जीवन : अन्तर्दृष्टि (खण्डकाव्य) । कवि – ‘आयोदधौम्य’ निर्मलमणि अधिकारी । प्रकाशक – तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण – वि.सं. २०६७

कृति – जीवन : अन्तर्दृष्टि । विधा – खण्डकाव्य । कवि – ‘आयोदधौम्य’ निर्मलमणि अधिकारी । प्रकाशक – तरङ्ग साहित्यिक अभियान । प्रथम संस्करण – वि.सं. २०६७ (सन् २०१०) ।

‘जीवन-सत्य’लाई बुझ्ने प्रयत्नरुपी यात्रालाई नै यस खण्डकाव्यको विषय-वस्तु बनाइएको छ ।

रुनु, हाँस्नु, रुनु-हाँस्नु, हाँस्नु-रुनु आदिलाई जीवन-भोगाइका अनेक आयामका प्रतीकका रुपमा यस खण्डकाव्यमा प्रयोग गरिएको छ । यी अवधारणाका मद्दतले जीवनका विविध पक्षहरुलाई प्रतिनिधित्व गराइएको छ । सक्कली जीवन अर्थात् ‘जीवन-सत्य’ भनेको ‘आत्मसाक्षात्कार’ नै हो भन्ने निष्कर्षमा यो कृतिको समापन हुन्छ ।
व्यक्ति एक्लै जन्मिन्छ; तर तत्क्षण सामाजिक सम्बन्धका साजालको एक अंशका रुपमा परिणत हुन्छ । माता-पितासँगको सम्बन्धको तन्तुबाट जोडिएर सारा ब्रह्माण्डसँग साइनो जोड्छ व्यक्तिले । प्रतिक्षण सामाजिकीकरणको साँचोले उसलाई यो वा त्यो रुपमा ढाल्न परीक्षण गरिरहेको हुन्छ । भौतिक मानसिक आध्यात्मिक सबै आयाममा समाज-निर्देशित मापदण्डमा बाह्य र आभ्यन्तरिक यात्रालाई गतिमान गराउने क्रममा रहने उक्त व्यक्ति समाजमा निहीत विविधता र तिनका फरक दाबी दिग्दर्शन अभिप्रेरणा आदिले रनभुल्ल हुने सम्भावना अत्यधिक रहन्छ । यही फेरोमा आफ्नो जीवनको ‘सत्य’ गन्जागोल भएको अवस्थामा पनि सहजै जीवन बाँच्न सक्नेहरु पनि अवश्यै छन् यो संसारमा; तर कतिपयलाई चित्त बुझ्दैन र जीवनको अर्थ खोज्ने यात्रा प्रवाहमान हुन्छ । बाढीसँगै बगेको सिन्को वा हूरीसँगै बतासिएको पत्करझैँ जीवन बाँच्ने नियतिमै अल्झेका हुन्छन् कतिपय; तर जीवनको अर्थ खोज्ने यात्रामा अघि बढ्नेहरु आफ्नो मानक आफैँ निर्धरण गर्न चाहन्छन् ।
प्रस्तुत खण्डकाव्यको मूल पात्र कोही एक मानव व्यक्ति को जीवनयात्रा साधारण मानिसको जीवनयात्रा होइन; यो त ‘जीवन-सत्य’को खोजीको प्रतिबिम्बन हो । अन्ततोगत्वा व्यक्तिले आफ्नो जीवनलाई आफैँले बुझ्ने विधि निरुपण गर्छ । ‘साक्षात्कार’को तहमा साधन र साध्य, ध्यान र ध्येय, विधि र विधाता, नाम र नामीबीच एकत्व हुने विश्वदृष्टिकोण/जीवनदर्शनमा विश्वास गर्ने भएकाले त्यसपछि खण्डकाव्यमा केही थप्नु पर्ने आवश्यकता नदेखिएको हो । यसरी यस कृतिमा मानवजीवनको आरम्भदेखि उठान गरेर जीवनयात्रालाई एक समुचित निष्कर्षसम्म पुर्याइएको छ ।

…..

Back-cover of the book contains the following:
प्रस्तुत कृतिका सर्जक हुन् – ‘आयोदधौम्य’ निर्मलमणि अधिकारी । नेपालको तनहुँ जिल्ला छाङ्ग गा.वि.स.-४ पिपलटारमा वि.सं. २०३३ मा जन्मेका निर्मलमणि अधिकारी ‘आयोदधौम्य’ को नवौँ प्रकाशित खण्डकाव्य हो यो । यसअघि टोकाहा, वीराङ्गना शूरप्रभा, क्षात्रमूर्ति जना, भूकम्पका खण्डहरहरु, असन्तोषी पानाहरु, आकाश यसरी खुल्छ, नियमित कथा यही संसारको र लक्ष्यवेध शीर्षकमा उनका खण्डकाव्यहरु प्रकाशित भइसकेका छन् । समष्टिमा साहित्य, संस्कृति, दर्शन, संचार, पत्रकारिता आदि विधामा गरी उनका करिब ३० वटा पुस्तक-कृतिहरु प्रकाशित भइसकेका छन् । साथै अधिकारीद्वारा लिखित दर्जनौँ शोधलेख एवम् सयौँ विश्लेषणात्मक लेखहरु पनि प्रकाशित छन् ।
अधिकारी तरङ्ग साहित्यिक अभियान (वि.सं. २०५२) का संस्थापक एवम् अध्यक्ष, नेपाली भाषा-संस्कृति परिषद् (वि.सं. २०५४) का संस्थापक महासचिव र युग निर्माण अभियान (वि.सं. २०५८) का संस्थापक अध्यक्ष हुन् । उनी मिडिया एजुकेटस्र एसोसिएसन अफ् नेपाल (वि.सं. २०६४) का पनि अध्यक्ष हुन् । यिनका अतिरिक्त स्थानीय, राष्ट्रिय, क्षेत्रीय तथा वैश्विक तहका अनेक संस्थाहरुमा पनि उनको संलग्नता रहेको छ ।
वि.सं. २०६३ देखि उनी काठमाण्डौ विश्वविद्यालय, भाषा तथा आमसाचार विभागमा प्राध्यापन गर्छन् । त्यसअघि उनी मदन भण्डारी मेमोरियल कलेज काठमाडौँमा पत्रकारिता तथा आमसंचार विभागका प्रमुख थिए । विगतमा उनले तनहुँस्थित माध्यमिक विद्यालयहरु र काठमाण्डौँस्थित उच्चमाध्यमिक विद्यालयहरुमा अध्यापन पनि गरेका थिए ।
निर्मलमणि अधिकारीले अनेक सम्मान पुरस्कार तथा फेलोसिप पाएका छन् । उनलाई नेपाल जेसिज राष्ट्रिय समितिले सन् २००८ मा वर्ष व्यक्ति घोषणा गरी स्वर्णपदकसहित सम्मान गरेको थियो भने सन् २००३ मा संयुक्त राज्य अमेरिकास्थित फोरम् फर् इन्टरफेथ् सोलिडारिटीले धार्मिक विषयवस्तुमा लेख्ने विश्वकै प्रभावशाली लेखकका रुपमा सम्मान गरेको थियो । उनले राष्ट्रिय वातावरण कविता प्रतियोगितामा प्रथम पुरस्कार (वि.सं. २०४९) एवम् राष्ट्रिय निबन्ध प्रतियोगितामा स्वर्णपदक (वि.सं. २०५३) र प्रथम पुरस्कार (वि.सं. २०५४) पनि जितेका थिए । अधिकारीलाई देश/विदेशका विभिन्न संस्थाले हिन्दू भ्वाइस फेलोसिप (सन् २०१०-२०१२), चौतारी मिडिया फेलोसिप (सन् २०१०), स्वामी विवेकानन्द पारितोषिक (सन् २००९), उत्कृष्ट युवा पुरस्कार (सन् २००९), शुक्ला गण्डकी सम्मान (वि.सं. २०६०), हरफ साहित्यिक सम्मान (वि.सं. २०६१) आदि प्रदान गरेका छन् ।
Also read: http://maharshidhaumya.blogspot.com/2010/12/blog-post.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: