“जरो” (Root) र “किलो” (Locus) दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति

नेपाल यो विश्वकै सर्वप्राचीन देशहरुमध्ये एक हो । दशौँ हजार वर्षको इतिहास छ यसको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनताको; इतिहासका प्राय: सबै कालखण्डमा यो देश समृद्ध, शक्तिशाली, अग्रणी रहिआएको हो । अहिलेको स्थिति हामीले थाहा पाएकै छौँ ।
अब त अति, अत्याचार, असह्य भइसकेन र ? “जरो” (Root) र “किलो” (Locus) दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्न ढिला हुन लागिसकेन र ?

संक्षेपमा :-
जरो (Root) : जन्म, स्रोत वा मूल कहाँ हो ? सैद्धान्तिक वा/र व्यावहारिक रुपमा “जरो” नेपालमै हो कि अन्यत्रै ?
किलो (Locus) : केन्द्रबिन्दु कहाँ हो ? स्वाधीनता, स्वतन्त्रता, प्रभुत्वको सवाल । प्रभुत्व कसको हो ? अरुबाट नियन्त्रित हो कि स्वतन्त्र हो ? पराधीन हो कि स्वाधीन हो ? सैद्धान्तिक वा/र व्यावहारिक रुपमा “किलो” नेपालमै हो कि अन्यत्रै ?
जाँचौँ, कसको “जरो” र “किलो” कहाँ हो ?
नेकपा (एमाले) र एनेकपा (माओवादी) लगायतका सबै कम्युनिस्ट घटकहरु, नेपाली कांग्रेस लगायतका सबै कांग्रेसी घटकहरु, राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरु, कथित मधेशवादीहरु, कथित जनजातिवादीहरु, बचेखुचेका कथित राजावादीहरु, जो पटक पटक सत्तामा पुगे तथा अहिले पनि सत्तासीन वा सत्ताकांक्षी छन्, तिनीहरुको परीक्षण, मूल्यांकन, छानबिन “जरो” र “किलो” को कसीमा गर्दा के देखिन्छ यथार्थ ?
कसीमा जाँच्दा निम्नानुसारको अवस्था देखिन्छ :-
जरो (Root) : कांग्रेस र कम्युनिस्टको त जन्म, स्रोत, मूल नै नेपाल बाहिर हो, यिनीहरुको सिद्धान्त पनि विदेशी विधर्मी स्रोतको हो र तसर्थ सैद्धान्तिक र व्यावहारिक दुवै रुपमै तिनको जरो नेपाल बाहिर छ । राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरु, कथित मधेशवादीहरु, कथित जनजातिवादीहरुको पनि उही यथार्थ हो । बचेखुचेका कथित राजावादीहरुको सैद्धान्तिक आधार वा राजनीतिक दर्शन पनि हाम्रा मौलिक दर्शन नभई मेकियावेलीको दर्शन भएकाले सिद्धान्तत तिनको जरो पनि नेपाल बाहिरै छ ।
किलो (Locus) : नेकपा (एमाले) र एनेकपा (माओवादी) लगायतका सबै कम्युनिस्ट घटकहरु, नेपाली कांग्रेस लगायतका सबै कांग्रेसी घटकहरु, राप्रपा र राप्रपा नेपाल लगायतका सबै पूर्वपञ्च घटकहरु, कथित मधेशवादीहरु, कथित जनजातिवादीहरु, यी सबै मौका मौकामा पराइ शक्तिको प्यादा बनिसकेको कटु यथार्थले यिनको किलो कहाँ छ भन्ने देखाइरहेकै छैन र ? नेपाली जनतालाई शक्तिको केन्द्र नै मान्दैनन् यिनले । कोही दक्षिण, कोही उत्तर, कोही पश्चिम, अनि कोही पूर्वतिर किलो गाडिएका हुनाले यिनीहरु कसरी स्वतन्त्र, स्वाधीन हुन्छन् ?
पटक पटक सत्तारुढ भएका हैनन् र यिनै ? पटक पटक सत्ता पाउँदा बेइमानी गर्ने यिनै हैनन् र ? कसको परीक्षण हुन बाँकी छ अब ?
अहिले नेपाललाई चाहिएकोचाहिँ “जरो” (Root) र “किलो” (Locus) दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति हो । बनाउन सकिन्छ नेपाललाई वैश्विक पुन: संरचनाको अग्रणी एवं केन्द्र ।
आर्थिक समृद्धि, दिगो विकास, न्याय, शिक्षा+स्वास्थ्य+रोजगारीको राज्यद्वारा नै पूर्ण प्रत्याभूति, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता : “जरो” र “किलो” (Root & Locus) दुवै नेपालमै भएको मौलिक/रैथाने (Indigenous) शक्तिको विशेषता ।
“जरो” र “किलो” (Root & Locus) दुवै नेपालमै भएको मौलिक/रैथाने (Indigenous) शक्ति खडा भएपछि मात्र राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता, विकास, न्याय, सहृदयता सुनिश्चित हुने हो । सबैले मन खोलेर जय जय नेपाल भन्न सक्ने परिस्थिति बनाऔँ ।
आधुनिकतम विज्ञानदेखि प्राचीनतम ज्ञानसम्मको सुसंयोजन :
वैज्ञानिकतायुक्त धर्म धार्मिकतायुक्त विज्ञान ।
न दक्षिण न उत्तर न पश्चिम न पूर्व, अरुको भर पर्नेलाई परिरहन्छ कष्ट ।
अरुको निगाहमा बाँच्ने होइन, स्वावलम्बी स्वाधीन समृद्ध बनाउने हो देशलाई ।
वैदिक ज्ञानदेखि भौतिक विज्ञानसम्म, भूमण्डलीकरण/वैश्विकरण (Globalization) देखि वैश्वस्थानिकरण (Glocalization) सम्म, परम्परादेखि आधुनिकता, उत्तराधुनिकता उत्तरोत्तराधुनिकतासम्म, कलादेखि प्रविधिसम्म सबैको समुचित सुसंयोजन गर्ने समष्टिकृत दृष्टिकोण; आर्थिक समृद्धि, दिगो विकास, न्याय, शिक्षा+स्वास्थ्य+रोजगारीको राज्यद्वारा नै पूर्ण प्रत्याभूति; राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता; “वसुधैव कुटुम्बकम्” सार्थक पार्न सक्ने गरी अन्तर्राष्ट्रिय नेतृत्व गर्ने तयारी; …………………. ।
“जरो” र “किलो” दुवै नेपालमै भएको मौलिक रैथाने शक्ति खडा गर्नु हामी सबैको कर्तव्य हो ।
सबैजनालाई यो महाअभियानमा स्वागत छ ।
सम्पर्क इमेल :-
maharshidhaumya@gmail.com
eifsr@yahoo.com
usnsrc_nepal@hotmail.com

Leave a comment