महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका : मिडिया-प्रभाव अनुसन्धानको दृष्टिबिन्दुबाट

Presented at a program jointly organized by the Government of Nepal, Office of the Prime Minister and the Council of Ministers, National Women’s Commission and Sancharika Samuha Nepal
Date: 2012 April 3, Venue: National Women’s Commission, Kathmandu

महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका : मिडिया-प्रभाव अनुसन्धानको दृष्टिबिन्दुबाट
निर्मलमणि अधिकारी
nma@ku.edu.np
भाषा तथा आमसंचार विभाग, काठमाडौं विश्वविद्यालय

मिडियालाई समाजमा सकारात्मक परिवर्तन, विकास, सचेतना, लोकतान्त्रिकरण आदिको संवाहक मानिएको हुँदा नेपालमा मिडियाको विकाससँगै समाजमा महिलामाथि हुने िहंसाजस्ता घटना निर्मूल (कम्तीमा पनि न्यूनीकरण) हुनु पर्ने हो । तर, महिलामाथि हुने िहंसाका जघन्य बर्बर निकृष्टतम् घटनाहरु घटित हुन छाडेका छैनन् । यस्ता घटनामा अशिक्षित अचेत पिछडिएका भनिइनेखालका व्यक्तिहरु मात्र संलग्न देखिँदैनन्, प्रत्युत शिक्षित सचेत आधुनिक भनाउँदाहरुसमेत संलग्न पाइएका छन् । हाम्रा संचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु नबनाएका होइनन्, बनाएका छन् । अनि, त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहेकै छन् । महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु संचालित हुँदाहुँदै पनि किन त्यसको अपेक्षित परिणाम देखिइरहेको छैन तथा यस परिप्रेक्ष्यमा मिडिया-प्रभावको अपेक्षित सफलताका लागि के गर्न सकिएला भन्नेबारे परिचर्चा गर्नु नै यस पत्रको मुख्य उद्देश्य हो ।

१. पृष्ठभूमि
मिडियालाई समाजको यथार्थ प्रतिबिम्ब दिने ‘ऐना’ मान्ने कि भ्रमित पार्ने ‘जादूको ऐना’ ठान्ने भन्नेमा मिडिया-अध्येताहरुबीच लामो समयदेखि मत-वैभिन्न्य रहिआएको छ । यसलाई समाजको ‘ऐना’ मान्नेहरुले मिडियाका अन्तर्वस्तुलाई समाजको यथार्थ प्रतिबिम्बका रुपमा लिन्छन् । तर अर्काथरीका अनुसार मिडियाले कहिले सामान्य कुरालाई एकदमै ठूलो मुद्दा बनाइदिन्छ भने कहिले ठूलो कुरा पनि सामान्य बनाइदिन्छ । मिडियाले गर्ने यस्तै कौतुकका कारण यसलाई सामान्य ‘ऐना’ मान्न नसकिने, प्रत्युत यसलाई त ‘जादूको ऐना’ का रुपमा बुझ्नु पर्ने उनीहरुको तर्क छ । यस दृष्टिकोणमा वास्तविकता र मिडियाले प्रस्तुत गरेको तथाकथित वास्तविकताबीचमा कहिलेकाहिँ त आकाश-जमीनको अन्तर पनि हुन सक्छ ।
मिडिया-अध्येताहरुको माथापच्चीको मिलन-बिन्दुचाहिँ एक नेपाली उखानमा निहित सहज-बुद्धिमा फेला पर्छ – “हावा नचली पात हल्लिँदैन” । यस सहज-बुद्धिले मिडियाको कभरेजमा वास्तविकताको अंशमा न्यूनाधिकता हुन सक्ने सम्भावनालाई खारेज गर्दैन, तथापि मिडियालाई सारमा समाजकै प्रतिबिम्ब ठहर्याउँछ । पछिल्लो समयमा मिडियामा बारम्बार स्थान/समय पाइरहेका महिलामाथि भएका अनेक तरहका िहंसाका घटनाहरुको सन्दर्भलाई पनि नेपाली उखानको सहज-बुद्धिकै आलोकमा हेर्नु समीचीन हुन्छ । अर्थात्, समाजमा िहंसा छ त्यसैले ती मिडियाका अन्तर्वस्तु बनेका छन् ।
पत्रकारितालाई ‘हतारमा लेखिएको साहित्य’ पनि भनिने गरेको र साहित्यका नवरस (शृंगार, हास्य, करुण, रौद्र, वीर, भयानक, विभत्स, अद्भूत र शान्त) हुने सन्दर्भमा मिडियामा प्रकाशित/प्रसारित महिलामाथि भएका िहंसाका घटनासम्बन्धी सामग्रीहरुले विभत्स, भयानक र करुण रसको प्रवाह गराइरहेका छन् । पत्रकारितामा मान्य ‘समाचारीय मूल्य’को अवधारणाले विभत्सता, भयानकता एवं कारुणिकतालाई ‘मानवीय अभिरुचि’को स्वाभाविक आयाम अवश्य मानेको छ तर समाजका लागि वााछनीय भने होइन । मिडियाले समाजका नकारात्मक पक्षलाई नै प्रायः बढाइ-चढाइ गर्छ भन्ने आरोप नलाग्ने गरेको होइन तर मिडियाको अभीष्ट अन्ततोगत्वा समाजको हित नै हो भन्ने पक्ष पनि उत्तिकै विचारणीय छ ।
‘कारण-कार्य सिद्धान्त’ अनुरुप भन्नु पर्दा समाजमा विद्यमान िहंसा कारण हो भने मिडियामा आइरहेका समाचार आदि सामग्रीहरु त्यसका परिणाम । त्यसैले समाजमा महिलामाथि हुने िहंसाका घटनाहरुमा न्यूनता नआई तत्सम्बन्धी मिडिया कभरेजमा न्यूनता आउँदैन र आउनु पनि हुँदैन । घाउलाई छोपेर राखी उकुच पल्टाउनु बुद्धिमानी होइन; प्रत्युत, त्यसको उपचार खोज्नु पर्छ । महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि साचारमाध्यमको भूमिकाबारेको चिन्तन त्यस्तै उपचार खोज्ने पहलकै द्योतक हो ।

२. कुरोको चुरो
मानव समाजका सबै क्षेत्रमा मिडियाको उपस्थिति बढ्दो छ । मिडिया आधुनिक मानवजीवनका अभिन्न अंग बनिसकेका छन् । मिडियाको पहुँचमा भइरहेको विस्तारसँगै यसप्रतिको सरोकार पनि स्वतः बढ्दै गएको छ । मिडियाले सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिकलगायतका पक्षमा खेल्न सक्ने भूमिका तथा पार्ने प्रभाव त्यस्तै सरोकारका विषय-वस्तु हुन् ।
यस्तो सरोकारको सुसम्बद्ध प्रकटीकरण संयुक्त राज्य अमेरिकामा इशवीय बीसौँ शताब्दीको प्रारम्भतिरै समाजमा मिडियाले पार्न सक्ने नकारात्मक असरबारेका चासोबाट प्रारम्भ भएको मानिन्छ जसले मिडिया-प्रभावको अध्ययन/अनुसन्धान परम्परालाई जन्मायो । मिडिया-प्रभाव अनुसन्धानको प्रारम्भिक कालमा तत्कालीन समाजमा सांस्कृतिक विचलन मूल्य-मान्यताको ह्रास र बालबालिका एवं युवा पुस्तामा नैतिक पतनका लागि मिडियालाई दोषी ठहर्याउने प्रवृत्ति देखियो । यसलाई ‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान-दृष्टिकोण भनिन्छ ।
कालान्तरमा मिडियाका सकारात्मक प्रभाव हुन्छन् भन्ने पक्ष पनि अगाडि आयो । यसलाई ‘मिडियाको सकारात्मक प्रभाव’ अनुसन्धान-दृष्टिकोण भनिन्छ । अघिल्लो अनुसन्धान-दृष्टिकोणभन्दा फरक निष्कर्ष निकाली पछिल्लो अनुसन्धान-दृष्टिकोणले मिडियालाई समाजमा सकारात्मक परिवर्तन विकास सचेतना लोकतान्त्रिकरण आदिको संवाहक मान्यो ।
शैक्षिक/प्राज्ञिक क्षेत्रबाट गरिएका कतिपय स्वतन्त्र अनुसन्धानहरुले पूर्ववर्ती ‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान-दृष्टिकोणलाई पुष्टि गर्ने गरी निष्कर्ष निकालेका भएतापनि मिडिया विज्ञापन जनसम्पर्क आदि उद्योगहरुले प्रायोजन गरेका प्रायः अनुसन्धान परियोजनाहरुले मिडियाको सकारात्मक प्रभावको पाटोलाई जोड दिए । दोस्रो विश्वयुद्धपश्चात् योजनाबद्ध विकासको प्रबद्र्धनका क्रममा मिडियालाई विकासको प्रभावकारी संवाहकका रुपमा प्रयोग गर्न सकिने रहेछ भन्ने मान्यताको पुष्टि व्यावहारिक रुपमै भएको पनि कतिपय स्थानमा देखियो । योजनाबद्ध विकासको अवधारणालाई बल पुर्याउने भएकाले मिडियाको सकारात्मक प्रभावलाई पुष्टि गर्ने व्यावहारिक साक्ष्यहरु स्वाभाविक रुपमा बढी प्रचारित भए । फलस्वरुप नेपालजस्ता विकासोन्मुख देशहरुमा ‘विकासको लागि संचार’ भन्ने दृष्टिकोण/नीति/नारालाई अंगीकार गरियो ।
माथिको पृष्ठभूमिगत चर्चाको आलोकमा ‘महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका’ भनिनुको तात्पर्यलाई सहजै बुझ्न सकिन्छ । यसले विशेषतः महिलामाथि हुने िहंसा न्यूनीकरण गर्न संचारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छन् भन्ने मान्यतालाई बोकेको छ भने सामान्यतः बृहद् परिप्रेक्ष्यमा मिडियाका अन्तर्वस्तुले तिनका उपभोक्ता स्रोता पाठक दर्शक माथि प्रभाव पार्न सक्छन् भन्ने दृष्टिकोणलाई अवलम्बन गरेको छ । अर्थात् ‘मिडियाको सकारात्मक प्रभाव’ अनुसन्धान-दृष्टिकोणद्वारा प्रबद्र्धित भएको मान्यता नै यहाँ निहित देखिन्छ ।
यहीँनेर जोडिएको छ यस अवधारणापत्रको ‘कुरोको चुरो’ । एकातिर नेपालमा मिडियाको अभूतपूर्व विकास भएको अवस्था छ । मिडियालाई समाजमा सकारात्मक परिवर्तन विकास सचेतना लोकतान्त्रिकरण आदिको संवाहक मानिएको हुँदा नेपालमा मिडियाको विकाससँगै समाजमा महिलामाथि हुने िहंसाजस्ता घटना निर्मूल कम्तीमा पनि न्यूनीकरण हुनु पर्ने हो । तर अर्कोतिर महिलामाथि हुने िहंसाका जघन्य बर्बर निकृष्टतम् घटनाहरु घटित हुन छाडेका छैनन् । यस्ता घटनामा अशिक्षित अचेत पिछडिएका भनिइनेखालका व्यक्तिहरु मात्र संलग्न देखिँदैनन् प्रत्युत शिक्षित सचेत आधुनिक भनाउँदाहरुसमेत संलग्न पाइएका छन् । हाम्रा संचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु नबनाएका होइनन्, बनाएका छन् । अनि त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहेकै छन् । महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु साचालित हुँदाहुँदै पनि किन त्यसको अपेक्षित परिणाम देखिइरहेको छैन तथा यस परिप्रेक्ष्यमा मिडिया-प्रभावको अपेक्षित सफलताका लागि के गर्न सकिएला भन्नेबारे परिचर्चा गर्नु नै यस अवधारणापत्रको मुख्य उद्देश्य हो । (यहाँ महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् संचालित अभियानहरुको रत्तिभर प्रभाव परेको छैन वा त्यस्ता अभियानहरुपछि पनि िहंसाको मात्रात्मक बढोत्तरी नै भइरहेको छ भन्ने सोच राखिएको छैन । विगतमा त्यस्ता घटनाहरु मिडियामा नआउने तर अहिले प्रायः घटनाहरु मिडियामा आउने हुनाले संख्यात्मक बढोत्तरीजस्तो भान परेको मात्र हो । वास्तवमा आनुपातिक हिसाबमा त्यस्ता घटनामा मात्रात्मक कमी नै छ । तथापि मिडियाको यत्रो विस्तार एवं विकास भएको अवस्थामा अहिले भएका घटना पनि नहुनु पर्ने थियो भन्ने प्रमेयात्मक उपस्थापन गरिएको हो ।)
यसरी प्रस्तुत अवधारणापत्रमा महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिकाको सवाललाई मिडया-प्रभावको दृष्टिबिन्दुबाट हेरिएको छ ।

३. अपेक्षित मिडिया-प्रभाव किन नभएको होला ?
संचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँदा-बनाउँदै, त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहँदा-भइरहँदै एवं महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु संचालित हुँदाहुँदै पनि किन तिनको अपेक्षित परिणाम नआइरहेको होला भन्ने सवाललाई मिडिया-प्रभावसम्बन्धी विभिन्न अनुसन्धान एवं सिद्धान्तहरुका आलोकमा हेर्न सकिन्छ (विभिन्न सिद्धान्तहरुबारेका परिचर्चाका क्रममा निम्न पुस्तकहरुलाई मुख्य आधार मानिएको छ – अधिकारी, सन् २००८, वि.सं. २०६६, बारान र डेविस, सन् २००६, विमर र डोमिनिक, सन् २०११, विलियम्स, सन् २००३) :

– मिडिया-प्रभाव भन्ने कुरा नै नहुने भएकाले ।
‘द प्ले थ्योरी अफ् मास कम्युनिकेसन’ले मिडियाको मनोराजनात्मक प्रयोगको पक्षलाई ठूलो महत्व दिएको छ । स्टेफेन्सनका अनुसार मिडिया मनोराजन र आनन्दका लागि प्रयोग गरिने हो । मानिसहरु पत्रिका पढ्ने रेडियो सुन्ने टीभी हेर्ने कार्य किन गर्छन् भने यसबाट उनीहरुलाई आनन्द प्राप्त हुन्छ । मिडियालाई जनताको विचारधारामाथि प्रभाव पार्न वा उनीहरुको सोचलाई नै परिवर्तन गर्न ‘ब्रेनवास’ गर्न सक्ने शक्तिशाली तत्व भन्ठान्ने सोचलाई स्टेफेन्सनले बिरामी मानसिकता भन्दै आलोचना गरेका छन् । मिडियाको सर्वोत्कृष्ट कार्य मानिसहरुलाई आनन्दानुभूति गराउनु नै हो भन्ने खेल सिद्धान्तको मान्यता रहेको छ । यस क्रममा प्रापकको भूमिका सकि्रय रहन्छ । मिडियाले प्रकाशन/प्रसारण गर्ने सामग्रीले मानिसहरुलाई आपसमा कुराकानी गर्ने साझा विषयवस्तु प्रदान गरेको हुन्छ । यसबाट उनीहरुलाई आपसी सामाजिकीकरणको अवसर समेत प्राप्त हुन्छ । यसै क्रममा मिडियाले सामाजिक परिवर्तनको लागि पनि योगदान पुर् याउन सक्छ । तर यो प्राथमिक कुरा होइन । मिडियाको प्राथमिक काम आफ्ना लक्षित प्रापकलाई मनोराजन गराउनु नै हो भन्ने खेल सिद्धान्तका सिद्धान्तकारको मत देखिन्छ ।

– मिडियाको नकारात्मक प्रभाव मात्र हुने भएकाले ।
माथि उल्लेख गरिएको ‘मिडियाको नकारात्मक प्रभाव’ अनुसन्धान-दृष्टिकोणलाई मान्नेहरुले नकारात्मक कुरा फैलाउनमा मिडिया निकै प्रभावकारी हुने मान्यता राख्छन् । यस अनुसार समाजमा सांस्कृतिक विचलन मूल्य-मान्यताको ह्रास र बालबालिका एवं युवा पुस्तामा नैतिक पतन आदिका लागि मिडियाका अन्तर्वस्तु जिम्मेवार हुन्छन् जनताका आचार र विचारमा सकारात्मक परिवर्तन ल्याउनचाहिँ मिडियाले सक्दैनन् । यस अनुसन्धान-दृष्टिकोणबाट हेर्दा मिडियाले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँदा त्यसले मानिसहरुलाई िहंसाका तरिकाहरु मात्र सिकाउँछ । मिडियाले त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गर्नु एवं महिलामाथि हुने िहंसाका विरुद्धमा संचालित अभियानहरुको माध्यम बन्नुले चाहिँ कुनै अपेक्षित परिणाम दिँदैन ।

– महिलामाथि हुने िहंसा न्यूनीकरण मिडिया उद्योगको अर्थ-राजनीतिका कारण प्राथमिकतामा नपरेकाले ।
नवमाक्स्रवादी परम्पराका आलोचनात्मक/सांस्कृतिक दृष्टिकोणबाट हेर्दा मिडिया बृहत्तर सांस्कृतिक परिवेशको एक अंश मात्र हो । यस दृष्टिकोणमा समाजमा विद्यमान आर्थिक-राजनीतिक सम्बन्धको आधारमा मिडिया उद्योगको प्रकृति र प्रवृत्ति निर्धारित हुने मानिन्छ । मिडिया उद्योग समाजको ‘आधार’ नभई ‘अधिरचना’ भएकाले यसो भएको मानिएको हुन्छ । मिडियाले आफ्नो अर्थ-राजनीतिअनुकूल साचालित भई नाफा कमाउनुलाई प्राथमिक उद्देश्य मान्ने शक्ति-संरचनामा ठालुवर्गको सेवा पुर्याउने र यथास्थितिवादको पक्षपोषण गर्ने निष्कर्ष यस दृष्टिकोणबाट भएका अनुसन्धानहरुले निकालेको पाइन्छ । यस दृष्टिकोण अनुसार मूलतः नाफामुखी बजारवादको पक्षधर भएको हुनाले मिडिया उद्योगले महिलामाथि हुने िहंसाका घटनाको न्यूनीकरण हुनुसँग मतलब राख्दैन प्रत्युत त्यस्ता घटनालाई सकेसम्म अतिरिाजत गरी सनसनीपूर्ण तरिकाले प्रकाशन/प्रसारण गर्नु नै यसको अभीष्ट हुन्छ ।

यस्तो आरोप लगाइन्छ – मिडियाले मिडियाले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँछन् त्यस्ता िहंसाका विरुद्धमा सामग्री प्रकाशित/प्रसारित पनि गर्छन् एवं महिलामाथि हुने िहंसाका विरुद्धमा साचालित अभियानहरुलाई स्थान पनि दिन्छन् तर यस्ता घटनाको प्रकाशन/प्रसारणले पाठक/स्रोता/दर्शक तानी अन्ततोगत्वा विज्ञापनदाताहरुको ध्यानाकर्षण गर्न सक्ने सम्भावना देखिएमा मात्र । बजार-मूल्यका हिसाबले कुनै अर्को विषय-वस्तु पाउनासाथ मिडियाको ध्यान त्यतातिर गइहाल्छ र महिलामाथि हुने िहंसा विरुद्धको अभियानलाई ठोस मिडिया-प्रभाव हासिल हुने अवस्थासम्म पुर्याउनुमा मिडिया उद्योगको कुनै रुचि हुँदैन ।
उपर्युक्त दृष्टिकोण एवं आरोपलाई नेपालका साचारमाध्यमको अर्थ-राजनीतिका परिप्रेक्ष्यमा सामान्यीकरण गरी हेर्दा महिला िहंसा न्यूनीकरणमा अपेक्षित मिडिया-प्रभाव नहुनुका लागि मिडिया उद्योगको अर्थ-राजनीति पनि जिम्मेवार ठहर्छ ।

– मिडिया र जनसामान्यका बीचमा रहने ‘वैचारिक नेतृत्व’ को अविद्यमानता वा असफलताका कारणले ।
‘टु-स्टेप फ्लो थ्योरी अफ् कम्युनिकेसन’ ले मिडियाको सन्देश दुई चरण पार गरेर मात्र सर्वसाधारण जनतासम्म पुग्ने निष्कर्ष निकालेको पाइन्छ । समाजमा मत निर्माण गर्नमा मिडियाको प्रत्यक्ष भूमिका कम र ‘वैचारिक नेताहरु’ (ओपिनियन लिडस्र) को भूमिका बढी महत्वपूर्ण हुने धारणालाई यस सिद्धान्तले स्वीकार गरेको छ । यहाँ ‘वैचारिक नेताहरु’ भन्नाले समाजका अग्रणी/पढे-लेखेका, मिडियाद्वारा प्रकाशन/प्रसारण गरिएका सन्देशसम्म प्रत्यक्ष पहुँच भएका ‘टाठाबाठा’ व्यक्तिहरु भन्ने बुझ्नु पर्छ । शिक्षक राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधि समाजसेवी धर्मगुरु पुरोहित ग्रामीण स्वास्थ्य कार्यकर्ता कानुन व्यवसायी आदि वैचारिक नेताका उदाहरण हुन् । तर एक विषय वा सन्दर्भको वैचारिक नेता अर्को विषय वा सन्दर्भमा वैचारिक नेताको हैसियतमा नहुन सक्छ । जे होस् वैचारिक नेताहरु सर्वसाधारण जनताको तुलनामा सूचनासम्पन्न हुन्छन् । नेपालमा पछिल्ला वर्षहरुमा चर्चित रहेको ‘नागरिक समाज’ पनि उपर्युक्त वैचारिक नेतृत्वकै उदाहरणका रुपमा लिन सकिन्छ ।
मिडियाद्वारा प्रकाशन/प्रसारण हुने सन्देशसम्म सर्वसाधारण जनताको प्रत्यक्ष पहुँच हुँदैन । त्यसैले सूचनाको प्राप्तिका लागि उनीहरुले वैचारिक नेताहरुमाथि निर्भर रहनु पर्ने हुन्छ । यस्तो पृष्ठभूमिमा कुनै सन्दर्भमा जनताको मत कस्तो हुने हो भन्नेमा वैचारिक नेताहरुको भूमिका निर्णायक हुन जानु स्वाभाविकै हो । प्रकाशित/प्रसारित सन्देश वैचारिक नेतासम्म पुग्नु साचारको पहिलो चरण हो । यसपछि वैचारिक नेताबाट सर्वसाधारण जनतासम्म उक्त सन्देश पुग्नु साचारको दोस्रो चरण हो । पहिलो चरणमा आमसाचार प्रकि्रया सम्पन्न भई प्रेषकको सन्देश निश्चित प्रापक वैचारिक नेता सम्म पुग्छ । दोस्रो चरणमा वैचारिक नेताबाट अन्तरव्यक्ति साचार प्रकि्रया सम्पन्न भई उक्त सन्देश सर्वसाधारण जनतासम्म पुग्छ । यसरी असीमित जनसमुदायसम्म सूचनाको सफल हस्तान्तरणमा अन्तरव्यक्ति साचार नै निर्णायक हुने धारणालाई यहाँ मानिएको देखिन्छ ।
यस सिद्धान्तको आलोकमा हेर्दा नेपालमा महिलामाथि हुने िहंसाका विरुद्धमा मिडिया-प्रभावको अपेक्षित सफलता नहुनुमा वैचारिक नेताहरुको अविद्यमानता वा असफलतालाई कारण मान्नु पर्ने हुन्छ । किनभने – मिडियाले त महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाएकै छ त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित गरेकै छ एवं महिलामाथि हुने िहंसाका विरुद्धमा साचालित अभियानहरुको माध्यम पनि बनेकै छ । यस्तो पृष्ठभूमिमा उक्त मिडिया-अन्तर्वस्तुलाई अपेक्षित प्रभावकारी बनाउनका लागि वैचारिक नेताहरु अगाडि आउनु पर्ने अन्यथा उनीहरुको असफलता ठहरिने साचारको द्विचरणीय सिद्धान्तको आशय देखिन्छ ।

– मिडियाले कार्यसूची निर्धारण गर्न त सक्ने तर आचार र विचारमा परिवर्तन ल्याउनमा मिडिया एकल निर्णायक तत्व नभएकाले ।
मिडिया-प्रभावसम्बन्धी प्रारम्भिक अनुसन्धानहरुले मिडियाको असर प्रापक पाठक स्रोता वा दर्शक माथि तत्काल प्रत्यक्ष एवं सशक्त रुपमा परेको हुन्छ भन्ने मान्यता अगाडि सारेका भएतापनि पछिल्ला अनुसन्धानहरुले तिनका निष्कर्षलाई काटिदिए । मिडिया-प्रभावबारे पछिल्ला अनुसन्धानले ‘एजेण्डा सेटिङ्ग थ्योरी’ लाई पुष्टि गरेको देखिन्छ ।
यसलाई राम्ररी बुझ्न पहिले त कार्यसूची (एजेण्डा) को अर्थ थाहा पाउनु जरुरी छ । समाजमा चर्चा गर्न सकिने वा चासो दिन आवश्यक विषय-वस्तु अनेक छन् । तीमध्ये तत्काल कुनलाई महत्व दिने भन्ने कुरा नै कार्यसूची हो । साचारको कार्यसूची निर्धारण सिद्धान्तले कुनै पनि विषय-वस्तुले तत्काल महत्व पाउने वा नपाउने भन्ने कुरामा मिडियाको अहम् भूमिका रहने बताउँछ । विविध विषय-वस्तु वा मुद्दाहरुमध्ये कुनचाहिँलाई जनमानसमा प्रमुख तुल्याउने भन्ने निर्धारण गर्नमा मिडियाको ठूलो भूमिका रहेको हुन्छ । कार्यसूची निर्धारणको सन्दर्भमा कुनै विषय-वस्तुलाई मिडियाले कति र कति महत्वपूर्ण ‘कभरेज’ दिएको छ यी दुवै पक्षको भूमिका हुन्छ । जनताले सामान्यतया बेवास्ता गर्ने विषयमा पनि मिडियाले चाहेमा उनीहरुको ध्यानाकर्षण गराउन तथा प्रमुख चासोको विषय तुल्याउन सक्छ भन्ने मान्यता यस सिद्धान्तले बोकेको छ । प्रेुमिङ (Framing), प्राइमिङ् (Priming) एवं गेटोकपिङ (Gatekeeping) गरी मिडियाले कार्यसूची निर्धारण गर्दछन् । यस सिद्धान्तलाई जस्ताको तस्तै स्वीकार गर्दा यसको नकारात्मक पक्ष के हुन सक्छ भने जनताका लागि साँच्चै नै चासोका विषय हुनु पर्ने कुरा मिडियाको उपयुक्त ‘कभरेज’ नपाउँदा छायामा पर्न सक्छन् ।
यहाँनेर विचारणीय कुरा के छ भने कार्यसूची निर्धारित हुनु र आचार एवं विचारमा परिवर्तन आउनु फरक कुराहरु हुन् । साचारको कार्यसूची निर्धारण सिद्धान्तले मिडियाको प्रभावकारिता जनतालाई ‘केबारे सोच्ने’ भन्नेमा अभिमुख गराउनमा मात्र सीमित रहेको मान्यता राख्छ । यसभन्दा पर ‘के सोच्ने’ वा ‘के गर्ने’ भन्ने सवालमा निर्देशित गर्नका लागि मिडिया एकल निर्णायक तत्व होइन । उपर्युक्त सवालहरुमा व्यक्ति वा व्यक्तिहरुले आफ्ना पृष्ठभूमि मूल्य-मान्यता संस्कृति रीतिथिति सामाजिक सम्बन्धहरु मताग्रह आदि थुप्रै पक्षहरुका समष्टिबाट निर्देशित भएर निर्णय गर्छन् ।
यस सिद्धान्तको आलोकमा मिडियाले त महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउनु, त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गर्नु एवं महिलामाथि हुने िहंसाका विरुद्धमा साचालित अभियानहरुको माध्यम बन्नु आदि नै यसले कार्यसूची निर्धारणका लागि योगदान गरेको द्योतक हो । महिलामाथि हुने िहंसालाई समाजबाट उन्मूलन गर्ने पक्षचाहिँ जनताको आचार र विचारमा परिवर्तनसँग सम्बन्धित भएकाले मिडियाको दायराभन्दा बाहिरको कुरा हो र उपर्युक्त परिवर्तनका लागि समाजका अन्य पक्षहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्छ ।

– मिडियाको विश्वसनीयता कम भएकाले ।
मिडिया-प्रभाव अनुसन्धानहरुले के देखाएका छन् भने पाठक-स्रोता-दर्शकले सबै मिडियाका सबै कुरा पत्याउँदैनन् । उनीहरुले कुनै मिडियाका अन्तर्वस्तुलाई विश्वास गर्ने वा नगर्ने तथा त्यसका आधारमा कार्यसूची निर्धारण गर्ने वा नगर्ने र दृष्टिकोण/विचार बनाउने वा नबनाउने भन्ने कुरा मिडियाको विश्वसनीयताको आँकलनका आधारमा गर्छन् । तसर्थ साचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँदा-बनाउँदै त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहँदा-भइरहँदै एवं महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु साचालित हुँदाहुँदै पनि तिनको अपेक्षित परिणाम आइरहेको छैन भने त्यो साचारमाध्यमहरुको विश्वसनीयताको अभावको द्योतक हो भन्ने मत कतिपय अध्येताहरुको रहेको देखिन्छ ।

– मिडिया-अन्तर्वस्तुको सम्प्रेषण-गुण कम भएकाले ।
मिडियाको अन्तर्वस्तुको सम्प्रेषण-गुणलाई आँकलन गर्ने विभिन्न अनुसन्धान विधिहरु रहेका छन् । यहाँ उदाहरणका लागि पठनीयता अनुसन्धानको चर्चा गरौँ । पठनीयता अनुसन्धानमा अखबारका सामग्री पाठकका लागि कति सहज छन् पाठकहरुले कति हदसम्म उक्त सामग्री बुझ्छन् तीव्र गतिमा पढ्न सक्छन् र रुचिकर पाउँछन् भन्ने आधारमा सफलता मापन गरिन्छ । कुनै पनि मुदि्रत सामग्रीको हकमा पठनीयता महत्वपूर्ण पक्ष हो । अखबारमा प्रकाशित सामग्री पाठकलाई बोधगम्य छ वा छैन भन्ने सरोकार स्वाभाविक हो । साथै पाठकले पाठ्यसामग्रीलाई रुचिकर एवं पढ्नका लागि सहज मान्छन् कि मान्दैनन् भन्ने पनि सरोकार्य कुरा हो । उच्च पठनीयताबिना कुनै पनि सन्देश बोधगम्य बन्दैन र त्यसको पठन-सार्थकता रहँदैन । तसर्थ पत्रपत्रिकाले जनसमुदायका लागि सूचना प्रवाह गर्ने कार्य उपयुक्त ढंगले निर्वाह गरेका छन् वा छैनन् भन्ने थाहा पाउन उनीहरुद्वारा प्रस्तुत सामग्रीको पठनीयता परीक्षण गर्नु पनि आवश्यक देखिन्छ । उच्चतर पठनीयताले मुदि्रत सामग्री पाठकका लागि उपयोगी रहेको जनाउँछ । तर पठनीयताको न्यूनताले उक्त सामग्री-विशेषप्रति एवं समष्टिमा प्रकाशनप्रतिसमेत पाठकमा विकर्षण पैदा गर्छ । पठनीयताको अभावमा कुनै पनि पाठ्यसामग्री निरर्थक ठहरिन्छ ।
नेपालमा हालसम्म दुईवटा पठनीयता अनुसन्धानहरु सम्पन्न भएका छन् अधिकारी सन् २०१० सन् २०११ जसले नेपाली अखबारहरुका पठनीयता-अंक निकै कम रहेको देखाएका छन् (थप अध्ययनका लागि द्रष्टव्य : अधिकारी, वि.सं. २०६८) । यदि उपर्युक्त निष्कर्ष नेपाली मिडियाका लागि सामान्यीकरण गर्न सकिने अवस्था हो भने यसले मिडियाले प्रकाशन/प्रसारण गरेका सन्देश जनताले बुझ्ने गरी सम्प्रेषण भएका छैनन् भन्ने निष्कर्षमा पुर्याउँछ । यस्तो अवस्थामा साचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाइरहेको त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहेको एवं महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु साचालन गरिएको भएतापनि तिनको अपेक्षित परिणाम नआउनु बुझ्न सकिने कुरा हो ।

माथि चर्चा गरिएका सातवटा पक्षहरुले सम्बन्धित क्षेत्रमा अपेक्षित मिडिया-प्रभाव नहुनुका कारणहरु विश्लेषण गर्ने विभिन्न दृष्टिकोणहरु रहेको देखाउँछन् । यहाँ केही प्रतिनिधि दृष्टिकोणहरु उल्लेख गरिएका हुन् ।

४. अपेक्षित मिडिया-प्रभावका पूर्वाधार

‘महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका’ को परिप्रेक्ष्यमा साचारमाध्यमले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउनु त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गर्नु एवं महिलामाथि हुने िहंसाका विरुद्धमा साचालित अभियानहरुको माध्यम बन्नुको प्रतिफलस्वरुप त्यस्ता घटनामा न्यूनीकरण आउनु नै अपेक्षित मिडिया-प्रभाव हो । त्यस्तो अपेक्षित मिडिया-प्रभाव हासिल नहुनुका विभिन्न कारणहरुबारे माथि चर्चा गयिो ।
अपेक्षित मिडिया-प्रभाव नहुनुलाई व्याख्या गर्ने माथि उल्लेखित सातवटा दृष्टिकोणहरुलाई दुई समूहमा राख्न सकिन्छ । तीमध्ये पहिलो मिडिया-प्रभावलाई नै अस्वीकार गर्ने र दोस्रो मिडियाको सदैव नकारात्मक मात्र असर हुन्छ भन्ने दृष्टिकोणको समानता के रहेको छ भने दुवैले महिलामाथि हुने िहंसाको न्यूनीकरणमा साचारमाध्यमको भूमिका/प्रभावकारिता खोज्ने हाम्रो प्रयत्नलाई निरुत्साहित तुल्याउँछन् । तर ती दृष्टिकोणहरुले प्रबद्र्धन गर्ने निरुत्साहलाई नाघेर अगाडि बढ्न सकिने पर्याप्त आधारहरु छन् । पहिलो दृष्टिकोणलाई ‘मिडियाको सकारात्मक प्रभाव’ तथा ‘मिडियाको नकारात्मक प्रभाव’ दुइटै परम्परामा भएका अनेकौँ अनुसन्धानहरुले काटिसकेका छन् । त्यस्तै दोस्रो दृष्टिकोणलाई पनि अतिवादी भन्नु पर्ने हुन्छ किनभने मिडियाको अन्तर्वस्तुमार्फत् आचार र विचारमा सकारात्मक परिवर्तन ल्याउन सकिएका पूर्व-साक्ष्यहरु रहेका छन् ।
बाँकी रहेका पाँचवटा दृष्टिकोणहरु नेपालका सन्दर्भमा कत्तिको लागू भएका छन् वा हुन्छन् भन्ने कुरामा प्रष्टताका लागि सम्बन्धित क्षेत्रमा व्यापक अनुसन्धान हुनु जरुरी हुन्छ । नेपालमै भएका अनुसन्धानहरुले तिनलाई प्रामाणिक वा अप्रमाणिक नठहर्याइन्जेल तिनको हैसियत प्रमेयात्मक उपस्थापनका रुपमा रहन्छ । तसर्थ ती अनुसन्धान/सिद्धान्तहरुका आलोकमा प्रस्तुत गरिएका कारणहरुको निदानबाट नै अपेक्षित मिडिया-प्रभावका पूर्वाधार तयार हुने ठान्नु नै हालका लागि समीचीन देखिन्छ ।

– महिलामाथि हुने िहंसा न्यूनीकरण मिडिया उद्योगको अर्थ-राजनीतिका कारण प्राथमिकतामा नपरेकाले अपेक्षित मिडिया-प्रभाव हासिल नभएको मान्ने हो भने यसको पूर्वाधारका लागि सर्वप्रथम मिडिया उद्योगकै अर्थ-राजनीतिक संरचनामा दखल दिनु पर्ने कुरा अगाडि आउँछ ।
मिडियालाई नाफामुखी बजारवादको पिछलग्गू हुनबाट बचाउन दीर्घकालीन मध्यकालीन र तत्कालीन नीतिगत एवं योजनात्मक पहल गर्नु जरुरी छ । बजारवादी नाफामुखी मिडियाको विरुद्धमा जनसेवी मिडिया प्रणालीलाई सुदृढ बनाउनु पर्छ । मूलधारका भनाउँदा मिडियाको प्रभुत्वलाई चुनौती दिनका लागि वैकल्पिक मिडिया प्रणालीलाई प्रबद्र्धन गर्नु पर्छ । साथै ‘पैरवी पत्रकारिता’, ‘नागरिक पत्रकारिता’ आदि जस्ता अभिनव प्रवृत्तिहरुले पनि परम्परागत पेसेवर पत्रकारिताले भन्दा बढी जिम्मेवारीपूर्वक महिलामाथि हुने िहंसाका घटनाको न्यूनीकरणजस्ता सवालमा सकारात्मक योगदान पुर्याउँछन् । त्यस्ता घटनालाई अतिरिाजत गरी सनसनीपूर्ण तरिकाले प्रकाशन/प्रसारण गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि पनि प्रयत्न हुनु पर्छ । महिलामाथि हुने िहंसाजस्ता विषय-वस्तुमा खोज रिपोर्टिङ्ग एवं अनुगमन (फलोअप) रिपोर्टिङ्गका लागि पर्याप्त लगानी गर्न मूलधारका भनिने मिडियालाई तत्पर बनाउनका लागि पहल गर्नु पनि उत्तिकै आवश्यक हुन्छ ।
प्रेस काउ_िन्सलजस्ता संस्थाहरु, अनुसन्धान केन्द्रहरु, मिडिया अध्येताहरु, पेसागत संस्थाहरु तथा नागरिक समाज, महिला अधिकारका क्षेत्रमा कार्यरत गैसस, समुदायआधारित संस्थाहरु, पैरवी समूहहरु आदिले मिडिया उद्योग एवं मिडिया अन्तर्वस्तुलाई निरन्तर आफ्नो अध्ययन/पर्यवेक्षण/निगरानीको विषय-वस्तु बनाई नाफामुखी बजारवादको पिछलग्गू हुनबाट सचेत पार्न सक्छन् ।

– संचारमाध्यमले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउनु, त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गर्नु एवं महिलामाथि हुने िहंसाका विरुद्धमा संचालित अभियानहरुको माध्यम बन्नुको प्रतिफलस्वरुप त्यस्ता घटनामा न्यूनीकरण आई अपेक्षित मिडिया-प्रभाव हासिल हुनका लागि वैचारिक नेतृत्वको सकि्रय भूमिका पनि अपेक्षित छ ।
यसका लागि नागरिक समाज महिला अधिकारका क्षेत्रमा कार्यरत गैसस, समुदायआधारित संस्थाहरु, पैरवी समूहहरु आदिले विशेष ध्यान पुर्याउनु पर्छ । उनीहरुले एकातिर मिडियालाई महिलामाथि हुने िहंसासम्बन्धी अन्तर्वस्तुको समुचित प्रस्तुतिकरणमा सहजीकरण गर्न आवश्यक परेमा पैरवी गर्न वा दबाब दिनसमेत सक्छन् भने अर्कोतिर शिक्षक राजनीतिक दलका नेता स्थानीय जनप्रतिनिधि समाजसेवी धर्मगुरु पुरोहित ग्रामीण स्वास्थ्य कार्यकर्ता कानुन व्यवसायी आदि ुवैचारिक नेताहरुलाई मिडिया र सर्वसाधारण जनताबीचको सेतुका रुपमा काम गर्नका लागि अभिप्रेरित गर्न सक्छन् । महिलामाथि हुने िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखी प्रकाशित/प्रसारित मिडिया-अन्तर्वस्तुको प्रभाव अपेक्षानुसार हासिल गराउनमा मिडिया र सर्वसाधारण जनताबीच बसेर ुवैचारिक नेताहरुले खेलिदिएको सकारात्मक कि्रयाशीलताको ठूलो भूमिका हुन्छ ।

– मिडियाले कार्यसूची निर्धारण (एजेण्डा-सेटिङ्ग) गर्न त सक्ने तर आचार र विचारमा परिवर्तन ल्याउनमा मिडिया एकल निर्णायक तत्व नभएको मानिँदा कार्यसूची निर्धारणका लागि मिडियाको प्रभावकारी सदुपयोगका साथै जनताका आचार र विचारमा परिवर्तन ल्याउने अन्य तत्वहरुको यथोचित सकि्रयता पनि आवश्यक छ ।
यहाँ दुई अन्तस्रम्बन्धित पक्षहरु छन् । पहिलो हो – कार्यसूची निर्धारणका लागि मिडियाको प्रभावकारी सदुपयोग । मिडियाकर्मीहरुले तर्क गर्न सक्छन् कि हामीले त महिलामाथि हुने िहंसाका घटनालाई मिडियामा स्थान/समय दिएकै छौँ त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गरेकै छौँ एवं महिलामाथि हुने िहंसाका विरुद्धमा संचालित अभियानहरुको माध्यम पनि बनेकै छौँ । यसरी महिलामाथि हुने िहंसाको न्यूनीकरणलाई कार्यसूची एजेण्डा मा पार्न आफूहरुले योगदान गरेको उनीहरुको दाबी रहन सक्छ । तर मिडियामा कुनै विषयलाई कभरेज दिनेबित्तिकै स्वतः कार्यसूची निर्धारण हुन्छ भन्ने होइन प्रत्युत मिडिया कभरेज त्यसको प्रारम्भ मात्र हो ।
कार्यसूची निर्धारणको कार्य वास्तवमै सफलीभूत हुनका लागि सम्बन्धित विषय-वस्तुमा तात्कालिक घटना-प्रेरित कभरेजले पुग्दैन; प्रत्युत, खोज रिपोर्टिङ्ग एवं अनुगमन (फलोअप) रिपोर्टिङ्गको शृंखला लामो समयसम्म चलिरहनु आवश्यक हुन्छ । अनि महिलामाथि हुने िहंसाको न्यूनीकरण आदि सवालहरु कार्यसूची बनेका वा नबनेका निक्र्यौल गर्न समय-समयमा अनुसन्धानहरु पनि गरिनु पर्छ । मिडिया अध्येताहरु अनुसन्धान केन्द्रहरु तथा नागरिक समाज महिला अधिकारका क्षेत्रमा कार्यरत गैसस, समुदायआधारित संस्थाहरु, पैरवी समूहहरु, पेसागत संस्थाहरु आदिले मिडियाको नियमित पर्यवेक्षण एवं अनुगमन गरी मिडिया कभरेजको विद्यमान अवस्था पत्ता लगाई सुधारका लागि मिडियासमक्ष सुझावहरु प्रस्तुत गर्न सक्छन् । अधिकारवादी समूहहरुले त त्यसभन्दा अगाडि बढी पैरवी गर्न वा दबाब दिनसमेत सक्छन् ।
दोस्रो पक्ष हो – जनताका आचार र विचारमा परिवर्तन ल्याउने अन्य तत्वहरुको यथोचित सकि्रयता । माथि नै उल्लेख गरिएझैँ कार्यसूची निर्धारित हुनु र आचार एवं विचारमा परिवर्तन आउनु फरक कुराहरु हुन् । मिडियाको प्रभावकारिता जनतालाई ‘केबारे सोच्ने’ भन्नेभन्दा पर ‘के सोच्ने’ वा ‘के गर्ने’ भन्ने सवालमा निर्देशित गर्नका लागि मिडिया एकल निर्णायक तत्व नभएकाले जनताका आचार र विचारमा परिवर्तन ल्याउने अन्य तत्वहरुको यथोचित सकि्रयताबिना त्यस्तो अपेक्षित परिणाम आउन सक्दैन । उदाहरणका लागि, महिलामाथि िहंसा गर्ने अपराधीहरुलाई कठोर सजाय दिनाले भविष्यमा अन्य व्यक्तिहरु त्यस्ता अपराधमा संलग्न हुन निरुत्साहित हुने सम्भावना हुन्छ भने दण्डहीनताले आपराधिक मनोवृत्तिलाई मलजल गर्न सक्छ । त्यसैले राज्यका कार्यपालिका न्यायपालिका व्यवस्थापिकाको यसमा प्रत्यक्ष भूमिका रहन्छ ।
महिलामाथि हुने िहंसालाई सामाजिक-सांस्कृतिक संरचना एवं संस्थाहरुको कि्रयाशीलताबिना कानुनी बाटोबाट मात्र समाप्त पार्न सकिँदैन । अधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु, पैरवी समूहहरु आदि पनि जनताका आचार र विचारमा परिवर्तन ल्याउने अभियानका महत्वपूर्ण आधारस्तम्भ हुन् ।

– यदि मिडियाको विश्वसनीयता कम भएकाले अपेक्षित मिडिया-प्रभाव हासिल हुन नसकेको मानिने हो भने उपर्युक्त समस्याको समाधान भनेको मिडियाको विश्वसनीयता अभिवृद्धि गर्नु नै हो भन्नु पर्ने हुन्छ ।
नेपालमा मिडियाको प्रशंसा र विरोध दुवैमा अतिराजनापूर्ण अभिव्यक्तिहरु देखिने गरेको छ । मिडिया उद्योग र मिडियाकर्मीलाई कहिले प्रशंसाको चुलीमै चढाउने र कहिले निन्दाको पातालमै खँगार्ने प्रवृत्ति देखिएकै छ । विशेषतः लोकतान्त्रिक संघर्षमा मिडियाको भूमिकाको प्रशंसा प्रशस्त हुने गरेको छ । त्यसैगरी जनचेतना अभिवृद्धि सकारात्मक परिवर्तन विकास आदिमा मिडियाको ठूलो भूमिका छ भन्ने गरिएको छ । तर जनमानसमा मिडियाको छवि तथा मिडियाप्रतिको विश्वासलाई वैज्ञानिक आँकलन गर्ने गरी अनुसन्धानहरु भने भएका देखिँदैनन् । अनि जनचेतना अभिवृद्धि सकारात्मक परिवर्तन विकास आदिमा मिडियाको ठूलो भूमिका रहेको पुष्टिका लागि पनि वैज्ञानिक अध्ययनहरु भएका पाइँदैनन् ।
यस्तो पृष्ठभूमिमा कसैले साचारमाध्यमहरुले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउँदा-बनाउँदै त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री पनि प्रकाशित/प्रसारित भइरहँदा-भइरहँदै एवं महिलामाथि हुने िहंसाका विरुद्धमा मिडियामार्फत् अभियानहरु संचालित हुँदाहुँदै पनि तिनको अपेक्षित परिणाम आइरहेको छैन भने त्यो संचारमाध्यमहरुको विश्वसनीयताको अभावको द्योतक हो भनी तर्क गरेमा त्यसलाई काट्ने वस्तुनिष्ठ आधार देखिँदैन । तसर्थ मिडियाको विश्वसनीयता तथा प्रभावकारिता आँकलनका लागि प्रशस्त अनुसन्धानहरु हुनु अत्यन्त आवश्यक देखिन्छ ।
विश्वसनीयता सबैखाले मिडियाको लागि अपरिहार्य छ भने न्यूजमिडियाका हकमा त यो सबै भन्दा ठूलो पूँजी हो । जनताको विश्वास कमाउनुलाई पत्रकारिताको सबै भन्दा ठूलो प्राप्ति मानिन्छ । विगतमा प्रेस जगत्ले सर्वसाधारण जनताको भलाइका लागि गरेको योगदान र त्यसका कारण उसले कमाएको जनविश्वासले नै पत्रकारितालाई राज्यको चौथो अङ्गका हैसियतमा उकालेको हो । कुनै दिन पत्रकारिताप्रति जनविश्वास गुम्यो भने त्यो भन्दा ठूलो हानी पत्रकारिताका लागि केही हुने छैन । त्यसैले विश्वसनीयता आर्जन गर्ने प्रयत्न सदैव हुनै पर्छ । मिडियाले आर्जन गरेको विश्वसनीयताले मिडिया उद्योग स्वयं त लाभान्वित हुन्छ नै साथमा महिलामाथि हुने िहंसा न्यूनीकरण आदि अभियानमा मिडियाले आफ्नो प्रभावमार्फत् गहकिलो योगदान गर्न सक्छ ।

– मिडिया-अन्तर्वस्तुको सम्प्रेषण-गुण कम भएकाले महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि अपेक्षित मिडिया-प्रभाव हासिल नभएको मान्ने हो भने मिडियाको अन्तर्वस्तुको सम्प्रेषणीयता (‘पठनीयता’) आदि मा गुणात्मक फड्को लगाउनु नै अपेक्षित मिडिया-प्रभाव हासिल गर्ने उपाय हो भन्नु पर्ने हुन्छ । यसका लागि पनि मिडिया अनुसन्धान नै प्रारम्भिक कदम हो । संक्षेपमा महिलामाथि हुने िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने अभिप्रायले प्रकाशित/प्रसारित सामग्री उच्च सम्प्रेषण-गुणयुक्त बनाउनु अपेक्षित मिडिया-प्रभाव हासिल गर्ने दिशामा महत्वपूर्ण अग्रसरता हो ।

वास्तवमा ‘मिडिया-प्रभाव’ नै मत-वैभिन्न्यको विषय-वस्तु भएकाले यसको सुनिश्चितताका लागि सुझाइने कुनै पनि उपायहरुमा मतैक्य हुन सक्दैन । तसर्थ, अपेक्षित मिडिया-प्रभावका पूर्वाधारका रुपमा माथि चर्चा गरिएका कुराहरु नै सर्वोपरि र सम्पूर्ण हुन् भन्न सकिँदैन । नेपालका परिप्रेक्ष्यमा गरिने अनेकौँ अनुसन्धानहरुपछि मात्र यसबारे सुनिश्चित रुपमा सामान्यीकृत निष्कर्षमा पुग्न सकिन्छ ।

५. मिडिया-प्रभाव अनुसन्धानको नयाँ दिशा

गर्गसंहिताको एक प्रसङ्गमा बडो घतलाग्ने कुरा छ । उक्त प्रसङ्गमा दुर्योधनको भनाइ छ -म ‘धर्म’लाई जान्दछु, तर त्यसमा मेरो प्रवृत्ति हुँदैन र ‘अधर्म’लाई पनि जान्दछु, तर त्यसबाट मेरो निवृत्ति हुँदैन । संस्कृतमा : “जानामि धर्मं न च मे प्रवृत्तिर्जानाम्यधर्मं न च मे निवृत्तिः ॥” (गर्गसंहिता, अश्वमेध. ५०।३६) । कस्तो विडम्बना ! गरिरहेको कार्य गलत हो भन्ने थाहा छ तर त्यसलाई त्याग्दैन । महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि साचारमाध्यमको भूमिका खोज्नेहरुका लागि यसको तात्पर्य निकै उपयोगी छ ।
मिडियाले लोकतन्त्रको प्रबद्र्धन वा विकास वा महिलामाथि हुने िहंसा न्यूनीकरणमा कसरी योगदान पुर्याउन सक्छ भन्ने सवालमा प्रायःले बनिबनाउ जवाफ दिन्छन् – जनतालाई सुसूचित गरेर । यस्तो जवाफको अन्तर्यमा के धारणा निहित हुन्छ भने सूचना-सम्पन्नताले ज्ञान वा चेतना ल्याउँछ र त्यसले सारा समस्या समाधान हुन जान्छ । तर व्यवहारतः यस्तो धारणा यथार्थपरक ठहरिँदैन । केही अपवादलाई छाडिदिने हो भने महिलामाथि अमानुषिक िहंसा गर्ने अपराधीहरुले अज्ञानको कारणले अपराध गरेका हुँदैनन् प्रत्युत आफ्नो कृत्य जघन्य अपराध हो र हरेक दृष्टिकोणबाट घृणित छ भन्न जान्दाजान्दै पनि अपराधमा प्रवृत्त हुन्छन् । कुनै चीज गलत हो भन्ने जान्दाजान्दैपनि यसरी त्यसलाई त्याग्न नसक्नु विवेकको/ज्ञानको अनादर हो । विवेकको/ज्ञानको अनादरमा प्रवृत्त व्यक्तिहरुलाई सूचनाको सम्पन्नताले पनि कुकर्मबाट विमुख गराउन सक्दैन ।

माथिको चर्चाका आधारमा विश्लेषण गर्न सकिन्छ कि संचारमाध्यमले महिलामाथि हुने िहंसाका घटनालाई आफ्ना अन्तर्वस्तु बनाउनु, त्यस्ता िहंसाका विरुद्धमा जनमत निर्माण गर्ने उद्देश्य राखिएका सामग्री प्रकाशित/प्रसारित गर्नु एवं महिलामाथि हुने िहंसाका विरुद्धमा संचालित अभियानहरुको माध्यम बन्नु मात्रले समाजमा त्यस्ता िहंसालाई रोक्ने वा न्यूनीकरण गर्ने अभीष्ट-प्राप्तिमा मद्दत पुग्दैन । महिलामाथि हुने िहंसाले मिडियामा स्थान वा समय पाउँदा उपर्युक्त मिडिया-अन्तर्वस्तुका पाठक/स्रोता/दर्शकसम्म सूचनाको सम्प्रेषण सफलतापूर्वक भएमा उनीहरुको सूचना-सम्पन्नता अवश्य बढ्छ तर त्यसले उनीहरुका आचार र विचारलाई िहंसाबाट निवृत्त बनाउने सुनिश्चितता हुँदैन । महिलामाथि हुने िहंसाजस्ता अमानुषिक कार्यबाट निवृत्ति त विवेकको/ज्ञानको आदरको फलस्वरुप मात्र सम्भव हुन्छ ।
तसर्थ यदि महिलामाथि हुने िहंसा न्यूनीकरणमा संचारमाध्यमको सार्थक भूमिका खोज्ने हो एवं अपेक्षित मिडिया-प्रभाव हासिल गर्ने हो भने हाम्रा प्रयत्नहरुका दायरालाई विस्तार गर्नै पर्छ । मिडियालाई सूचनाका सम्वाहकका रुपमा मात्र नभई विवेकको/ज्ञानको आदर गर्न सिकाउने उपकरणका रुपमा सदुपयोग गर्न नसकेसम्म तिनले महिलामाथि हुने िहंसा न्यूनीकरण गर्ने अभियानमा तात्विक योगदान गर्ने सम्भावना अत्यन्त न्यून देखिन्छ । विवेकको/ज्ञानको आदर गर्न सिकाउने उपकरणका रुपमा मिडियालाई कसरी सदुपयोग गर्न सकिएला भन्ने सवालमा स्पष्टताका लागिचाहिँ पुनः अनुसन्धानकै शरणागत नभई सुखै छैन । अर्थात् यसले मिडिया अनुसन्धानको नयाँ दिशालाई औँल्याउँछ ।

सन्दर्भ सामग्री
अधिकारी, निर्मलमणि । वि.सं. २०६६ । आमसाचार र पत्रकारिता : साचार मिडिया र पत्रकारिताको समष्टि अध्ययन (पाँचौँ संस्करण) । काठमाडौं : प्रशान्ति प्रकाशन ।
अधिकारी, निर्मलमणि । वि.सं. २०६८ । दैनिक पत्रिकाका सम्पादकीयको पठनीयता । मिडिया अध्ययन, ६, ११३-१२९ ।
Adhikary, Nirmala Mani. 2008. Communication, Media and Journalism: An Integrated Study. Kathmandu: Prashanti Prakashan.
Adhikary, Nirmala Mani. 2010. Readability of Nepali Broadsheet Dailies Published from Kathmandu. A Readability Research Submitted to the University Grants Commission, Sanothimi, Bhaktapur.
Adhikary, Nirmala Mani. 2011. Readability of Editorials in Nepali Broadsheet Dailies. A Report of the Research Conducted Under the Chautari Media Fellowship 2010 Submitted to the Martin Chautari, Kathmandu.
Baran, S. J., and Davis, D. K. (2006). Mass Communication Theory: Foundations, Ferment and Future (4th ed.). Thomson Wadsworth (Indian reprint).
Williams, K. (2003). Understanding Media Theory. London: Arnold.
Wimmer, R. D., and Dominick, J. R. (2011). Mass Media Research: An Introduction (9th ed). Belmont: Wadsworth.

Advertisements

One Response to “महिलामाथि हुने िहंसा न्यूनीकरणका लागि संचारमाध्यमको भूमिका : मिडिया-प्रभाव अनुसन्धानको दृष्टिबिन्दुबाट”

  1. Achyut Aryal Says:

    Great job it is and a good reference….

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: