देशप्रेम : फेरि अर्को दुस्साहस गरेछन्

वि.सं. २०६१ मा देशप्रेम साप्ताहिकमा प्रकाशित यो लेख अहिले पनि सान्दर्भिक भएकाले यहाँ राखिएको हो

फेरि अर्को दुस्साहस गरेछन्
— निर्मलमणि अधिकारी

इतिहासका पुस्तक पढ्ने होभने त्यहाँ वर्तमान समयकालागि शिक्षा मिल्दछन् । इतिहास त्यसैले त बारम्बार पढ्नु पर्ने विषय हो । श्री ग्रीष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’, दोश्रो भाग (आमनिर्वाचन र त्यसपछि), २०३३ पहिलो संस्करण को पृ. ४३८ देखि ‘नेपालगंज काण्ड’ शीर्षकमा उल्लेख गरिएका वृत्तान्तहरु अहिलेको सन्दर्भमा पुनः पढ्न योग्य देखिएका छन् । पहिले तिनै वृत्तान्तहरु हेरौं । ‘नेपालको राजनीतिक दर्पण’, दोश्रो भाग (आमनिर्वाचन र त्यसपछि) पुस्तकमा यस्तो लेखिएको रहेछ:—

“नेपालगंज काण्ड, ०१७।१।७ को समाज दैनिक पत्रिकामा‘ नेपाल विरुद्ध प्रचार गर्न र षडयन्त्रलाई सफल गराउने प्रयासमा जनतामा विष फैलाउने साधन स्थानीय नारायण इण्टर कालेज र यस्मा काम गर्ने विदेशी प्राध्यापकहरु नै रहेछन् । जो नेपालगंज मात्र हैन नया“ मुलुक नै भारतको हो र पछि अंग्रेजले भारतबाट कट्टी गरी सन् १८५७ को गदर पछि नेपाललाई दिएको हो भन्ने प्रचारमा लागेका छन् । जिल्लाका ठूला व्यापारी पनि यस षडयन्त्रमा सम्मिलित भएको कुरा पुलिसलाई थाहा भइसकेको छ, तर पुलिस प्रमाणको पछाडी छ । यस्तै भारतीय अधिकारी जो भारत र नेपालको सम्बन्ध सुधार्न नियुक्त छन् उनको पनि यस षडयन्त्रमा हात छ । यी षडयन्त्रकारीहरु मध्ये हिन्दुस्थान समाचार एजेन्सी लिमिटेडका स्थानीय सम्वाददाताको साथै नेपाल स्थित अन्य दुई भारतीयहरुलाई स्थानीय पुलिसले गिरफ्तार गरी हिरासतमा राखेको छ ।’ भन्ने प्रकाशित भयो ।
बैशाख २० गतेको समाज दैनिक पत्रिकामा ‘यी पुन षडयन्त्रकारीहरु आफ्नो षडयन्त्रकारी कार्यक्रमलाई स्थगित झैं राखी गुप्त कार्यक्रममा संलग्न छन् । गुप्त वार्ता र छलफल हुने ठाउ“ नेपाल सरहदका एक नामी, धनी व्यापारीको निवासस्थानमा हुने गरेको छ, जुन कुरा पुलिसलाई थाहा नभएको हैन तर पनि पुलिसले छापा मार्न सकेको छैन । यसरी षडयन्त्रकारीहरु पक्रिए पनि तिनीहरुको दल अझै सकृय हुनाले शहरको स्थितिमा भय व्याप्त छ ।’ भन्ने प्रकाशित भयो ।
प्रधानमन्त्री विश्वेश्वप्रसाद कोइरालाले ०१७।१।२४ को प्रतिनिधिसभामा प्रश्नोत्तरको समयमा ‘हालै नेपालगंजमा साम्प्रदायिक तथा मदिस पहाडी भावना फैलाएको अभियोगमा पुलिसले केही व्यक्तिलाई गिरफ्तार गरेको छ र तिनीहरु उपर कानूनी कार्यवाही गरिंदैछ । सन् १८५७ को गदरपछि नेपालगंज नेपाललाई प्राप्त भएको हो र सो इलाका भारतमा जानु पर्दछ भन्ने प्रचार पनि ती व्यक्तिहरुले गरेका थिए ।’ भन्नुभयो ।
बैशाख ३० गतेको समाज दैनिक पत्रिकामा ‘सर्वश्री शामलाल पाण्डे र दानबहादुरलाई पुलिसले फेरि यसपाला पनि जिल्ला निकाला गरेको समाचार छ । यी दुबै व्यक्ति पहिले ०१३ सालमा पनि जिल्ला निकाला गरिएका थिए । तर भारतीय कमरसियल एटैचीको जोड र पश्चिम नेपालका ठूला व्यापारी श्री टण्डनले यी नभए नारायणी इण्टर कलेज नै चल्न नसक्ने जस्तो तर्क पेश गरी दोश्रो चाहिले जमानत जस्तो बसी जिल्लामा हुलेका थिए । यस पटक तिनीहरुले नारायण इण्टर कलेजका छात्रहरुलाई नै नेपाल र भारतको कलहको बिउ बनाउने प्रयास गरी दक्षिण भारतको झण्डा गाडी छात्रहरुलाई अबैध तालिम दिन लागेको समय पुलिसले स्थलमै पक्राउ गरेकोले ती एटैची र व्यापारी निमुख भएका छन् । नेपाली कांग्रेसको महाधिवेशनमा भाग लिन गएका महाधिवेशन सदस्यहरुमा पनि यस दलका (विदेशी नागरिक) सदस्य हुनाले ती दुबै जना फेरि काठमाण्डौं पुगेका छन् । नेपालगंज छोड्नु अघि आफूहरुलाई नेपालगंजबाट कुनै शक्तिले निकाल्न सक्ने छैन भन्ने गर्व पनि गरेर गएका छन् ।’ भन्ने आदि प्रकाशित भयो ।
यातायात तथा संचार सहायक मंत्री श्री ललितचन्द नेपालगंजको पूरा विवरण प्राप्त गर्नको निमित्त ०१७।२।७ मा त्यस जिल्लातर्फ प्रस्थान गर्नुभयो । पश्चिमाञ्चल डी.आई.जी.को यस विषयमा ०१७।२।७ को भनाइ ‘विगत २९ चैत्रको दिन बेलुकी भारतीय राष्ट्रिय स्वयम्सेवक संघको शाखाद्वारा स्थानीय तरुणहरु, केही छात्रहरु र अन्य केही व्यक्तिलाई पनि लट्ठी तरवार इत्यादि दिई भारतको झण्डा भगवाध्वज गाडी ट्रेनिङ दिइरहेको समयमै पुलिसले पक्राउ गरेको छ । ट्रेनिङ शहरको उत्तरपट्टिको रानीतालाब बगैचामा हुने गरेको रहेछ । पुलिसले पक्राउ गर्दा झण्डा, लट्ठी र तरवार समेत बरामद गरेको छ । भारतीय आर.एस.एस. को कार्य अराष्ट्रिय र साम्प्रदायिकता फिजाउने भएकोले पक्राउ भएकामा श्री दानबहादुर सिंह (संचालक नारायण शिक्षा प्रसार योजना), श्री श्यामलाल पाण्डे (प्रिन्सिपल नारायण इण्टर कालेज), श्री खेमराज शाह (नेपाली नागरिक शिक्षक नारायण इण्टर कालेज), श्री गयाप्रसाद मिश्र (प्रतिनिधि हिन्दुस्थान समाचार), श्री शिवशंकर सिंह (शिक्षक नारायण इण्टर कालेज) र श्री पि.डि. गुप्त समेत ६ जवान छन् । यी सब आर.एस.एस.का विशेष टे«निङ (ओ.टी.सी. र आइ.टी.सी.) पनि पाएका साबित भएका छन् । बैशाख ३ गतेका दिन स्थानीय बडाहाकिमले सर्वश्री दानबहादुर सिंह र श्यामलाल पाण्डेलाई नेपाल छोड्न आदेश दिनु भएको छ र अरुले माफी मागी सरकारलाई कागज लेखि दिएकोले एक पटकलाई माफी दिनु भएको छ । यी सब पक्राउ भएका व्यक्तिहरुमाथि अराष्ट्रिय भन्ने चार्ज लगाइएको हो । सर्वश्री दानबहादुर र श्यामलाल पाण्डेलाई २०१३ सालमा पनि यही चार्जमा जिल्ला निस्कासन गरिएको थियो ।’ भन्ने थियो ।
प्र.मं. श्री विश्वेश्वर प्रसाद कोइरालाको ०१७।२।१५ को पत्रकार सम्मेलनको भनाइ ‘नेपालगंजलाई पुनः भारतमा मिलाइयोस् भन्ने भारतले माग गरेको छ भन्ने कुरा बिल्कुलै निराधार, निरर्थक र केही गैर जिम्मेदार व्यक्तिहरुको प्रचारमात्र हो र भारत सरकारले त्यस प्रकारको माग गरेको छैन, न गर्ने कुरै छ । त्यहा“ दुई तीन जना गैर जवाफदेहि व्यक्तिहरुले नारायण शिक्षा प्रचार समितिको आड लिएर नेपाली भाषा विरोधी प्रचार र पहाडी मधिसेको भावना ल्याई विभेद पैदा गर्ने प्रयत्न गरेका थिए । यस सिलसिलामा २ जनालाई देशबाट निस्कासित गरिदिइएको छ र नारायण शिक्षा प्रचारिणी समितिलाई आफ्नो हातमा लिने कुरा उपर सरकार विचार गर्दैछ’ भन्नुभयो ।
यसपछि ०१७।४।११ को स्थानीय पत्रिकाहरुमा ‘इण्टर कालेजको सञ्चालक मंडलका श्री कृष्णगोपाल टण्डन नेपालगंज काण्डलाई लिएर राजधानी आउनु भयो । वहा“ आउनाको कारण बडाहाकिमको केही महिना अघिको फैसलालाई रद्द गराई जिल्ला निस्कासन गरिएका व्यक्तिहरुलाई फेरि उक्त कलेजमै राख्ने थियो । राजधानीमा वहा“ले श्री ५ को सरकारका अधिकारीहरुस“ग कुराकानी गरी शिक्षा डाइरेक्टरलाई नै आफ्नो पक्षमा गराई जा“च गराउने बहानामा काठमाण्डौंबाट प्रस्थान गर्नु भएको छ । जा“च कुन किसिमको हुने हो र २०१३ को झैं फेरि पनि श्री टण्डन आफ्ना मकसदमा सफल हुनुहुन्छ भन्ने चर्चा छ ।’ भन्ने प्रकाशमा आयो । तर यसपछि यसप्रति के कस्तो कारवाही भयो त्यो जनसमक्ष आएन ।”
यहा“सम्मको कुरो त उहिल्यैको भयो, इतिहास बनिसकेको । केही तुच्छ मानसिकता भएकाहरुको नेपालप्रतिको यस्तो रवैयाका अन्य थुप्रै उदाहरणहरु त्यसपछि पनि आएका छन् । केही समयअघिको ‘ऋतिक रोशन प्रकरण’ को बेलामा पनि नेपाललाई भारतमा मिसाउनु पर्ने बक्बाद गर्नेहरु देखिएका थिए । नेपाललाई भारतको अंग बनाउने आशयमा बेलायती प्रसारण संस्था बीबीसीले केही समयअघि यस्तै प्रश्न राखेर माहोल नमिठो तुल्याएको थियो र व्यापक विरोध पछि भूल स्वीकार्दै प्रश्न सच्याएको थियो । अहिले आएर फेरि नेपाललाई भारतमा मिसाउनु पर्छ भन्ने पक्षमा अभिमत दिनकालागि एउटा भारतीय अखबारले आफ्नो इन्टरनेट संस्करणमा लेख राखेछ । यस्ता दुस्साहसी कार्यहरु यसअघि पनि भएका थिए र यसको अर्को कडीमा अहिलेको दुस्प्रयासलाई हेरिनु पर्दछ । यस्ता छिचरा तथा कूपमण्डूक भावना भएकाहरु हिजो पनि थिए र आजपनि छन् । चीनस“गको पराजय, पाकिस्तानस“गको निरन्तरको कलह, अनि ब्रिटीशको गुलाम बन्नुपरेको कुण्ठा पोख्ने ठाउ“का रुपमा नेपाललाई ठानेका छन् उनीहरुले भने त्यो भन्दा ठूलो गल्ती स्वतन्त्र भारतको इतिहासमै अरु कुनै नहोला । चीनले तिब्बत हडपे जस्तो वा भारतले सिक्किम पचाए जस्तो हुने छैन नेपालमाथिको गिद्धेदृष्टि ।
नेपालमाथि हुने अतिक्रमणहरुको कठोरता र चतु¥याइ“पूर्वक प्रतिरोध हुनुपर्छ । हाम्रा सीमाना भारतका तर्फबाट मिचिएका मिचियै छन्, हाम्रा नदीहरु भारतले एक्लौटी पारेको पा¥यै छ, कतिपय स्थानमा जबर्जस्ती बा“ध बा“धेर हाम्रा भूमि कटानमा पर्ने तथा डुब्ने भएका छन्, देशमा कस्को र कस्तो सरकार हुने भन्ने सम्ममा समेत उन्का हस्तक्षेप सहनु परेको छ र त्यसमाथि देशै क्वाप्लाक्क पार्ने दूषित भावना बमन हुने गरेका छन् । के यस्तो कुरा सहन सकिन्छ ? सकिदैन र सहनु हुन्न । यसको प्रतिरोध हुनैपर्छ । तर यसको अर्थ मूर्खतापूर्ण तवरले लडाइ“मा होमिने भन्ने पनि होइन । भारतमा अनेक थरीका मानिस छन् । जसरी केही बदमासहरु नेपालमाथि गिद्धेदृष्टि हानेर बक्बाद गर्छन्, त्यसको विपरित नेपाललाई माया गर्नेहरु पनि त्यहा“ छन् । हामीले भारतमा रहेको ‘नेपाल लबी’ लाई सक्रिय बनाएर आफ्नो हितको निमित्त प्रयोग गर्न सक्नु पर्दछ । नत्र, हिंस्रक बाघको अगिल्तिर पाठाको अनुनय–विनय वा रोइ–कराइले केही मतलब राख्दैन । आवश्यक परेको खण्डमा जीवन–मरणको निर्णायक संघर्ष पनि गर्न तम्तयार रहनै पर्छ । माथि नै भनिएको छकि नेपालमाथि हुने अतिक्रमणहरुको कठोरता र चतु¥याइ“पूर्वक प्रतिरोध हुनुपर्छ ।
नेपालबाट सरकारले यस्तो संवेदनशील विषयमा जुन कडाइले भारतको सामुन्नेमा आफ्नो पक्ष स्पष्ट र दह्रो किसिमले राख्नु पर्ने हो, त्यो राख्न सकेको छ त ? सरकारमा बस्ने र परराष्ट्र मामिला सम्हाल्नेहरुले विचार गर्नुपर्ने कुरा हो यो । सरकारी कागजपत्र मार्फत् भारतको सरकार समक्ष आफ्नो पक्ष स्पष्ट पारेर मात्र पुग्दैन, जे मन लाग्यो त्यही लेख्ने उल्लुहरुलाई हतोत्साही गराउन अन्य उपायहरु अपनाउन पनि सक्नुपर्छ । अनि, अन्तर्राष्ट्रिय मिडियामा नेपालको पक्ष भविष्यमा पनि बलियो होस् भन्ने उपायकोलागि गुरुयोजना बनाउन पनि त ढिलो भइसक्यो नि । त्यस्तै, विदेशका नागरिक, त्यहा“को राजनीतिक, सामाजिक, धार्मिक नेतृत्व आदिमा नेपालप्रति सक्रिय समर्थन पैदा गराउनलाई अभियान (क्याम्पेन) नै चलाउनु पर्ने बेला भइसकेको छ । यसकोलागि सरकार मात्र होइन कि जो कोही नेपालीले जहा“ कहिंबाट पनि सकारात्मक योगदान पु¥याउन तत्पर हुनुप¥यो ।
सबभन्दा महत्वपूर्ण कुरो त, हामी आफैं बलियो हुने होभने कसैले हेप्न त के छड्के नजरले हेर्न पनि हिम्मत गर्ने छैन । कमजोर, निर्बलियालाई जसले पनि हेप्छ । यदि विश्वसमुदायमा सम्मानित हुने हो भने नेपाललाई धनी, समृद्ध, विकसित, सुदृढ बनाउनै पर्छ । तर अहिले जुन परिस्थिति नेपालमा छ र आपसी हिंसात्मक द्वन्द्व, राजनीतिक अस्थिरता, सामाजिक–सांस्कृतिक संकट, जनशक्तिको पलायन, द्वेष, आर्थिक ढा“चाहरुको सर्वनाश आदि जस्ता भुमरीले हामी खाल्डोमा ख“गारिंदै जाने हु“दा कसरी आशा गर्ने कि विदेशीले नहेपोस् भनेर । हामी कसैले हेप्नै नसक्ने बनौं न, आफूलाई कसैले एक थप्पड हान्दा प्रतिकारमा उसलाई तिरिमिरीझ्याइ“ पार्दिने शक्ति आर्जन गरौं न, अहिले हामीले सिक्नुपर्ने पाठ त यही देखेको छु मैले । तर रुन्चे राष्ट्रवादले केही हुन्न । भारतले वा अमेरिकाले हेप्यो भनेर रोएर कसैले दया गर्नेवाला छैन । तिमी आफै बलियो छौ भने बल्ल तिम्रो रक्षा हुन्छ । न त कम्युनिस्टहरुको जस्तो ‘धाक भन्दा धक्कु ठूलो, हिंड्न लाग्यो खुट्टो लुलो’ पाराले नै केही हुन्छ । चतु¥याइ“ चाहिन्छ यसकोलागि त । कम्युनिस्टहरुको चतु¥याइ“ यत्ति हो कि हल्लाखल्ला ‘प्रोपागान्डा’ गर्न मात्र काम लाग्छ ।
नेपालका कम्युनिस्टहरु त कस्ता भने, संसारको सर्वोच्च हिमशिखर सगरमाथा कस्को हो भन्ने बारेमा नेपाल र चीनको विवाद निक्लेको बेलामा चीनका नेता चाउ एन लाइले नेपालको पक्ष लिंदा समेत नेपालका कम्युनिस्टले “सगरमाथा त चीनकै हुनुपर्छ” भन्न भ्याएका थिए । यता कांग्रेसीहरुको कारणले भारतको अतिक्रमण झन्झन् बढेको तथ्य पनि छर्लङ्गै छ । कोशी–गण्डकी र महाकालीसम्म पिलो टन्केर दुखिरहेका छन् । मण्डले राष्ट्रवादको परिणति पनि नेपालले भोगिसकेको छ । अनि यस्ता यस्ता गोटीहरु फेला पारेपछि किन नहौसियून् विदेशीहरु !
परिशेषमा भन्नैपर्ने कुरा— विदेशीहरु विरुद्ध आक्रोशित भइरह“दा नेपालभित्रै लुकेको तिन्का दलाललाई हामीले चिन्नु पर्ने तर्फ हाम्रो ध्यान नपुगेको त हैन ? अनि, कतिपय मानिसहरु चाहिं नबुझेर वा भ्रमले विदेशीकालागि उर्वर बनेका हुन सक्छन् र तिनलाई सही ज्ञान दिनु नेपालपक्षको कर्तव्य हो । यो कर्तव्य हामीबाट पूरा हुन सकिरहेको छ ? घरलाई बाहिर र भित्र दुबैतिरबाट बलियो बनाउनु जरुरी छ है । विज्ञेषु किमधिकम् । अस्तु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: