रैथाने अर्थतन्त्रको आंशिक झल्को – १ र २

रैथाने अर्थतन्त्रको आंशिक झल्को १
२० वर्षको अवधि र २० अर्बको लगानीबाटै २० हजार खर्ब प्रत्येक वर्षको वित्तीय चक्र बनाउन सकिन्छ हाम्रो रैथाने गाईको अनुसन्धान, विकास, व्यवस्थापन तथा व्यवसायबाट ।

रैथाने अर्थतन्त्रको आंशिक झल्को २
भाषा प्रशिक्षण, उद्घोषण, मन्त्रोच्चारण, वाचन आदि अभिव्यक्तिमूलक पेसाको विश्व बजारमा नेपालले वार्षिक २ खर्ब रु. सजिलै कमाउन सक्छ (योजनाअनुसार १० वर्षको विशेष तयारी, करिब २ अर्ब रु. मात्र लगानीपछि) ।

रैथाने अर्थतन्त्रको आंशिक झल्को १
नेपालको रैथाने गाई (श्रीगाई) को पुनरुद्धार, पुनर्संस्कार, अनुसन्धान, विकास, व्यवस्थापन तथा व्यवसायबारे मार्गचित्र
२० स्थानमा केन्द,
२० वर्ष समय,
२० हजारजनालाई पूर्ण रोजगारी,
२० लाखजनाको प्रत्यक्ष आर्थिक साझेदारी,
२० अर्ब लगानी,
२० खर्ब परिचालन,
२० हजार खर्बको प्रत्येक वर्षको वित्तीय चक्र ।
यति उपलब्धि हासिल गर्न सकिने रहेछ नेपालको रैथाने गाई (श्रीगाई) को पुनरुद्धार, पुनर्संस्कार, अनुसन्धान, विकास, व्यवस्थापन तथा व्यवसाय गर्न सक्दा ।
वैदिक वांगमयमा वर्णित गाई नेपालको रैथाने श्रीगाई हो र पौराणिक वांगमयमा वर्णित गाई हाम्रो मैदानी इलाकामा केही पाइने र मुख्यतः हालको इण्डिया क्षेत्रमा पाइने गाई हो । अहिले दूध, घिउ आदिको परिमाणबाट हेर्दा नेपालको रैथाने श्रीगाईको तुलनामा हाम्रो मैदानी इलाका र इण्डियामा पाइने गाईको उत्पादकत्व ज्यादा देखिएतापनि मूलतः श्रीगाई नै एक आदर्श गाई थियो जसको उत्पादकत्व संसारमै सबैभन्दा धेरै थियो । अब पनि यसको पुनरुद्धार, पुनर्संस्कार, अनुसन्धान, विकास, व्यवस्थापन गर्न सकिन्छ विज्ञानको बुद्धि, प्रविधिको विकास, धर्मको विवेक र सहृदयताको सम्बन्धबाट ।
जर्सी गाईजस्ता विकासे गाईचाहिँ पश्चिमा देशका हुन् र तिनमा गाई र सुँगुरको संकरता (हाइब्रिडिटी) छ । विकासे गाईबाट दूध निक्कै धेरै हुने भएकाले यस्ता विकासे गाईले बजार पिटे युरोप, अमेरिका, ल्याटिन अमेरिका, एसिया, अफ्रिका सबैतिर । तर जर्सी गाईको दूध (र गोभक्षीहरुका लागि त मासुबाटसमेत) गम्भीर रोगहरु लाग्ने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेपछि अहिले विभिन्न देशले त्यसको विकल्प खोजिरहेका छन् । ब्राजिलले त विकासे गाईलाई इण्डियन गाईले प्रतिस्थापन गर्ने योजना पारित गरिसकेको छ र त्यहाँ खरिदेर लगिएका तथा त्यहीँ जन्माइएका समेत गरी करिब ६० लाख इण्डियन गाई भइसकेका छन् अहिले । डेनमार्कले यस्तै योजना गर्दैछ । चाँडै नै संसारका धेरै देशमा विकासे गाईको विकल्प खोजिँदैछ र हामीले जान्ने हो भने हाम्रो लागि यसले ठूलो अवसर सिर्जना हुँदैछ । विकासे गाईको विकल्प खोज्नेको ध्यान अहिले इण्डियातिर गएको छ, तर वैदिक वांगमयमा वर्णित नेपालको रैथाने श्रीगाईको पुनरुद्धार, पुनर्संस्कार, अनुसन्धान, विकास, व्यवस्थापन तथा व्यवसाय गर्न सक्दा सर्वोत्कृष्ट विकल्प यही हुनेछ विश्वभरिको डेरी इण्डस्ट्रीको लागि । माथि भनिएजस्तै २० वर्षको अवधि र २० अर्बको लगानीबाटै २० हजार खर्ब प्रत्येक वर्षको वित्तीय चक्र बनाउन सकिन्छ हाम्रो रैथाने गाईको अनुसन्धान, विकास, व्यवस्थापन तथा व्यवसायबाट ।

रैथाने अर्थतन्त्रको एक आंशिक झल्को २
भाषा प्रशिक्षण, उद्घोषण, मन्त्रोच्चारण, वाचन आदि अभिव्यक्तिमूलक पेसाको विश्व बजारमा नेपालले वार्षिक २ खर्ब रु. सजिलै कमाउन सक्छ (योजनाअनुसार १० वर्षको विशेष तयारी, करिब २ अर्ब रु. मात्र लगानीपछि) ।
नेपालको विशेष भाषिक समूहका भाषाभाषीहरुको उच्चारण संसारमै सबैभन्दा शुद्ध रहेको एक अनुसन्धानले देखाएको छ । हाम्रो उत्तर र दक्षिणका विशाल देशका बासिन्दाहरुका साथै एसिया, अफ्रिका, युरोप, अमेरिका, ल्याटिन अमेरिका, अस्ट्रेलिया सबैतिरका मानिसहरु या त अशुद्ध उच्चारण या सीमित उच्चारण क्षमताका कारण भाषा प्रशिक्षण, उद्घोषण, मन्त्रोच्चारण, वाचन आदि अभिव्यक्तिमूलक पेसाका लागि आदर्श पेसेवरहरु होइनन्, यद्यपि विकल्प नभएकाले अहिले अभिव्यक्तिमूलक पेसाको विश्व बजारमा यिनैमध्ये कुनै न कुनैले मौका पाइरहेका छन् । संसारमै सबैभन्दा शुद्ध उच्चारण गर्न सक्ने नेपालीलाई वैज्ञानिक तवरले प्रशिक्षण दिएर १० वर्षको अवधिमै अभिव्यक्तिमूलक पेसाको विश्व बजारको अग्रणी पेसेवर बनाउन सकिन्छ । संस्कृत भाषाको उच्चारण त नेपालका विशेष समुदायका मानिसहरुलेजत्तिको शुद्ध कहीँ कतैका मानिसले गर्नै सक्दैनन् र अंग्रेजी, फ्रेन्च, चिनीया र हिन्दी भाषाको उच्चारण पनि उक्त भाषाहरु मातृभाषा भएका व्यक्तिहरुजत्तिकै दक्षतापूर्वक नेपालीहरुले गर्न सक्ने देखिएको छ । संस्कृत भाषा प्रशिक्षणको विश्व बजारमा मात्र पनि अग्रणी हुन सक्ने हो भने २० हजारजनाले विभिन्न देशहरुमा तत्काल रोजगारी पाउने अवस्था छ । समष्टिमा, करिब २ अर्ब रु. मात्र लगानी गरेर विशिष्ट योजना कार्यान्वयन गर्दा नेपालीहरुले अभिव्यक्तिमूलक पेसाको विश्व बजारमा कम्तीमा वार्षिक २ खर्ब रु. सजिलै कमाउन सकिने आँकलन गरिएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: