क्षात्रमूर्ति जना – निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित तेस्रो खण्डकाव्य

निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित तेस्रो खण्डकाव्य
क्षात्रमूर्ति जना
पौराणिक पृष्ठभूमिमा लिखित खण्डकाव्य
लेखन मिति ः २०४६।०६।२०
पुनर्लेखन मिति ः २०४७।०६।१७

This Kshatra-Moorti Jana is third short-epic written by Nirmala Mani Adhikary (Ayod Dhaumya). It was written in B.S. 2046/06/20 and revised in B.S. 2047/06/17.
This short-epic has been already published in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan.

१। देश वर्णन
२। युद्धको घोषणा
३। जना-जङ्ग संवाद
४। युद्ध-दुर्ग
५। युद्ध
६। परमपद

सरस्वती प्रार्थना
आऊ माता शारदे तिमी यो पुत्र छेउमहाँ
त्यागेर शरणागत जान्छ्यौ तिमी कहाँ ॥१॥
आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है
जाग जाग तिम्रो पुत्रले लेख्न सुरु गर् यो है ॥२॥
लेख्छु तिम्रै भक्तिभावले म यहाँ खण्डकाव्यै पनि
हे शरणागत वत्सला नमस्कार तिमीलाई गरी ॥३॥

१। देश वर्णन
थियो अति सुरम्य देश त्यो प्रकृतिको वर्दान
प्रकृति देखाउने त्यहाँ कौशल आफ्नो महान ॥१॥
च्याँ च्याँ चुँ चुँ गरिकन पक्षी क्रीडा गर्दथे
साँढे ती अति बलवान् आपसमा भिड्दथे ॥२॥
को हो को हो भनिकन कोइली नाची खेली बस्दथ्यो
यस्तो थियो परिवेश त्यहाँ सुख स्वयम् हाँस्दथ्यो ॥३॥
सुन्दरता न्यौछावर जताततै गर्दथ्यो त्यहाँ विधाता
यस्ता नगरीविषे राज गर्थे यशस्वी राजा मान्धाता ॥४॥
नगरी त्यो थियो जगमा अति विशिष्ट कक्षको
सम्झ सम्झ वीरहरु नै त्यसको रक्षक पो ॥५॥
ठूला ठूला अट्टालिकाहरु त्यहाँ बनेका थिए
क्याबात् ती जनले त्यहाँ कमाल नै गर्दिए ॥६॥
बुर्लुक् बुर्लुक् मनोहर मृग नै उपि्रुदिन्छन्
सम्झ हे सौन्दर्य यस्तो मानौँ जादू नै हुन् ॥७॥
पहिले अति विकट त्यस्तो पहाडविषे नै
सहर यति ठूलो लौ हेर आज बन्यो है ॥८॥
हरियाली छ जताततै अनि सुन्दरताको खानी छ
सबै रैति पनि सुखी त्यहाँ कसको के हानी छ ॥९॥
बस्छन् सबजना मिलीजुली एक पूरै भएर
मिल्छन् मिल्छन् आपसमा सहनशील भएर ॥१०॥
हूँ हामी प्रजा यो हाम्रो देश
गर्नु हुँदैन कलह आपसमा विशेष ।
रक्षा गरौँ नत्र बिग्रेला स्वदेश
मिलेर नै बचाऔँ यो देश ॥११॥
भन्ने विचार लिएका
स्वदेशका लागि भनेर खिएका ।
थिए अत्यन्त दुर्धर्ष वीर सिपालु
युद्धका लागि अति नै पिपासु ॥१२॥
रण गर्न सधैँ जमजमाउने
रणैसँग ती रमाउने ।
थिए विचित्र मान्धाताका रैती
न्यायमा थिएन मावली र माइती ॥१३॥
प्रकृतिको वरदान सुरम्य ठाउँ
यसको जोडा जगमा कहाँ पाऊँ ।
सबै जन सधैँ स्वच्छ रहनाले
रोग भाग्यो तिनलाई देखनाले ॥१४॥
सधैँ विजेता विजेता सधैँ नै
कल्पन्थे जितूँ हामीले सधैँ नै ।
राजतन्त्र भक्ति रहेछ साह्रो
विरत गराउनु असाध्य गाह्रो ॥१५॥
धर्म यही हो पालक राजाको
नभन्नु कबै आफ्नो र अर्को ।
बज्रतुल्य थियो मान्धाताको काया
अहो प्रजामा बराबरी माया ॥१६॥
छिमेकी राजा डाहले मर्दथे
शत्रुहरु चाहिँ आँखा तर्दथे ॥१७॥
जनता थिए निष्फिक्री सुखी
रहेन कोही देशभर दुःखी ॥१८॥

२। युद्धको घोषणा
मान्धाताको राज देखी सिक्नु पर्ने थियो
सुखी लोक पार्ने क्यारी बुझ्नु पर्ने थियो ॥१९॥
तर शत्रु पल्टिएछन् आहि्रस गर्दा गर्दै
मान्धातालाई सिध्याउने मतो हेर्दाहेर्दै ॥२०॥
मिलेछन् हरुवा शत्रुहरु जति
सेना असङ्ख्य कति हुन् कति ॥२१॥
लडाइँ गर्ने मन बनाएछन्
सबै मिली मान्धातालाई खबर पठाएछन् ॥२१॥
कि गर युद्ध अब हामीसँग
गुलामी नत्र कहाँ रसरङ्ग ॥२२॥
राजा मान्धाता अचम्मित भए
सल्लाह गर्नलाई सभा नै बोलाए ॥२३॥
लौ है रिपूले हाँक आज दिए
दाँजेर हेर्दा सेना बढी देखिए ॥२४॥
युद्ध गरने कि अहिले नगरम्
सम्झेर बसम् समय बलवान् ॥२५॥
अरुको गुलामी स्वीकारी बसौँ वा
आजाद रहन पटुकी कसौँ हँ ॥२६॥
कसो गर्ने आज यही सोध्न भनेर
बोलाइरहेछु रिपूमर्दन गनेर ॥२७॥
मन्त्री मान्धाताका थिए उज्ज्वल
वीरताले साँच्चै भएका प्रज्ज्वल ॥२८॥
तरबार तिनले लिन्थे साथैमा
ढोग्थे भक्तिले राखी माथैमा ॥२९॥
हे सभासद् जन उठे ती उज्ज्वल
के भन्न लागे सबै सुन्न तत्पर ॥३०॥
हामी हौँ क्षत्रीय लत्रनु पाप हो
जब गर्छौँ युद्ध अगाडि टिक्ला को ॥३१॥
युद्धम् युद्धम् उठे वीरहरु
युद्ध नै सदर जान्दैनौँ अरु ॥३२॥
अकेला हामी भएुनि हौँ बरु
युद्धै गरेर जित्नेछौँ हजुर ॥३३॥
विजयको पताका फहराइकन
आऊँला फर्केर मान्धाताजन ॥३४॥
उठे अनि त जङ्गध्वज त्यहाँ
रिपूमर्दन हुन्छु अब समरमहाँ ॥३५॥
तोपची पनि मै हुन्छु हेर
उडाउँछु शत्रु नगरी देर ॥३६॥
गोली नै गोलीले भूमिलाई छोपौँला
देशकै निम्ति मरौँला मारौँला ॥३७॥
सामान्यजन झैँ शूर वीर हुँदैन
सुन सुन भाइ हो कालले छुँदैन ॥३८॥
तसर्थ हामीले डराउनु ठीक छैन
डराई भाग्नु वीर कर्म हैन ॥३९॥
युद्धको पीडा मान्धाता बुझ्छन्
त्यसैले उपाय केही छ कि गुन्छन् ॥४०॥
आफ्ना सूतसरिका प्रजालाई
भन्छन् ती महाराज आई ।
शिव हरे शिव सैन्य पराइका
अति नै छन् ती बलिया ॥४१॥
रैछन् संख्यामा अगणित ती
ठम्याउन पनि मुस्किल अति ।
हामी छौँ थोरै हे वीर
हुनु पर्ला असाध्य धीर ॥४२॥
हामी छौँ जम्मा आठओटै हजार
उनीहरुलाई हेर्दा बजारै बजार ॥४३॥
बलियाहरुसँग जोरी खोजेर
ठीक छैन कि काललाई रोजेर ॥४४॥
जङ्ग –
हुँदैन बस्नु हामी कातर बनेर
गिराउँला रिपूहरु एक एक गनेर ॥४५॥
थोरै हुँदैमा हार हाम्रो हुँदैन
हजुरको प्रताप इन्द्रले आँक्दैन ॥४६॥
अर्जुन एक्लै कौरब हराए
गाईहरु विराटका झट्टै फर्काए ॥४७॥
पछि हटेर अब हुँदै हुँदैन
लखेट्नै पर्छ छाड्न मिल्दैन ॥४८॥
ती आए हामी मिल्न तयार छौँ
हाम्ले भनेकै हौँ वसुधैव कुटुम्बकम् ॥४९॥
सर्वे भवन्तु सुखिनः हामी भन्दै थियौँ
आज आइकन हामीले यो धोका पायौँ ॥५०॥
जाऊँ अब युद्ध गरौँ गर्नै पर्छ युद्ध
आज यस्तो बेलामा बन्ने हैन बुद्ध ॥५१॥
बुद्धले दिएको त फगत् व्यक्ति धर्म
मिल्दैन त्यो जब आउँछ राजधर्म ॥५२॥
समर भूमिमा सकल शत्रुलाई
तोपले मारुँला ती षठहरुलाई ॥५३॥
आगोको लप्का बनी जानु पर्छ
यो मौकालाई कहाँ फाल्नु हुन्छ ॥५४॥
खेर यो मौका यदि गयो भने
गुलाम् भयो देश् यति कुरा जाने ॥५५॥
नबुझी शान्तिको कुरा नभनौँ
तयारी नगरी बेला खेर नफालौँ ॥५६॥
युद्धको विचार अहिले नत्यागौँ
बित्थामा पिर्ने षठलाई नछाडौँ ॥५७॥
विचार आफ्ना सभासद् राख्दैथे
राजा मान्धाता सोचिरहेथे ॥५८॥
तातो रगत यो सभासद्हरुको
सम्झेका छन् के सोच जनहरुको ॥५९॥
लड्ने त लड्छौँ जित्छौँ वा मर्छौँ
पीडा खप्न नारी शिशुलाई छाड्छौँ ॥६०॥
युद्धले दिने पीडाको त्यो भारी
वास्तै नगर्न सक्छु म कसरी ॥६१॥
सक्दिनँ भनी यत्तिकै छोडौँ कि
लडेर सधैँ स्वाधीनै रहूँ कि ॥६२॥
आठै हजारलाई आगोमा होमौँ त
कसो गरेमा राष्ट्रहित हुनेछ ॥६३॥
घाँटी हेरिकन निल्नु पर्ने हाड
कुइनाले कसरी फोरौँला पहाड ॥६४॥
छिमेकी सबै कसरी मिलेका
हामीलाई मास्न मिले झैँ गरेका ॥६५॥
शत्रुले साह्रै हेपेको देखियो
उज्ज्वलको छाती चरक्क फाटियो ॥६६॥
युद्धै ठीक छ उनी भन्न थाले
हो युद्ध ठीक हो सम्मति सभाले ॥६७॥
युद्धै गर्ने पत्र शत्रुलाई पठाई
कुरा गर्न लागे तयारीलाई ॥६८॥
लेऊ नाम सबै प्रभुजी रामको
अब बाँडफाँड हुनेछ कामको ॥६९॥

