नारीहरुको गरिमा र वैदिक हिन्दू संस्कृति

चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ ।

अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव, तिरस्कार, उपेक्षा, हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।

नेपाली संस्कृति तथा यसको आमा-संस्कृतिको रुपमा रहेको वैदिक हिन्दू संस्कृतिमा नारीहरुको स्थान गरिमामय थियो । ‘सत्ययुग’मा महिलाको जुन स्थान थियो त्यो तत्पश्चात् कहिल्यै रहेको छैन । धर्म संस्कृति तथा परम्पराले नारीहरुलाई महिमामण्डित गरेको भएतापनि कालान्तरमा त्यो वैदिक परम्परा माथि अतिक्रमण हुँदा नारीहरुलाई दोस्रा दर्जाका झैं गर्ने, छोरी जन्मँदा नरमाइलो मान्ने जस्तो कुप्रवृत्ति फैलिएको हो ।

सामन्ती राज्यसत्ताका क्रममा त्यो वैदिक हिन्दू संस्कृति खण्डित हुनगयो । शासकहरु स्वयम् नै स्वेच्छाचारी-भोगी-विलासी बनेको बेलादेखि क्रमशः जनस्तरसम्म नै त्यो विकृति बढ्दै गयो र अल्लिपछि आफ्नो अनैतिक कार्यलाई धार्मिकताको जामा पहिर् याउँदै जाने प्रचलन बढ्यो । अनि त एउटै पुरुषले दुई-तीनवटादेखि लिएर जतिसक्यो धेरैवटी स्वास्नी भित्र्याउन थाले र ूमर्दका दशवटीू भन्नेजस्ता उखान पनि चले । सामाजिकरुपमा महिलाहरुलाई संकुचित घेराबन्दीमा रहनुपर्ने भयो भने आर्थिक पराधिनता पनि चर्कोसँग बढ्यो । आफ्नै सन्तान मध्येमापनि छोरालाई काखा र छोरीलाई पाखा गर्ने अन्यायी एवम् अमानवीय कुसंस्कार हाम्रो समाज वैदिक परम्पराबाट पतन भएपछिकै विकृति हो । यसको चरम विकृत स्वरुप मौलाउँदै जाँदा नारीको पवित्र जन्मलाई समेत धिक्कार्ने र “छोरीको जन्म हारेको कर्म” भन्नेजस्ता उखानहरु जन्मे । तर यी विकृतिहरु हुन् र यस्ता विकृति त्याग्न कत्ति पनि हिच्किचाउनु हुँदैन ।

शक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।

धर्मशास्त्रमा नारीलाई देवी भन्ने तर व्यवहारमा चाहिँ बम्बै-कलकत्ताका कोठीहरुमा वर्षेनी हजारौं चेलीहरु बेचिने; ूयत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताू भन्ने तर व्यवहारमाचाहिँ नारीको भागमा अपमान र तिरस्कार पर्ने; ून गृहंगृहमित्याहुगृ्रहिणी गृह मुच्यतेू अर्थात् घर त्यसै घर हुँदैन जहाँ गृहिणी रहन्छिन् त्यही घर भनिन्छ भन्ने तर व्यवहारमाचाहिँ उनै नारीलाई जतिबेला सनक चले पनि लोग्नेले घरबाट बिनाकुनै कसूर पनि घरबाट गलहत्याउने; यी सबै देखिएका-जानिएका-भोगिएका यथार्थहरु हुन् । यो वैदिक संस्कृति एवम् परम्परा अनुरुपको व्यवहार पटक्कै होइन । यो त वैदिक हिन्दू धर्म संस्कृति परम्परा पालन नभएको अवस्थाको पतन हो ।

यस्तो किन भइरहेको छ ? एक त हाम्रो समाजमा स्वयम् पुरुषहरु नै धेरै कुराहरुमा आफै पनि पिडित छन्; त्यसो हुँदा महिलाहरुलाई पनि त्यसको नकारात्मक असर परिरहेको छ । यस्ता समस्याहरु सल्ट्याउन सम्पूर्ण समाजको नै उन्नति प्रगति उत्थान हुनु जरुरी छ र यसका निमित्त नारी-पुरुष मिलेर सहकार्य नगरी हुँदैन । दोस्रो चाहिँ अहिले तत्कालै सल्ट्याउन सकिने खालका समस्याहरु पनि देशको सामाजिक तथा राजनीतिक नेतृत्वको अक्षमताका कारण ज्यूँकात्यूँ रहेका छन् र इच्छाशक्ति हुनासाथ समाधान पनि सहज छ ।

हिन्दू संस्कृति त त्यो हो जहाँ मान्यता छ कि “यत्रैतास्तुं न पूज्यन्ते सर्वास्तत्राफलाः कि्रया” अर्थात्- जहाँ नारीहरु पुजिँदैनन् तिन्को अनादर हुन्छ त्यहाँ समस्त कि्रयाहरु व्यर्थ हुन्छन् ; जहाँ यस्तो विश्वास हुन्छ कि छोरी जन्मनु “देवी” जन्मनु हो; र जहाँ छोरीले आफ्नो जन्मलाई धिक्कार्नु पर्दैन आमाले रुनुपर्दैन; दिदी-बहिनी बुहारी पत्नी देउरानी-जेठानी सासू नन्द-आमाजूफूपु भाउजु आदि कसैले पनि नारीको जन्मलाई हारेको कर्म ठान्नु नपरोस् ।

अहिले हाम्रो समाजमा नारीप्रतिको भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदि सनातन हिन्दू धर्म-संस्कृति-परम्पराको कारणले होइन; प्रत्युत सनातन हिन्दू धर्म-संस्कृति-परम्परा अवलम्बन गर्न नसकेकोहुँदा आएको विकृति हो । वैदिक हिन्दू संस्कृति शुद्ध स्वरुपमा हुँदा नारीहरुको गरिमा गर्वयोग्य हुन्छ, अस्मिता उँचो हुन्छ ।

यदि हाम्रो समाजमा नारी र पुरुषको हक-अधिकार समान पार्ने उस्तै गरिमापूर्ण स्थान बनाउने हो भने त्यसका निमित्त सही उपाय भनेको हाम्रो धर्म-संस्कृति-परम्परा अनुरुपको विधान नै हो । ऋषिमुनिहरुले यति राम्ररी विधान गरेर गएका छन् कि त्यो पालना गर्नासाथ महिलामाथि हुने गरेका भेदभाव तिरस्कार उपेक्षा हेलत्वभाव तथा दमन उत्पीडन आदिको गुाजायस नै रहँदैन । अर्थात् सनातन धर्म-संस्कृति-परम्पराको शुद्ध अविकृत स्वरुपको आत्मसातता स्वतः नारीहरुको सम्मानपूर्ण स्थितिको ‘ग्यारेण्टी’ हो । यसमा नारीको सामाजिक सुरक्षा छ व्यक्तिगत तथा सामूहिक सुखको प्राप्ति छ र महिमा गरिमा अस्मिताका कसीमा पनि अनुपम एवं उच्च स्थान छ ।

हाम्रो संस्कृतिमा जस्तो ममता आदर सम्मान प्रेम तथा सुरक्षाको विधान अन्यत्र कतै उपलब्ध छैन नारीलाई । तर यदि कुनै नियम पालन गर्न सकिएन भनेचाहिँ त्यो नियम हुनु र नहुनुको कुनै अर्थ रहँदैन । तसर्थ यहाँ आवश्यकता नयाँ नियम कानुन विधान बनाउनुको होइन कि वैदिक संस्कृतिको पूर्ण पालना पो हो आवश्यकता त । चाहे आधुनिकताको नाममा आएको होस् अथवा परम्पराको बहानामा आएको होस्- वास्तविक रुपले नारीलाई अहित गर्ने तत्वलाई अस्वीकार र हित गर्ने तत्वलाई स्वीकार गर्नु पर्दछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: