सञ्चारप्रक्रिया : मीमांसा–दार्शनिक सिद्धान्तीकरण (Communication: Mimamsa Philosophical Theorization)

वैदिक परम्पराका आस्तिक दर्शनहरूमध्येको एक मीमांसादर्शनान्तर्गत कुमारिल भट्टका मतको आधुनिक सञ्चारशास्त्रका लागि सान्दर्भिकता अन्वेषण गरिनुकासाथै सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक सिद्धान्तीकरण भएको छ र भाट्ट–मीमांसा ढाँचा अभिनिर्माण पनि गरिएको छ ।
अधिकारी, निर्मलमणि । वि.सं. २०६९ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययन (विद्यावारिधि शोधप्रबन्ध) । वसन्तपुर, काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र ।
उपर्युक्त शोधकार्यमार्फत् निम्नानुसारका कार्य भएका छन् :-
भाट्ट–मीमांसादर्शन र सञ्चार विधाबीच विविध–विषयात्मक शोध (interdisciplinary) प्रारम्भ गर्नु,
भाट्ट–मीमांसादर्शनमा सन्निहित, आधुनिक सञ्चारशास्त्रका लागि उपयोगी हुने ज्ञानको उद्घाटन एवं पुनः सन्दर्भीकरण,
भाट्ट–मीमांसा–दृष्टिकोणबाट सञ्चारप्रक्रियाको सिद्धान्तीकरण,
सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचा अभिनिर्माण गर्नु ।
सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक सिद्धान्तीकरणका सिलसिलामा सञ्चारप्रक्रियाका तत्त्वहरूको भाट्ट–मीमांसा–दार्शनिक अभिनिर्माण गरी सञ्चारप्रक्रियाको अवधारणात्मक रूपरेखा प्रस्तुत गर्नुका साथै सञ्चारप्रक्रियाको साध्यबारे भाट्ट–मीमांसा–दृष्टिकोणबाट निरूपणसमेत गरिएको छ । त्यसैका आधारमा भाट्ट–मीमांसा–दर्शनानुसारको सञ्चारप्रक्रियाका निम्नानुसारका ११ वटा तत्त्वहरू अभिनिर्मित भएका छन् :–

(१) र (२) भावकद्वय,
(३) र (४) भावनाद्वय (शाब्दी र आर्थी),
(५) अभिधान,
(६) प्रमा,
(७) करण,
(८) बोध,
(९) प्रकरण,
(१०) दोष, र
(११) जिज्ञासा ।
भाट्ट–मीमांसा–दर्शनानुसारको सञ्चारप्रक्रियाको एक अवधारणात्मक रूपरेखा निम्नानुसार प्रस्तुत गरिएको छ :–
भाट्ट–मीमांसा–दार्शनिक आधारमा सञ्चारप्रक्रिया भन्नाले त्यस्तो प्रणालीलाई बुझिन्छ — जसमा ‘भावक’हरूले आफ्ना–आफ्ना ‘शाब्दी–भावना’लाई ‘अभिधान’ क्रियाद्वारा व्यक्त गरी ‘करण’का माध्यमबाट साझेदारी गरेका ‘प्रमा’को ‘बोध’, उपर्युक्त प्रक्रियाका अन्य तत्त्वहरू (‘दोष’, ‘प्रकरण’ र ‘जिज्ञासा’) सँगको परस्परको सम्बन्धसमेतको फलस्वरूप, ‘आर्थी भावना’का रूपमा गर्छन् ।
यसरी, यहाँ सञ्चारका विभिन्न तत्त्वहरू अभिनिर्मित भएका छन् एवं तिनका परस्परको सम्बन्धबाट संरचित हुने प्रणालीको पनि अवधारणात्मक रूपरेखांकन भएको छ र फलस्वरूप घटित हुने परिघटनाबारे पनि प्रकाश पारिएको छ । उपर्युक्त पृष्ठभूमिमा अब सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचाको प्रस्तुत गरिएको छ ।
सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा ढाँचामा चार मुख्य–विषयहरू (themes) रहेका छन् — भावक, इतिकर्तव्यता, साधन र साध्य । भाट्ट–मीमांसा–दर्शनका आधारमा अभिनिर्मित सञ्चारप्रक्रियाका ११ वटा तत्त्वहरू यिनै चारवटा मुख्य–विषयहरूमा समाविष्ट छन् । यसको तात्पर्य के हो भने भाट्ट–मीमांसा–दर्शनका आधारमा अभिनिर्मित सञ्चारप्रक्रियालाई उपर्युक्त मुख्य–विषयहरूले सारतः रूपरेखाङ्कित गर्छन् ।

थप परिचर्चाका लागि सन्दर्भ सामग्री :-
अधिकारी, निर्मलमणि । वि.सं. २०६९ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययन (विद्यावारिधि शोधप्रबन्ध) । वसन्तपुर, काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र ।
अधिकारी, निर्मलमणि । वि.सं. २०७१ । महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय । काठमाडौं : शिवप्रसाद गौतम, शान्तिदेवी गौतम र सुशील गौतम ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: