निर्मलमणि अधिकारी (आयोदधौम्य) को उपन्यास अन्तिम बादशाह

अन्तिम बादशाह
(चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास)
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार – भदौ ३१ गते सोमवार

“आमा !”
हुसुआन तुङ्ग माचुवंशीय राजकुमार आफ्नी आमालाई बोलाइरहेछन् । विचरा उमेर नै के छ र ! भर्खर तोते बोली फुटेको छ । आमा काखमा लिन्छिन् र पुचकार्छिन् । यही मातृ ममत्व कति शक्तिशाली छ भने तुङ्ग मग्न हुँदै निदाउँछन् । महारानी ति स्याङ्ग छोरालाई झोलुङ्गोमा राख्छिन् । निदाएको तुङ्गको अनुहारमा हेर्छिन् उनको मातृत्व भावविभोर हुन्छ । उनी च्वाक्क म्वाइँ खान्छिन् तुङ्गको निधारमा ।

“ए फेङ् ! हुसुलाई हल्लाइदे त । भर्खर निदाएको छ निद्रा बिग्रेला नि फेरि । ल ल आइज ।”
महारानी ति स्याङ्गले नोकर्नी फेङ्लाई अह्राइन् । उनी त्यहाँबाट महराज भएतर्फ गइन् । महाराजले अघि नै हो नि त बोलाएका । तर उनी आफ्नो प्यारो पुत्रकहाँ बस्दैमा ठिक्क भयो ।
“महारानी ! तिमी मेरो आज्ञा पनि अटेर गर्न लाग्यौ होइन हैन च्याङचिङकहाँ जानु पर् यो कि कसो ?”
महारानीलाई छासे महाराजले । उनलाई नमिठो लाग्यो । महाराज त यस्तै छन् जहिले पनि बेखुशी भएपछि च्याङचिङकै जिकीर गर्दछन् । “हुन पनि कति हिसी परेकी छ मोरी ! हुने भए तेजाब छरेर विकृत पारिदिन हुन्थ्यो !” हीनताबोध भयो महारानीलाई । करैले भनिन् उनले क्षमा महाराज !
ति स्याङ्गलाई महाराजको व्यक्तित्व खल्लो लाग्छ । यही महाचीनमा कैयौँ शासकले शासन गरे । यहीँका बादशाहले आफ्नो ध्वजा संसारभर फिँजाए । तर यी महाराज ! खै के महाराज ! खालि महलमा बसेर ति स्याङ्ग र च्याङचिङबीच प्रतिस्पर्धा गराउँदै जुँगामा ताउ लगाउँछन् । लड्न केही जान्या होइन । माचुवंशको त्यो पताका कति ठुन्किइसक्यो । यस्तै हो भने माचुवंशै खतम हुन के बेर !
यी महाराज कति कायर हुन् त ! आफ्नो गुमेको माचुरिया फिर्ता लिनु त कता कता अब अन्य भूभाग पनि स्वतन्त्र हुन थाले । छ्या !
ति स्याङ्गलाई नजानिँदो क्षोभ लाग्यो ।

हँ ! के भनिस् रे फेङ् ?
महारानी ति स्याङ्ग झसङ्ग भइन् । यो कुरा संभव होला र हिजो दुवै कति रमाइलो रमाइलो कुरापछि छुट्टिएका बिहानै मृत्यु हुन सक्छ र साँच्चै होला र
ठट्टा त गरिनस् ?
हकारिन् ति स्याङ्गले । नोकर्नी फेङ् नङले भूइँ कोतार्न थाली । उसका आँखाबाट बररर आँसु खसिरहेको थियो । उसलाई पनि निकै चोट पर् यो । आफ्ना लिली पारेका गोडामा शरीरको भार थाम्दै फेङ्ले भनी ूउता सवारी होस् रे ।
ति स्याङ्गलाई बल्ल यकीन भयो । हिजो कति हँसमुख थिए भने महाराज ! सधैँ रिसाइरहने उनको अनुहार कति उज्ज्वल थियो भने हिजो ! ूहे काल कति निष्ठुरी छस् । भन्दे मलाई त्यति सानो हुसुआन तुङ्गको अभिभावकत्व किन छिनिस् तैँले
ति स्याङ्ग उठ्न सकिनन् । उनलाई अँध्यारो लाग्न थाल्यो संसार । आखिर जे जस्तो भए पनि महाराज एउटा आधार त थिए । तर आज महाराज नभएपछि उनीमाथि जे जस्तो आपत्ति पनि त पर्न सक्थ्यो । हुसुआन त्यो गद्दीमा बस्न पाउने हो कि होइन ! तर उनलाई बूढा मन्त्री हो साङ्गको पूर्ण विश्वास थियो । उसले नूनको ढिको बिस्रने छैन र वफादार अवश्य रहनेछ ।

“माचुवंशीय महाराजको आत्माले शान्ति पाओस”
महारानी ति स्याङ्ग प्रसन्न भइन् । जनता महाराजका शोकमा विह्वल छन् । उनीहरुको मनमा पनि माचुवंशप्रति अटाइ नअटाइ श्रद्धा रहेछ । तर … … तर किन यति थोरै छ यिनीहरुको सङ्ख्या ! आफ्ना महाराजको मृत्युमा दुःख प्रकट गर्ने यत्ति न यिनीहरु पनि करकापले पो आएका हुन् कि ।
ति स्याङ्गको मुटु ढुकढुकाउन लाग्यो । ूकतै जनता हामीसँग रुष्ट त छैनन् । बिचरो नाबालक हुसुआनमाथि विपत आइलाग्ने त होइन कतै अरुलाई जितेर हामी यहाँ प्रतिस्थापित भएझैँ अरु कोही पो निस्केछ कि ! हे ईश्वर मेरो हुसुलाई केही नहोस् । सानो उमेर भएपछि पिरलो यही छ त नि । यदि ऊ ठूलो हुँदो हो त म पिरिनु नै किन पथ्र्यो र !

“पिरिनु पर्दैन । भइसकेको कुरा पिरिएर वा रोई-कराई गरेर फिर्ता हुन्छ र ? अब चुपो लागिबक्स्योस् र राजपाठ सम्हालिबक्स्योस् ।”
हुसुआनले यी कुरा के बुझ्यो होला र । नबुझेर पनि बुझ्नै पर्ने बाध्यतालाई उसले आत्मसात् गरिसकेको छ । जे होस् आफन्त भनाउँदाहरुको खलबलमा उसले यत्ति बुझ्यो कि उसका बाबु र आमा दरबारमा छैनन् । हुसु ति स्याङ्गको प्यारो हुसु एक्लै छोडिएको छ यस विशाल संसारमा ।
उसलाई रिस उठ्छ अब आमाले दूध चुसाउने छैनन् । उसलाई प्यारो गरेर बोलाउने कोही रहेको छैन । उसलाई थाहा छैन उसका पिताश्री गह्रुङ्गो श्रीपेच आफ्नो छोरालाई दिएर कहाँ बसिरहेछन् । ऊ कथित आफन्तका मुखबाट बाबु-आमा नजिकै रहेको सुन्न चाहन्छ । ऊ आफूले चाहेजस्तो नहुँदा खिन्न हुन्छ । सबै बाबु-आमा नभएको कुरा गर्छन् यहीँ छ कोही भन्दैनन् । आखिर किन होला त अबोध हुसुआन आफैमा जेलिन्छ ।
उसलाई त्यो झ्याङ्लो पोसाक कत्ति मन पर्दैन । त्यही पोसाक राजकीय रे नलगाई हुँदैन रे । त्यो गद्दी जहाँ आमा-बा बस्थे ऊ त्यहीँ बस्नु पर्छ । किन होला उसले गह्रौँ झल्लरे श्रीपेच लगाउनु पर्ने ! ऊभित्र मनोद्वेगका छालहरु उर्लिरहेका छन् ।

अँ हँ उसलाई यी सब प्रश्नका जवाफ दिने फुस्रदमा कोही छैनन् । ऊ महाराज रे । उसले भावनामा बहकिनु हुन्न रे । राज खान्दानको व्यक्ति भावशून्य हुनु पर्ने कस्तो विडम्बना !
हुसुआनलाई दैव भन्ने कुरा अचम्म लाग्यो । परिस्थितिले ऊ दैवलाई चिन्न सक्ने भएको छ । नत्र त उमेरै के छ र बरा ! बोलेको पनि राम्ररी बुझिँदैन । उसलाई पक्कै अभागी मान्नु पर्छ । चार वर्ष नपुग्दै आफ्नी आमा-बाबुविहीन भएर रहनु पर् यो ।

त्यही देशमा, कुनै एक गाउँमा : माओत्से तुङ्ग – यही त राखियो छ त्यस बालकको नाम । तर वास्तवमा ऊ जन्मनु र नजन्मनुमा उसको बाबु झियाङ्ग र आमा तेई खुशी छैनन् । उनीहरु सोच्छन् कि यो बालक व्यर्थै जन्मियो । आखिर यसले गर्ला के नै र ! हलो त जोत्ला । हलो जोत्न त अरु पनि त छन् । यो व्यर्थको सकस हो । बरु नजन्मेकै भए ! हाम्रा साना राजाको नाम पनि तुङ्ग नै हो । एउटा तुङ्ग राजा अरे अर्को तुङ्ग हलो जोत्ने ! दुवैले हलो जोत्ने भए वा दुवै शासक हुन पाए !
आज झियाङ्गको मनमा किन यस्ता तरङ्ग खेल्छन् हँ उसले यसभन्दाअघि यस्तो कहिल्यै सोचेन । तर आज अचानक त्सेको जन्ममा ऊ सब कुरा किन सम्झन्छ ! कि साँच्चै यो बालक … … । यस्तो भए त मजा हुँदो हो ।
एक किसानको हलीको छोरोले देश चलाएमा पक्कै पनि भावना बुझेर काम गर्छ । उसलाई हलीको दुःख थाहा हुन्छ र मजदुरको हातका फोरा उसले चुमेको हुन्छ । अनि यस धर्तीको आह्वान उसले आत्मसात् गरेको हुन्छ । तर एउटा परम्परागत राजा ऊ त कहिल्यै पनि हलीको दुःखसँग परिचित हुन्न । ऊ त जन्मैदेखिको शोषक र शासक हुन्छ । उसको कर्तव्य यति हो कि ऊ जनतालाई दबाएर राज गरोस् । खै यिनीहरुले राज्य विस्तार गर्न सकेका खै हाम्रो झण्डा फरफराएका यस संसारमा खै हाम्रो आत्मसम्मान

“डा। सेन ! के क्रान्ति गर्नु अहिले उचित छ र ?”
सन यात् सेन गम्भीर भए । उनलाई आफ्ना साथीहरुप्रति दया लाग्यो । अझ पनि यी क्रान्ति गर्ने समय नआएको बताउँछन् । के यिनीहरु कायर छन् कि यिनीहरुले राम्रोसँग कुरै बुझेका छैनन् !
सन यात् सेन गम्भीर रुपले मग्न हुँदै गए । उनलाई जताततै कोलाहल भएझैँ लाग्यो । उनको देश महाचीन रुँदै कराउँदै छटपटाएको देखे । महाचीन हात दिएर सन यात् सेनलाई हेर्दै रोइरहेछ । जनता नचिनिएका परजीवीको टोकाइबाट त्रस्त छन् । उनीहरु कराइरहेछन् । तर पनि परजीवीहरु रगत चुसिरहेकै छन् । उनीहरु चाहेर पनि भाग्न सक्दैनन् । आखिर किन डा। सेनको आँखाबाट आँसु आयो । उनको आँसुमा मातृभूमिप्रतिको भक्ति प्रष्टिइरहेको थियो । उनी चाँडैभन्दा चाँडै महाचीनलाई दाम्लाबाट निकाल्न चाहन्थे ।
उनको मनले भन्यो “क्रान्ति गर्नै पर्छ ।”
……………….. (क्रमशः)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: