको पृथक् पृथक् कार्यक्षेत्रको विशिष्टिकरणलाई हामीले राज्यराष्ट्र सिद्धान्तमा चौथो बुँदामा आत्मसात् गरेका छौँ (यो सन्दर्भमा कृपया राज्यराष्ट्र पुस्तकको दोस्रो संस्करणको पृ. ४६ र पृ. ६६ देखि पृ. ७० सम्म पढौँ) । राजनीतिक सिद्धान्त, राज्यका सबै क्रियाकलाप, शासकीय राजनीतिक कार्यकारी पदमा रहेका व्यक्तिहरु धर्मको विवेकले निर्देशित, दिग्दर्शित, सञ्चालित हुनु पर्छ भन्नुचाहिँ सनातन वैदिक हिन्दूका साथसाथै बौद्ध, किराती, बोन, जैन आदि मान्यताको अनुकूल हो ।
Read the rest of this entry »

बिजुली बिगुल

December 19, 2017

— निर्मलमणि अधिकारी, पीएच.डी.
नेपाललाई बिजुली (विद्युत) अवश्यै चाहिन्छ; तर जसरी पनि बिजुली बेचेर धनी हुने भन्ने कल्पना (कथाको सोम शर्माको सातु जस्तै) को उडन्ते सपनाको बिगुलचाहिँ अवाञ्छनीय हो ।
बिजुलीका लागि के कस्ता योजना, परियोजना, भौतिक संरचना, लगानी नेपालको परिप्रेक्ष्यमा उपयुक्त, सान्दर्भिक, व्यवहार्य (फिजिबल) हुन् भन्ने राम्ररी सोच विचारै नगरी पराइ प्रतिमानमा आधारित विकासे संकथनका होहोरिमा मच्चिने प्रवृत्ति अहिले हाबी देखिएको छ । नेपाल–केन्द्रित अनुसन्धान नगरी पराइ प्रतिमानका मात्र आधारमा लागू गरिने विकासे परियोजनाका घातक असरहरु के के हुन सक्छन् भन्ने सोची, विचारी, परीक्षण गरी तब मात्र निष्कर्षमा पुग्नु पर्छ । नेपालको धरातलीय यथार्थसँग मिल्दा योजना, परियोजना, भौतिक संरचना, लगानी मात्र हाम्रो लागि वाञ्छनीय हो ।
निकै ठूला आकारका (दैत्याकार, राक्षसाकार), अति धेरै लगानी चाहिने, ठूलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौँ हजारौँ वर्षदेखिको प्राकृतिक प्रस्रवण प्रणालीलाई ध्वस्त पार्ने, अमानवीय (दानवीय, प्रकृति–भञ्जक, सृष्टि–द्वेषी) परियोजना नेपालको धरातलीय यथार्थ, नेपालीजनको हित, हाम्रो वास्तविक सुखको प्रतिकूल (विरुद्ध) हो । जलविद्युत परियोजनाका परिप्रेक्ष्यमा पनि यो कसी लगाउनु पर्छ । यदि कुनै जलविद्युत परियोजना सानो वा मझौला आकारको नभएर निकै ठूलो आकारको (दैत्याकार, राक्षसाकार) छ भने, अनि अति धेरै लगानी चाहिने, ठूलो परिमाणमा विस्थापन र डुबान समस्या हुने, नदीको हजारौँ हजारौँ वर्षदेखिको प्राकृतिक प्रस्रवण प्रणालीलाई ध्वस्त पार्ने किसिमको छ भने त्यो अहितकारी परियोजना हो । साना र मझौला आकारका, स्थानीय सरकार एवं समुदायको स्वामित्व र लगानीमा बन्न सक्ने, विस्थापन र डुबान जस्ता समस्या नगण्य मात्रामा मात्र हुने, नदीको प्राकृतिक प्रस्रवण प्रणालीमा न्यूनतम मात्र व्यतिक्रम हुने जलविद्युत परियोजना हाम्रो लागि हितकारी, वाञ्छनीय, व्यवहार्य हुन् ।
Read the rest of this entry »

कृषि बिर्सेर समृद्धि ? हैट् !!!

December 17, 2017

कृषिको पुनरुद्धार र कृषकको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको रैथाने अर्थतन्त्रको लागि
— निर्मलमणि अधिकारी, पीएच. डी.
email: vedicbrahman@gmail.com

कृषि, उद्योग, व्यापार र सेवा–व्यवसायको अन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने ।
कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको प्रगति, समृद्धि, विकास गर्न ।
सुकिलो मुकिलो बनेर गजक्क परेर मञ्चमा बस्ने, अजंगका माला लगाउने, अबीर जात्रामा दंगदास हुने, खादा पहिरेर मखलेल हुने, रत्तिभर जानकारी नभएको विषयवस्तुबारे समेत लम्बेतान भाषण ठोक्दिने, तर कामकाज पटक्कै नगर्ने प्रवृत्ति भएका व्यक्तिहरु नै नेता, हाकिम, अगुवा हुँदासम्म नेपाल उँभो लाग्नेवाला छैन ।
खेती किसानी गरेरै राजनीति एवं नागरिक समाजमा नेता, अग्रणी, गण्यमान्य हुने र खेती किसानी गरेरै धनी, समृद्ध, सम्मानित बन्ने परिस्थिति भयो भने नै देश स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी हुनेछ ।
कृषिको पुनरुद्धार नहुँदासम्म नेपालको स्वावलम्बी, आत्मनिर्भर, दिगो विकास हुनेवाला छैन ।
सिंचाइ, खाद (मल), जनशक्ति र उत्पादकत्वको सुनिश्चितता नहुँदासम्म नेपालमा कृषिको पुनरुद्धार हुनेवाला छैन ।
कृषि अनुसन्धान, उद्यमशीलता, व्यावसायिकतालाई राष्ट्रिय नीतिको प्राथमिकतामा नराखी कृषिका आधारशिलाको सुनिश्चितता हुनेवाला छैन ।
पढे लेखेका भनाउँदाहरुले कृषि कर्म पटक्कै नगर्ने प्रवृत्ति कायम रहँदासम्म श्रमको सम्मान, सीप सिकाउने शिक्षा, किसानको मूल प्रवाहीकरण हुनेवाला छैन ।
देशको युवा शक्ति मात्र होइन, शरीरमा थोरै मात्र पनि तागत भएको किशोर र प्रौढ वयको श्रम शक्ति समेत विदेश पलायन भइरहेको तथ्य तथ्यांक सबैलाई जानकारीमा रहेकै हुनु पर्ने हो । सुरुमा गाउँहरु खाली भए, अब क्रमशः पूरा देश नै सक्रिय, सबल, तागतिलो श्रम शक्तिबाट वञ्चित हुँदैछ । एता देशभित्रचाहिँ रोजागारीका लागि विदेशी (भारतीय, चिनीया, बांग्लादेशी र अन्य पनि) कार्यरत छन् र श्रम बजारको माग पूरा गर्न थप विदेशी आउने स्पष्टै आँकलन गर्न सकिन्छ । सुरुमा श्रम शक्तिका रुपमा आपूर्ति भएको विदेशी जनबलले भविष्यमा राजनीतिक, सामाजिक, सांस्कृतिक, रणनीतिक पाटाहरुमा समेत चुनौती खडा गर्नेछ । श्रम शक्तिको कमीले सबैभन्दा ठूलो असर कृषि क्षेत्रलाई परेको छ र नेपालको कृषि प्रणाली एस्तै तरिकाले त केही दशकभित्रैमा ध्वस्त हुने दुरावस्था देखिन्छ ।
कृषिको पुनरुद्धार भएन भने वैदेशिक रोजगारी, पर्यटन, उपभोग्य सामग्री केन्द्रित व्यापार, दलाली र कम्प्युटर सफ्टवेयर आदि क्षेत्रबाट हुने कमाइले देशको अर्थतन्त्रलाई धान्न सक्ने छैन । थोरैतिनै हुने कमाइ आयात प्रणालीमार्फत् विदेशतिरै बाहिरिनेछ । एक परनिर्भर, परावलम्बी, हीन अर्थतन्त्रका कारणले नेपाल कष्टैकष्टको भड्खालोमा फस्नेछ ।
जग्गा बाँझो राख्नेलाई जरिवाना (वा विशेष कर) लगाउने र जग्गाबाट अन्न, सागसब्जी, फलफूल, जडीबुटी आदि उब्जाउनेलाई प्रोत्साहन अनुदान दिने पद्धति बसाल्दा कृषिको पुनरुद्धारमा गहकिलो अग्रगामी फड्को हुन सक्छ । उपयुक्त प्रविधि÷प्रौद्योगिकीको अधिकतम प्रयोग गर्दा कृषि क्षेत्रको कायापलट भई उत्पादकत्व एवं व्यावसायिकताको मापदण्डमा हाम्रा कृषक अब्बल ठहरिन सक्छन् । हामीले अनुसन्धान आधारित नीति बनाउनै छ कि कृषि र पशुपालन, पशुव्यवस्थापन, पशुविकासको एकीकृत विकास कसरी गर्ने, जंगल र कृषिको सन्तुलन, पारस्परिक व्यवस्थापन एवं युगपत् दिगो विकास कसरी गर्ने, अनि कृषिलाई कसरी हामीले पेटेन्ट अधिकार हासिल गर्ने क्षेत्रका रुपमा सदुपयोग गरी वैश्विक अर्थतन्त्रमा मजबुत स्थान हासिल गर्ने । अर्गानिक भनिने खानाको माग संसारभरि नै भइरहेको यो बेलामा कृषि–आधारित उद्योग, व्यापार र सेवा–व्यवसायमा नेपाली मौलिक रैथाने खाना तथा पेय पदार्थको मूलप्रवाहीकरण कसरी सम्भव छ भनेर अनुसन्धान एवं उद्यमशीलतामा अग्रसर हुन ढिला गर्नु हुँदैन ।
कृषिको पुनरुद्धार नगरी नेपालमा प्रगति, विकास, समृद्धिको कुरा गर्नु त कथाको सोम शर्माको हावादारी कल्पना मात्र हो, कथाको ढपोरशंखको जस्तो डिङ् हँकाइ मात्र हो, दोहोरै प्वाल भएको पुङ्माङ्मा दही जमाउन खोजेजस्तो मूर्खता मात्र हो ।
कृषि, उद्योग, व्यापार र सेवाको अन्तर्सम्बन्धित प्रणाली बनाउन सक्नै पर्छ हामीले यदि नेपाललाई स्वावलम्बी, समृद्ध, आत्मनिर्भर, विकसित, सुखी राष्ट्र बनाउने हो भने ।
कृषिको पुनरुद्धार एवं किसानको मूलप्रवाहीकरण अनिवार्य छ नेपालको प्रगति, समृद्धि, विकास गर्न ।

सिद्धान्त : श्वास-प्रश्वासजस्तै अपरिहार्य मानव क्रियाकलाप

October 3, 2017

समाजमा, देशमा, संसारमा परिवर्तन ल्याउने हो भने सर्वप्रथम त सिद्धान्त (Theory), वाद (Ism), मताग्रह (Ideology), प्रतिमान (Paradigm), विश्वदृष्टिकोण (Worldview) को सङ्कथन, अभिनिर्माण एवं मूलप्रवाहीकरणमा ध्यान दिनु पर्छ ।
सिद्धान्त (Theory), वाद (Ism), मताग्रह (Ideology), प्रतिमान (Paradigm), विश्वदृष्टिकोण (Worldview) बारे थाहा हुनु प्रत्येक सचेत मानवका लागि आवश्यक छ ।
सैद्धान्तिक चिन्तन मानव जीवनको अपरिहार्य पक्ष हो ।
प्रत्येक व्यक्तिसँग एक सिद्धान्त हुन्छ, थाहा पाएर वा नपाएर ।
सिद्धान्त एक प्रकारले श्वास–प्रश्वासजस्तै अपरिहार्य मानव क्रियाकलाप हो ।
सिद्धान्तबाट स्वतन्त्र कुनै अवस्था हुँदैन । सबै दृष्टिकोणहरु सिद्धान्तबाट नै निःसृत हुन्छन् । यहाँसम्मकि ‘सामान्य सुझबुझ’ (कमनसेन्स) भनिनेचाहिँ कुरा पनि कुनै न कुनै सिद्धान्तमा आधारित हुन्छ ।
Read the rest of this entry »

आह्वानपत्र (मैथिली) : जड़ि आ कील नेपालमे भेल मौलिक घरबैआ शक्ति

January 28, 2017

जड़ि आ कील नेपालमे भेल मौलिक घरबैआ शक्ति
“जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” (The Root and Locus Movement)
विज्ञानक बुद्धि प्रविधिक प्रगति ।
धर्मक विवेक सहृदयताक सम्बन्ध ।।
विकास न्याय स्वाधीनता समृद्धिमे नेपालक ।
सहृदयी तराई मधेश पहाड़ आ हिमालक ।।
प्रिय बन्धु लोकनि !
नेपाल विश्वक सभसँ प्राचीन देशमे एक अछि । ई महाभारतकालसँ पुरान, रामायणकालसँ पुराना देश अछि; राज्य–राष्ट्र (State Nation) अछि । एकर सीमामे परिवर्तन भेल अछि, शासक लोकनि परिवर्तन भेल अछि । मुदा राज्यराष्ट्रक रूपमे अविच्छिन अस्तित्वमे अछि, वैदिककालसँ । हजारो–हजार वर्षक इतिहास अछि नेपालक सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताक । हिमाल, पहाड़ आ तराई नेपालक अवयवक रूपमे रहैत आएल अछि, सभ दिनसँ ।
इतिहासक प्रायः सभ कालखण्डमे ई देश समृद्ध, शक्तिशाली आ अग्रणी रहैत आएल अछि । मुदा एखन देशक स्थिति कि छैक जे त अपनासभक सामने अछि । सङ्कटे सङ्कट आ सङ्क्रमणकालक कारण वर्तमान नेपालक दूरावस्थासँ अपनासभ पीड़ित भऽ रहल छी । हिंसा, अराजकता, हाहाकार !! घृणा, द्वेष, वैमनस्य !! असुरक्षा, अशान्ति, त्राहीत्राही, रोदन, चित्कार !! भ्रष्टाचार, तस्करी, कालाबजारी, महङ्गी !! बेरोजगारी, पलायन, निराशा !! गरिबी, रोग, भुख, शोक !! विकृति, विसङ्गति, पापाचार !! अन्याय, अत्याचार, शोषण, दमन, असमानता !! कतऽ छैक त चित बुझाबऽबाला ठाम ? के अछि दोषी ? के अपनासभकेँ ई महासङ्कटसँ पार लगाओत ?
हरेक इमान्दार नेपालीसँ गम्भीरतापूर्वक सोच–विचार कऽ निर्णय लेबाक समय आएल अछि— कि एहि देशक स्थितिकेँ एहिना बिगरैत रहऽ देबाक चाही कि सुखमय बनाएब ? इजोरिआ छानब कि अन्हरिआ ? निर्णय लेबाक अछि — “आब कोन रस्ता लेबैक ?”
नेपालक वर्तमान समस्यासभक समाधान कऽकऽ नेपालकेँ वैश्विक पुनःसंरचनाक अग्रणी आ केन्द्र बनाओल जाऽ सकैय, एकर लेल नीति आ नेतृत्व दूनू सर्वोत्तम रहब अत्यावश्यक अछि । जड़ि (Root) आ कील (Locus) नेपालमे रहल मौलिक घरबैआ शक्तिए नेपालक लेल सर्वोत्तम विकल्प रहल निष्कर्षमे हमसभ पहुँचल छी ।
Read the rest of this entry »

झिगु मौलिक रैथाने शक्तिया आह्वान

January 1, 2017

हागः व की नेपालय् हे दुगु मौलिक रैथाने शक्ति
“जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति”
(The Root and Locus Movement)
हागः व की नेपालय् हे दुगु मौलिक रैथाने शक्तिया आह्वान

विज्ञानया बुद्धि प्रविधिया विकास ।
धर्मया विवेक सहृदयताया स्वापू ।।
विकास न्याय स्वाधीनता समृद्धिइ नेपाःया ।
सहृदयी तराई, मधेश, पहाड व हिमालया ।।

हनेबहःपिं,
नेपाः विश्वया हे दक्कलय् पुलांगु देशत मध्ये छगू खः । थुपिं महाभारतकाल स्वया नं पुलांगु, रामायणकाल स्वया नं पुलांगु देय्, राज्यराष्ट्र(State Nation) खः । थुकिया सिमाना हिलाच्वंगु दु, शासकत हिलाच्वंगु दु, तर राज्य राष्ट्रया रुपय् थ्व मदिकं अस्तित्वय् दु वैदिकइलय्निसें हे । द्वलंद्वः दँया इतिहास दु नेपाःया सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनाया । हिमाल, पहाड, तराई नेपाःया थः जुयाच्वंगु दु न्ह्याब्लें ।
इतिहासया अप्वः थें फुक्कं कालखण्डय् थ्व देय् समृद्ध, शक्तिशाली, अग्रणी जुयावःगु दु । तर आः देय्या स्थिति छु दु धयागु ला झीगु न्ह्यःने खने हे दु । संकट हे संकटया सङ्क्रमणकालं लद्यद्यां वर्तमान नेपाःया दुराबस्थां झी सकसितं पीडित यानाच्वंगु दु । हिंसा, अराजकता, हाहाकार ।। घृणा, ल्वापू, बैमनस्य ।। असुरक्षा, अशान्ति, त्राहीत्राही, रोदन, चित्कार ।। भ्रष्टाचार, तस्करी, कालाबजारी, महंगी, बेरोजगार, पलायन, निराशा ।। गरिबी, ल्वय् पित्या, शोक ।। विकृति, विसङ्गति, पापाचार ।। अन्याय, अत्याचार, शोषण, दमन, असमानता ।। ग्व गन दु चित्त बुझे यायेगु थाय् ? सु खः दोषी ? सुनं खः झीत थ्व महासङ्कटं पार लगे याइगु ?
प्रत्येक इमान्दार नेपाःमिं गम्भीरपूर्वक सोच विचार यानाः आः हे निर्णय कायेमाःगु अवस्था वःगु दु । छु थ्व देशया स्थितियात थथे हे स्यंका च्वने बियेगु अथवा देय्यात सुखमय दयेकेगु ? तुयूजला ल्ययेगु वा ख्युँजला ल्ययेगु ? निर्णय कया हे छ्वयेमाःगु दु —‘‘आः गुगु लँपू लियेगु ?’’
नेपाःया वर्तमान समस्यातय्गु समाधान यानाः नेपाःयात वैद्धिक पुनः संरचनाया अग्रणी वा केन्द्र दयेके फइ, गुकिया लागिं नीति व नेतृत्व निगुलिं सर्वोत्तम जुइमाः । हागः (च्यत) (Root) व की (Locus) नेपालय् हे दुगु मौलिक रैथाने शक्ति हे नेपाःया लागिं सर्वोत्तम विकल्प जुइगु निष्कर्षय् जिपिं थ्यनागु दु ।
Read the rest of this entry »

के हो राज्यराष्ट्र सिद्धान्त ?

September 15, 2016

राज्यराष्ट्र (State Nation) निम्नानुसारका मान्यताहरु समेटिएको एक सिद्धान्त हो :—
(क) राज्य (State) नै राष्ट्र (Nation) हो ।
(ख) राज्य र राष्ट्र अलग अलग तत्त्वहरु होइनन् । “राज्य” र “राष्ट्र” समान अर्थ दिने संज्ञाहरू हुन् — जसमा “राज्य” संज्ञामा भू–राजनीतिक–वैधानिकतालाई र “राष्ट्र” संज्ञामा सांस्कृतिक सामाजिक एकत्वलाई जोड दिइएको हुन्छ ।
(ग) “राष्ट्रियता” को परिभाषा एवं पहिचानका निमित्त “राज्य” नै निर्णायक तत्त्व हो । प्रजाति, जाति, भाषा, धार्मिक सम्प्रदाय, सांस्कृतिक पहिचान, क्षेत्रीय पहिचान आदिका आधारमा “राष्ट्र” को परिभाषा गर्नु हुँदैन र जुन राज्यको नागरिक होइन्छ, सोही राज्यको नागरिकतासँगै राष्ट्रियता पनि निर्धारण हुन्छ ।
(घ) “राज्यराष्ट्र” मा नागरिक तथा राजनीतिक अधिकार र सांस्कृतिक अधिकारलाई तिनीहरुका विशिष्ट परिप्रेक्ष्यमा विशिष्टतापूर्वक प्रत्याभूत गरिन्छ । प्रजातीय, जातीय, साम्प्रदायिक, सामुदायिक, क्षेत्रीय आदि पहिचानहरु सांस्कृतिक अधिकारका विषय–वस्तु हुन् भने नागरिकता एवं राष्ट्रियताचाहिँ नागरिक तथा राजनीतिक अधिकारका विषय–वस्तु हुन् । अर्थात्, नागरिक तथा राजनीतिक अधिकारका निमित्त व्यक्ति नै आधारभूत एकाइ हो र सांस्कृतिक अधिकारका निमित्त देशका प्रजातीय, जातीय, साम्प्रदायिक, सामुदायिक, क्षेत्रीय आदि पहिचानहरुका आधारमा बनेका अवयवहरुलाई एकाइ मानिन्छ । तसर्थ, नागरिक तथा राजनीतिक अधिकारका परिप्रेक्ष्यमा प्रजाति, जाति, सम्प्रदाय, समुदाय, भौगोलिकक्षेत्र आदिबाट अभिनिर्मित पहिचानको निर्णायक भूमिका हुँदैन; तर सांस्कृतिक अधिकारका परिप्रेक्ष्यमाचाहिँ राज्य संस्कृति, प्रजाति, जाति, सम्प्रदाय, समुदाय, भौगोलिकक्षेत्र आदिबाट निरपेक्ष रहन सक्दैन ।
“राष्ट्रियता” को परिभाषा एवं पहिचानका निमित्त “राज्य” नै निर्णायक तत्त्व मान्ने हाम्रो मान्यता भएकाले नाक चुच्चो छ कि थेप्चो (नेप्टो) छ, आँखा विस्फारित (खुलेको) छ कि चिम्सो छ, रङ्ग गोरो छ कि कालो छ, कपाल कस्तो छ, जुँगा–दाह्री छपक्कै बाक्लो आउँछ कि कताकति तिलचामले मात्र आउँछ, हिमाली भेगको हो वा पहाडी भेगको हो वा तराइ मधेश भेगको हो, कुन जातिको हो, कुन प्रजातिको हो, कुन जातको हो — यस्ता यस्ता निहुँमा मान्छेको कित्ताकाट गर्ने/ध्रुवीकरण हुने घृणावादी राजनीतिका दृष्टिकोणबाट “राष्ट्र” को परिभाषा गर्ने पद्धतिलाई हामी अस्वीकार गर्छौँ । सोही कारणले नै हामी राष्ट्रराज्य (Nation State), द्वि–राष्ट्रिय राज्य (Two-Nation State) तथा बहुराष्ट्रिय राज्य (Plurinational State or Multi-Nation State) भन्ने सिद्धान्तलाई पनि मान्दैनौँ । नेपाल एक राज्यराष्ट्र (State Nation) हो भन्ने हाम्रो मान्यता छ ।
Read the rest of this entry »

सहृदयतावादको शङ्खघोष गरौँ

August 19, 2016

नाक चुच्चो छ कि थेप्चो (नेप्टो) छ, आँखा विस्फारित (खुलेको) छ कि चिम्सो छ, रङ्ग गोरो छ कि कालो छ, जुँगा–दाह्री छपक्कै बाक्लो आउँछ कि कताकति तिलचामले मात्र आउँछ, हिमाली भेगको हो वा पहाडी भेगको हो वा तराइ मधेश भेगको हो, कुन जातिको हो, कुन प्रजातिको हो, कुन जातको हो, एस्ता एस्ता निहुँमा मान्छेको कित्ताकाट गर्ने/ध्रुवीकरण हुने अहिलेको तथाकथित राजनीतिलाई विस्थापित गरौँ । पहिचान/अस्मिता (Identity) को राजनीतिका नाममा घृणावादलाई मलजल नगरौँ । नागरिक–राजनीतिक अधिकारका परिप्रेक्ष्यमा व्यक्ति नै सर्वोच्च हो र व्यक्तिका गुण/दोषका आधारमा कसी लगाएर ठिक/बेठिक, असल/खराब के हो भन्ने निर्णय हुनु वाञ्छनीय छ ।
सम्बन्धको आधार प्रेमलाई बनाऔँ; घृणालाई सम्बन्धको आधार नबनाऔँ ।
वर्तमान नेपालमा तीव्र गतिमा कित्ताकाट, ध्रुवीकरण, सङ्गठन/विगठन/विघटन भइरहेको परिस्थितिमा हाम्रो अगाडिको जल्दोबल्दो सवाल स्पष्ट छ : घृणालाई सम्बन्धको आधार बनाउने हो वा प्रेमलाई ?
असहिष्णुता, विद्वेष, झगडा, विखण्डन, हिंसाको निमित्त निहुँ खोज्ने हो भने त्यस्तो निहुँ जहिले पनि जहाँ पनि भेटिनेछ र सहिष्णुता, सामञ्जस्य, मैत्री, शान्ति, एकता, सहृदयताको निमित्त आधार खोज्ने हो भने पनि पाइला–पाइलामा पाइनेछ । निर्णय त हामीले गर्नुछ : के हो हाम्रो अभीष्ट ? नेपाली राष्ट्रियताको जगलाई सुदृढ गराउने हो वा यसलाई नामेट गराउने ?
सहृदयी एकताले उज्यालो भविष्यतिर डोर्याउनेछ र विद्वेषपूर्ण विखण्डनले विनाशलाई निम्त्याउनेछ । कि भन्नु पर्यो — नेपाल भन्ने राष्ट्र खडा गर्नु नै गलत थियो; नत्र नेपाल राष्ट्रलाई जीवित यथार्थ मान्ने हो भने नेपाली राष्ट्रियतालाई जसरी पनि बलियो नबनाई सुखै छैन । नेपाली राष्ट्रियतालाई बलियो बनाउने हो भने यसका आधारहरूलाई मजबुत बनाउनै पर्छ ।
नेपाली राष्ट्रियताका बृहत्तर आधारहरू पहिचान गरौँ; नेपाली राष्ट्रियताको बृहत्तर एवं अद्यावधिक परिभाषा, व्याख्या, विश्लेषण, अर्थापन गरौँ; साझा राष्ट्रिय चेतनालाई अवलम्बन गरी नेपाललाई “राज्यराष्ट्र” का रूपमा अग्रणी बनाऔँ ।
विविधतालाई एकता, शक्ति, सामर्थ्य, समृद्धिको स्रोत बनाऔँ;
विविधतालाई घृणा, द्वेष, फुट, लडाइँको निहुँ नबनाऔँ ।
प्रत्येक जाति, समुदायका आ–आफ्ना विशेषताहरू हुन्छन् र ती सम्पूर्ण जातिहरू, समुदायहरू मिलिसकेपछि बन्ने समुच्चा राष्ट्रको, राष्ट्रिय चरित्रको र संस्कृतिको पनि एउटा विशिष्ट स्वरूप हुन्छ । यसलाई रसायनशास्त्रको उदाहरण लिएर हेर्दा यदि अम्ल र क्षार मिल्न गए भने छुट्टै प्रकारको वस्तु लवण उत्पन्न हुन जान्छ । जसरी लवणको गुण अम्ल र क्षार भन्दा छुट्टै खालको भए तापनि त्यो लवणमा अम्ल र क्षारको बराबरी योगदान छ भन्ने कुरा वैज्ञानिक सत्य हो, त्यसरी नै राष्ट्रिय चरित्र एवं संस्कृतिसँग कुनै जातीय समुदाय, भाषिक समुदाय, भौगोलिक क्षेत्रको चरित्र एवं संस्कृतिको तादात्म्य देख्न नसकिएको अवस्था छ भने पनि त्यस राष्ट्रको राष्ट्रिय चरित्र एवं संस्कृतिमा उक्त जातिको चरित्र एवं संस्कृति सन्निहित हुन्छ । जसरी माथि दिइएको उदाहरणमा अम्ल र क्षारको गुण लवणको गुणसँग तादात्म्यता देख्न नसकिए तापनि लवणमा अम्ल र क्षार दुवैको बराबरी योगदान र महत्व छ, त्यसरी नै समुच्चा नेपाली राष्ट्रिय संस्कृतिमा पहाडी ब्राह्मण–क्षेत्रीका साथै नेवार समुदाय, शिल्पी (“दलित”) समुदाय, मैथिली समुदाय, मगर, गुरुङ्ग, तामाङ, राई, लिम्बु, शेर्पा आदि इत्यादि नेपालका सम्पूर्ण जाति वा समुदायहरू सबैको बराबरी योगदान र महत्व छ ।
नेपाल विविधतायुक्त देश हो; नेपालमा धेरैथरी जाति हुनु र तिनीहरू मिलेर एउटै राष्ट्र निर्मित हुनु स्वाभाविक र सहज कुरा नै हो ।
सहृदयता – जिन्दावाद !!!

“जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” के हो ? अहिले के गर्दैछ ? तत्कालै गर्न सकिने कार्य के हुन् ?

June 29, 2016

Q: “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” के हो ?
A: “वैज्ञानिक सत्ययुग” को लक्ष्यसहित स्थापना भएको एक महाअभियान हो “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” । सम्प्रति बृहत्तर कार्यक्षेत्र भएको यो महाअभियान उपयुक्त समयमा निर्वाचनमा भाग लिने एवं निर्वाचनमार्फत् जनअनुमोदन हासिल गरी राज्यसत्ता सञ्चालन गर्ने राजनीतिक संस्था (पार्टी/दल) का रूपमा अगाडि आउनेछ ।
नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पु¥याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” को उद्देश्य हो ।
विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” का आधारशिला चतुष्टय (अर्थात्, चारवटा मुख्य आधार) हुन् ।
“जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” ले विशिष्ट रूपमा “राज्यराष्ट्र” सिद्धान्तमार्फत् नेपाली राष्ट्रियताको अद्यावधिक व्याख्या गरेर बृहत्तर राष्ट्रिय एकताको सहृदयतावादी राजनीतिक ढाँचा प्रस्तुत गरेको छ ।
Read the rest of this entry »