३। जना-जङ्ग संवाद
जङ्गध्वजकी पत्नी जना नाम गरेकी
वीर अति नै साक्षात् क्षत्राणी ॥७०॥
जना क्षत्राणी आइन् खुशी भएर
क्षात्रधर्म निर्वाह बेला यो बुझेर ॥७१॥
हर हर महादेव ध्वनि सुनियो
शङ्खघोष पनि चारैतिर गुिाजयो ॥७२॥

जना –
हे मेरा पि्रय हे मेरा नाथ समरमा लड्नु होस्
समरविषे हे मेरा पति सदैव डट्नु होस् ॥७३॥
म पनि जान्छु समरमा हजुर्का साथमा
फर्की आऊँला टेकिकन शत्रुका माथमा ॥७४॥
देशलाई पर्दा नर र नारी अगाडि बढ्ने हो
साथै साथमा दुवैजना जिन्दगी जिउने हो ॥७५॥

जङ्ग –
हे मेरी पि्रया हे मेरी प्राण खुशी म अति छु
स्वधर्म खातिर मरेर पनि खुशी नै रहन्छु ॥७६॥
क्षात्रमूर्ति जना तिमी क्षत्राणी तारा हौ
वीरत्वले गर्दा तिमी धपक्क बल्दछ्यौ ॥७७॥
चन्द्रमा नाथे तिम्रो अघि मलीन देखिन्छ
आकाशको तारा पनि लाजले छेकिन्छ ॥७८॥
तिमीलाई देखी शचीपति पनि इखिन्छ
पाएर तिमी यो मन मेरो अति नै सुखी छ ॥७९॥
हे प्यारी जना समरमा काल् बनी नाचौँला
एक् मुठी प्राण रहेसम्म मजाले हाँसौँला ॥८०॥
म जान्छु जना समरमा घरमै बसनू
घरमै रही तिमीले जना सबै थोक मिलाउनू ॥८१॥
हे क्षात्रमूर्ति हे मेरी प्राण छोरालाई बढाऊ
यो मेरो रत्न नरध्वजलाई वीर है बनाऊ ॥८२॥

जना –
क्षत्राणी हूँ म तयार हुन्छु सधैँ लड्नलाई
कायर बन्नु ठीक छैन नछाड्नोस् मलाई ॥८३॥
आमा बाबु छोरा मिली लडाइँ गरेर
पताका फहराऊँला समर जितेर ॥८४॥
हुन्न है प्यारा मलाई यहाँ अकेली छोडन
निठुरी नहोऊ हे मेरा सुहाग यता त हेर न ॥८५॥
देशको निम्ति गइरहेछौ कसरी छोडूँ म
नरले मात्र गरेर हुन्न कसरी बुझाऊँ म ॥८६॥
मरेदेखि सबैजना मरेर जाने हो
नमरेदेखि शत्रु मारी फर्केर आउने हो ॥८७॥
म पनि आफ्नो अस्तित्व लागि मार्नेछु मर्नेछु
ती दुष्ट वैरी जनलाई सत्यानाश पार्नेछु ॥८८॥
नछाडी लानुस् बिन्ती हजुर जीवनसाथीको
किन छोड्ने पि्रयतम न पङ्गु न त छु भारी पो ॥८९॥

जङ्ग –
हे मेरी जीवन प्राणपि्रया त्यसो नभन
मेरो कुरा सुन त सुन एकै छिन् सुन न ॥९०॥
सुकोमल स्वाभाविक छौ नारी नै भएर
विकराल हुन्छ युद्ध के गछ्र्यौ गएर ॥९१॥

जना –
म नारी रणमा हुन्छु चामुण्डा
नसम्झनू सुकोमल मात्र यो छ ।
मेरो पीर लिई बस्नु महाभूल हो
नलिई पीर बस्ने चाहिँ मान्छे ठूलो हो ॥९२॥
रणमा गई हे मेरा पति कमाल गरुँला
बित्थैमा जोरी खोज्ने तिन्लाई छपक्कै मारुँला ॥९३॥
देशको लागि बलिदान हुनु असाध्य राम्रो हो
अर्काको दास बाँच्नु परे जीवन् के कामको ॥९४॥

जङ्ग –
खुशी छु खुशी धेरै खुशी कुरा त्यो सुनेर
ठीकै पो हो कि जस्तै लाग्छ मनमा गुनेर ॥९५॥
हिँड त हिँड क्याम्पमा जाऊँ लडाइँ है गर्नलाई
निश्चिन्त हुन्छु म पनि त देखेर पि्रयालाई ॥९६॥
युद्धै हो परित्राण सकल जगत्को ।
युद्धै हो कल्पतरु अन्यायीविरुद्धको ॥९७॥
खोइ पुत्र नर कहाँ छ छिटो बोलाऊ
अब देरी नगरिकन यात्रा जगाऊँ ॥९८॥
मिल्यो मतो सबैजना युद्धक्षेत्र गए
त्यहाँ निर्मित दुर्गमा खुश मनले पसे ॥९९॥
उज्ज्वल मन्त्री खुशी धेरै भए
क्षात्र जनालाई धन्यवाद दिए ॥१००॥
आए क्षत्राणी धेर जनालाई देखेर
सकिन्न महिमा उनको लेखेर ॥१०१॥

४। युद्ध-दुर्ग
त्यो दुर्ग थियो विकट ठाउँमा ढुङ्गा र मुढाको
मानौँ थियो अनुभवी लात र मुक्काको ॥१०२॥
ढोकैमा राखिएको तोप थियो है
तोप लिई जाग्रत् भई जङ्ग बस्थे नै ॥१०३॥
अग्लो न अग्लो पहाड्को थाप्लो चढ्नलाई गाह्रो छ
लौ है हेर रिपूले तिन्लाई जित्न गाह्रो छ ॥१०४॥
उज्ज्वल थिए दुर्गका नेता भएका
देखिन्थे तिनी तलतिर आँखा लाएका ॥१०५॥
कति बेला शत्रु आउला सचेत ती थिए
गोलीगट्ठा तयार पार्ने आदेश तिन्ले दिए ॥१०६॥
मन्त्री हूँ म भन्ने अभिमान् तिनमा थिएन
सुनमा सुगन्ध प्रभुले डर तिनलाई दिएन ॥१०७॥
निशाना अचूक अर्जुनको जस्तो
रणमा देखिन्थे पट्ठो काल जस्तो ॥१०८॥
वरीपरी ढुङ्गाखानी शत्रुलाई बसा्रउन
नजिकै थिए मुढा तिनलाई तसा्रउन ॥१०९॥
दुर्ग बनाऊ काम तामेल् हुँदै जाँदो थियो
तलै बस्ने रिपूको त सातो जाँदै थियो ॥११०॥
त्यो शिखर उत्तुङ्ग कस्तो हो कस्तो
हेर्दाखेरिमा टोपी खसिहाल्ला जस्तो ॥१११॥
खोपेर चढे त्यहाँ मान्धाताका जन
शत्रु त पक्कै नसक्लान् नि चढ्न ॥११२॥
गाई गोरु जान पनि अति कठिन
चिल नै पनि भन्छ मैले सकिनँ ॥११३॥
माथिबाट ढुङ्गा र तोप बसा्रउन मिल्ने
तलका गोली त डाँडैले निल्ने ॥११४॥
मानौँ त्यो दुर्ग विश्वकर्मा आई
बनाएर फर्के छन् कि हँ भाइ ॥११५॥

५। युद्ध
मान्धाता जय जय सेनानी कराउँथे
शङ्खघोष सुनेर िसंहराज डराउँथे ॥११६॥
सम्पूर्ण सेनानी लडौँला रहेका
युद्धको मातले मत्त भएका ॥११७॥
घोषणा बिना नै रिपू त्यहाँ आयो
दुर्गमा ताकेर गोली उस्ले दाग्यो ॥११८॥
उज्ज्वलले तत्काल दुर्गलाई बनाए
सेना छन् कति भनेर गनाए ॥११९॥
बेला सम्झेर सकल रिपू बढे
शत्रु कमाण्डर वीर जीत गर्जे ॥१२०॥
नाम नन्दन रिसाहा थिए
जित्ने हो भनी समर मन दिए ॥१२१॥
जङ्गले नरलाई नजिक बोलाए
ढुङ्गा छाडेर पितानेर आए ॥१२२॥
यहाँ छ भनी नर भनिदिन्थे
जङ्ग अड्कल्ले शत्रु मारिदिन्थे ॥१२३॥
भकाभक मरे रिपू सैन्यतिर
नन्दनचाहिँ मान्न लागे पीर ॥१२४॥
उनले नरलाई देखेर हेर
रिपूपट्टि हाहाकार पर्न लाग्यो धेर ॥१२५॥
चलाक थियो ऊ नरलाई मार् यो
नरलाई मारेर पाइला अघि सार् यो ॥१२६॥
जित्छु भनेर साहस लिएको
उज्ज्वल चपाऊँ लालसा भएको ॥१२७॥
पुत्रै मर्दा पनि पीर कत्ति नमानी
शत्रुलाई मार्ने ती वीर अभिमानी ॥१२८॥
क्षात्रमूर्ति जनालाई उनले बोलाए
छोराको काम उनलाई थमाए ॥१२९॥
जना आएर काम सम्हालिन्
युद्धको कर्तव्य शोक बिसर्िइन् ॥१३०॥
जङ्गचाहिँ फटाफट् शत्रु मार्न थाले
उनले दाग्दा नन्दन ढलिहाले ॥१३१॥
शत्रुमा त्रासको लहर् चलिहाल्यो
तर एउटा गोलीले जङ्गलाई लाग्यो ॥१३२॥
जना आफै गएर तोप चलाई
रिपू चपाइन् साक्षात् काली भई ॥१३३॥
देशमा शत्रु देख्दा रिसले बलेकी
गोलीका पीडा पनि सहेर बसेकी ॥१३४॥
रणचण्डी लाग्थिन् ती देशलाई बचाउने
काली हुन् कि कसो हो सबैलाई हराउने ॥१३५॥
रक्तले गर्दा सूर्यझैँ तेजस्विनी भएकी
रिसले कालीसमान् हुर्हुरी बलेकी ॥१३६॥
क्षात्रमूर्ति तिनी थिइन् दुर्गासरी साह्रै कडा
सुदर्शन चक्र लिई मानौँ विष्णु छन् कि खडा ॥१३७॥
दाह्रा किटी किटी रिपू खग्रास नै पारने
राष्ट्रमुक्ति हुन्छ भनी सहसा युद्ध रोजने ॥१३८॥
अद्भूत प्राणी तिनी थिइन् साक्षात् क्षत्राणीसूता
तोप निरन्तर चलाउने गर्ने हैन यताउता ॥१३९॥
चामुण्डा तिनी चण्ड मुण्ड पनि मारने
देवी जगज्जननी मानौँ संसार नै धरने ॥१४०॥
रिसले गर्दा कत्ति संयमित नभएकी
तोपप्रहार बाहेक ध्यान अरु नदिएकी ॥१४१॥
एक्ली आइमाई तोप ती चलाउँछिन्
आवाजैले दागेर यमपुरी पुर् याउँछिन् ॥१४२॥
उनकै पक्षको एक वीर सैनिकले देख्यो
पालो दिनलाई भनी त्यो वीर अघि सर् यो ॥१४३॥
दिदी दिनुस् भनीकन तोप थामी लियो
तपाईँ देखाउनुस् म मारुँला भनी भन्यो ॥१४४॥
जना शत्रु कता छ उसलाई बताउँथिन्
रिपूको पतन हुँदा उनी धेर रमाउँथिन् ॥१४५॥
यस्तै रितले युद्ध चलिरहेको थियो
एक दिन आई गोली उनलाईुनि लागिदियो ॥१४६॥
ती वीर जना भूइँमा घुप्लुक्क लडेकी थिइन्
हर हर महादेव महाघोष गरेकी थिइन् ॥१४७॥
स्वामी र पुत्रका शव नजिकै रहेका थिए
परिवारै बलिदानी इतिहास रचेका थिए ॥१४८॥

६। परमपद
जनाको देहावसान पहिले त अपि्रय भयो
मित्र अनि शत्रुतिर सबको मन नै रोयो ॥१४९॥
सूर्य बादल रोए त्यस्तै चन्द्र पनि रुन लागे
थाहा पाउने सब जनका आँखाबाट आँसू झरे ॥१५०॥
आकाश पीडाले होला साह्रै कालो भइगयो
खोला पनि उत्तिखेरै नरमाइलो रोइरह्यो ॥१५१॥
फेरि विचार सबको मनमा यस्तो आयो
जनाको त जीवन यो अति सार्थक पो भयो ॥१५२॥
उनको वीरताप्रति नतमस्तक सब भए
गुिाजयो जगतभरि जनाको नै जय जय ॥१५३॥
क्षात्रमूर्ति जना खण्डकाव्य समाप्त

Also visit: http://maharshidhaumya.blogspot.com/2008/10/blog-post.html

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: