ब्लग भित्र ब्लग

Retrieved from:
http://www.dautari.org/2009/10/blog-post_17.html

१ ब्लग लेख्ने रहर कसरी जाग्यो ?

सन् २००६ जनवरीदेखि ब्लगिङ् थालेको हुँ । त्यतिखेर म आमसंचार र पत्रकारिता प्राध्यापन गर्थेँ र अनलाइन न्यूजपोर्टलको सम्पादक थिएँ तर पत्रपत्रिकामा नियमित स्तम्भलेखनको काम भने बन्द गरिसकेको थिएँ । ब्लगका विशेषताबारे विद्यार्थीहरुलाई बताउँदा बताउँदै आफूलाई पनि यसले आकर्षित गरेको म सम्झन्छु ।

त्यतिबेला मैले मूलतः तीनवटा उद्देश्यहरु राखेर ब्लगिङ् सुरु गरेको थिएँ । एक विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु राखिदिन साइबरस्पेसलाई प्रयोग गरौँ भन्ने उद्देश्यले । दुई आफ्ना पूर्वप्रकाशित सामग्रीहरुलाई डिजिटल स्वरुपमा संरक्षण गर्न सकिने र नयाँ पाठकहरुसमक्ष पुर्याउनसमेत सकिने भएकाले । तीन केही समसामयिक टिप्पणी लेखियो भने त्यसलाई पनि पोस्ट गर्ने भनेर ।

२ तपाईँको ब्लग पूर्वतिर जाने भनिएको रहेछ पूर्वमा त्यस्तो के छ जो पश्चिममा छैन ?

यहाँ मैले पूर्व भनेर वैदिक हिन्दू विचारधारालाई जनाउन खोजेको हुँ । पूर्वमा धर्म अर्थ काम र मोक्ष यी चारैवटा पुरुषार्थलाई समान महत्व दिइने समष्टिकृत दार्शनिक संश्लेषण छ जुन पश्चिममा छैन ।

३ तपाईँको ब्लग धरातल कसरी फैलिएको छ ?

यतिखेर मेरा पाँचवटा ब्लगहरु साचालनमा छन् । मेरो पहिलो ब्लग http://nirmalamani.blogspot.com/ मा दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री छन् । अर्को एक ब्लग http://maharshidhaumya.blogspot.com/ मा मेरा साहित्यिक रचना समेटिएको छ । तेस्रो ब्लग http://nirmalam.blogsome.com/ मा नेपालमा जातीय भाषिक साम्प्रदायिक सवालबारे मेरा लेखहरु राखिएका छन् । चौथो ब्लग http://sadharanikarantheory.blogspot.com/ मा साचारसम्बन्धी मेरा मौलिक अनुसन्धानमूलक सामग्री राखिएका छन् । यसमा संख्यात्मक रुपमा सबै भन्दा थोरैवटा पोस्टहरु प्रकाशित छन् । पाँचौँ ब्लग https://adhikary.wordpress.com/ लाई मैले माथि उल्लेखित चारैवटा ब्लगहरुको समष्टिकृत साइटका रुपमा विकास गर्न खोजिरहेको छु ।

४ तपाईँको ब्लगको स्वरुप कसरी निर्धारण गर्नु भएको छ ?

यस प्रश्नको उत्तर माथि पनि केही मात्रामा आइसकेको छ । थप भन्नु पर्दा मेरो पहिलो ब्लग ज्योतिर्गमय- A Movement toward East मा धेरै समयसम्म विद्यार्थीहरुका लागि पाठ्यसामग्री तथा गृहकार्यहरु पूर्वप्रकाशित सामग्री तथा समसामयिक लेखोट यी सबैखाले सामग्री राखिन्थ्यो । पछि अन्य पोस्टहरु डिलिट् गरेर दार्शनिक धार्मिक सांस्कृति एवं सामाजिक सन्दर्भमा लेखिएका सामग्री मात्र राखिएको छ ।

५ धर्म अध्ययन अध्यापन लेखनमा के समानता असमानता भेट्नु भयो ?

मेरो दृष्टिबिन्दुबाट हेर्दा यी सबै मेरा कर्म हुन् त्यसैले उस्तै हुन् ।

६ धर्मलाई अफिम किन भनिएको होला ?

यो भनाइ अन्यत्रको सन्दर्भमा भनिएको हो भारतवर्षको सन्दर्भमा होइन । कार्ल माक्स्रले समाजको अध्ययन गर्ने क्रममा खासगरी पश्चिमा मुलुकमा धर्मका नाममा कतिपय अन्धविश्वासी कामहरु भएका र कट्टरता रहेका परिप्रेक्ष्यमा त्यसो भनेका थिए । भारतवर्षमा खासगरी वैदिक परम्परामा धर्म भन्नाले जीवनपद्धति बुझिन्छ ।

७ भगवानको अवतार साँच्चै हो कि यो रावणले रामलाई भनेजस्तो जादूगरी हो ?

दुवै कुरा हुन् । कतिपय अवतार साँच्चै हुन् भने कतिपयले जादूगरी वा अन्य शक्तिको आडमा अवतार भएको दाबी गरेर भ्रम फैलाउन सफलता पाएका पनि छन् ।

८ थुप्रै पुस्तक लेख्नुभएको छ सबैभन्दा सफल पुस्तक कुनलाई मान्नु हुन्छ ?

बजारको मापदण्डअनुसार भन्ने हो भने आमसाचार र पत्रकारिता नै सबैभन्दा सफल पुस्तक हो । यो पुस्तकको पहिलो संस्करण वि.सं. २०६० मा प्रकाशित भएको थियो र भर्खरै पाँचौँ संस्करण प्रकाशित भएको छ । पुनर्मुद्रणलाईसमेत हिसाब गर्दा यो धेरै नै बिक्री भएको पुस्तक हो । चर्चाका हिसाबले भन्ने हो भने आस्थाको शान्ति-युद्ध वि.सं. २०५७ ले राष्ट्रियसाथै अन्तर्राष्ट्रिय चर्चा पायो ।

९ पत्रिकामा लेख्दा र ब्लगमा लेख्दा कस्तो फरक अनुभव गर्नु हुन्छ ?

लेख्दाको अनुभूति उस्तै हो । सार्वजनिक भइसकेपछिको अवस्थामा पत्रिकाका सन्दर्भमा धेरै पाठकले पढेको पाइन्छ तर ती देशभित्रका मात्र हुन्छन् । ब्लगका सन्दर्भमा पाठक संख्या कम हुन्छ तर ती पाठकहरु संसारका विभिन्न ठाउँका हुन्छन् ।

१० विश्वको शक्तिशाली राष्ट्र अमेरिका अझै पनि In God We Trust भन्ने भनाइमा अडिग छ नेपालजस्तो अविकसित देश भने धर्मबाट टाढिँदै छ । यो गरिबी हो कि अज्ञानता ?

नेपालमा गरिबी अज्ञानता र हीनताभाष जस्ता आन्तरिक कारण र वैश्विक स्तरमा रचिएको व्यूहचक्र ग्राण्डडिजाइन का कारण धर्मद्रोही विचार र व्यवहारले मौलाउन पाएका हुन् । जसले आफ्नो धरातल मजबुतसँग टेक्छ उही शक्तिशाली हुन्छ । ढिलोचाँडो सबैले आफ्नो जरो नजगाई धरै छैन ।

११ नयाँ धर्मावलम्बीहरुको संख्या बढ्दै गइरहेको छ तर हिन्दूको संख्या जसका तस छ । यस्तो किन भएको ?

संख्या बढाउनुलाई नयाँ धर्मावलम्बीहरुले विशेष प्राथमिकतामा राख्ने गर्छन् । यसका लागि बाह्य सहयोग पनि जुटिरहेको हुन्छ । मूलबासीहरुले पत्तो नपाइन्जेल यस्तै हुन्छ ।

१२ धर्म र नैतिकतामा के फरक छ ?

धर्म बृहद् प्रणाली हो जसले समष्टि जीवनपद्धति बुझाउँछ । नैतिकता त्यसको अनिवार्य अंग हो । नैतिकताबिना धार्मिकता हुँदैन ।

१३ नेपालमा तन्त्रको बोक्रोमाथि बोक्रो थपिँदै जाँदा धर्म किन भने क्षीण हुँदै गइरहेको होला ?

धर्म त किन क्षीण हुन्थ्यो र त्यो तत्व त अक्षण्ण छ । मानिसहरु त्यसबाट टाढिने र त्यसको फलस्वरुप अधर्म अनैतिकता अशान्ति बढ्ने चाहिँ हुन्छ ।

१४ अन्य ब्लग कत्तिको सयर गर्नु हुन्छ कस्तो अनुभव छ तपाईँको ती ब्लगप्रति ?

गर्छु । कतिपय त नियमितजसो नै हेरिन्छ । तिनको सामान्यीकृत टिप्पणी गर्न सकिन्न । कतिपय आफ्ना उद्देश्यमा प्रष्ट छन् कतिपयले रहरै रहरमा गरिरहेका छन् ।

१५ तपाईँले दौँतरीलाई के सुझाव दिनु हुन्छ ?

मैले बेला बेलामा हेरिरहने साइटमध्ये यो पनि पर्छ । धेरै किसिमका पठनीय सामग्रीहरु समेटिएका छन् । यसलाई कायम राख्दै थप विविधता ल्याउन सकोस् ।

१६ तपाईँलाई भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन् कि ?

ब्लगको उपयोगिताअनुसारको प्रतिफल हामीले लिन सकिसकेको स्थिति होइन अहिले । त्यसैले यसको दोहनलाई मात्रात्मक र गुणात्मक दुवै आयाममा वृद्धि गर्न थप गहकिला प्रयत्नहरु गरौँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: