संचार जीवनपद्धति

संचार (कम्युनिकेसन) को भूमिका तथा महत्वलाई हामी विभिन्न आयामबाट चर्चा गर्न सक्छौं ।

साझेदारीको समग्र प्रकि्रयाको रुपमा संचारको भूमिका तथा महत्व हेर्ने हो भने संचार मानव समाजको सबै आर्थिक-सामाजिक राजनीतिक तथा सांस्कृतिक गतिविधिको जगमा निहीत देखिन्छ । संचार ती सबै कुराहरुको केन्द्र हो जसबाट मानिसले सामाजिक यथार्थको सिर्जना र व्यवस्थापन गर्दछ ।
सामाजिक यथार्थले व्यक्ति स्वयम् समुदाय संस्थापन संस्कृति सबैलाई समेट्छ । साचारको माध्यमबाट हामी आफ्नो बारेमा अवधारणा निर्माण गर्छौं- हामी को हौं ; हामी समुदायभित्र सम्बन्धहरु बनाउँछौं र चलनहरु सिर्जन्छौं । हामी संचार गर्छौं र सामुदायिक सम्बन्धको निर्माण-पुनर्निर्माणहेतु कार्य गर्छौं । मानवका सामाजिक सम्बन्धहरु संचारका कारणले नै अस्तित्वमान् र व्यवस्थित हुन्छन् । यदि साचार प्रकि्रयाबाट आपसी साझापनको भावना महसुस गर्न नसकेको भए मान्छे सामाजिक प्राणी बन्न सक्ने नै थिएन । मानव समाजको जग नै साचारमा अडेको छ ।
मानव कि्रयाकलापको रुपमा साचार कति सर्वव्यापी छ भने यसको अनुपस्थितिमा जीवित मानवको कल्पना गर्न सकिँदैन । साचार मानिसहरुका दैनिक गतिविधिमा अभिन्न रहेको छ । आफूले कति धेरै साचार गरिरहेछु भन्नेमा प्रायः सचेत नरहे तापनि मानिस हरपल साचारमा संलग्न हुन्छ ।
मान्छेलाई आफू एक्लै भएर पुग्दैन; ऊ सामाजिक प्राणी भएकाले अन्य व्यक्तिसँग सम्पर्क सम्बन्ध कायम राख्न चाहन्छ । आफ्नो गाउँ-घरमात्र होइन; त्यसभन्दा पर देश-विदेश तथा अन्तरीक्षका कुरा समेत जान्ने जिज्ञासा मान्छेमा रहेको हुन्छ । त्यसैले आदिम कालदेखि नै मानव कुनै न कुनै रुपको साचारमा अभ्यस्त हुँदै आएको छ । मान्छे यति धेरै जिज्ञासु नभएको भए अनि ऊसँग साचार कार्यको क्षमता नभएको भए मानव समाजमा सभ्यताको विकास यो हदसम्म हुन सक्ने थिएन । अरु प्राणीभन्दा मानव उत्कृष्ट हुन सकेको साचारको कारणलेनै हो भन्ने नृशास्त्रीहरुको भनाइ रहेको छ ।
ज्ञानको एक विधाको रुपमा साचारको भूमिका तथा महत्व यसैबाट पनि बुझ्न सकिन्छ कि ज्ञानको अरु कुनै विधा यो जत्तिको विस्तृत छैन । साचार मानव समाजको सबै आर्थिक-सामाजिक राजनीतिक तथा सांस्कृतिक गतिविधिको जगमा निहीत भएकाले साचारको यथेष्ट ज्ञानबिना ती क्षेत्रको पूर्ण ज्ञान सम्भव छैन । साचारशास्त्रको अध्ययनले साचार प्रकि्रयाका साथै अन्ततोगत्वा मानवसमाजबारे नै समष्टि ज्ञानको अभिवृद्धि गराउने हो ।
साचार जहिले पनि मानव जीवनको अभिन्न कि्रयाकलाप भए तापनि साचार प्रकि्रया सम्पन्न गर्नका लागि प्रयुक्त माध्यमहरुभने समयक्रममा परिवर्तित र विकसित हुँदै आएका छन् । आज हामीसँग जे जस्ता साचारका साधनहरु रहेका छन् ती हाम्रा पुर्खाका लागि उपलब्ध थिएनन् । त्यसैले साचार मानव जीवनको अभिन्न अङ्ग हुँदाहुँदै पनि आजजस्तो बहुआयामिक बन्न सकेको थिएन ।
एक ठाउँको खबर अर्को ठाउँमा पुर् याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचीन कालमा कुनै व्यक्तिविशेषलाई जिम्मा दिइने ुकटुवालप्रथाु रहेको थियो । साथै मानिसहरुको ध्यानाकर्षण गर्नकालागि ढोल नगरा दमाहा झ्याली बजाउने प्रचलन रहेको थियो । परेवा तथा घोडालाई तालिम दिई एक ठाउँको खबर अर्को ठाउँमा पुर् याउने कार्यमा तिनीहरुको उपयोग समेत गरिन्थ्यो । हाम्रो देशमा पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणको बेलामा गन्धर्व गाइने हरुको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रभावकारी तवरले प्रवाह गरेका थिए । सूचना लेखी सार्वजनिक स्थलमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो । यी सबै साचारका परम्परागत वा पुराना तरिकाहरु हुन् ।
आधुनिक मानव समाजमा नयाँ नयाँ प्रविधिसँगै साचारका साधनहरुपनि विकसित हुँदै गए । आज हामीसँग साचारका लागि पत्रपत्रिका रेडियो टेलिभिजन जस्ता साधन रहेका छन् । साथै टेलिफोन फ्याक्स इमेल इन्टरनेट आदि सुविधा पनि उपलब्ध भइसकेका छन् । भू-उपग्रह कम्प्युटर अप्टिकल फाइबर आदिले गर्दा साचार सुविधा पहिलेभन्दा अझ बढी छिटो-छरितो र सहजसमेत बनेको छ । वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ । सात समुद्र पारिका देशमा भएका घटनाको विवरण तत्कालै ९अर्थात् ीष्खभ० घरमै बसी-बसी हेर्न सकिने भएको छ । पहिलेको तुलनामा एक देश वा समाजका मानिसले अर्को देश वा समाजका मानिसकाबारेमा बढी भरपर्दो जानकारी प्राप्त गर्न सक्ने अवसर पनि यी साचारमाध्यमको विकासले प्रदान गरेको छ । यसरी आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले विश्वबन्धुत्वको भावनामा समेत वृद्धि भई विश्वग्राम ९न्यिदबि ख्ष्ििबनभ० को अवधारणालाई बल पुगेको छ ।
साचार क्षेत्रमा भएका नयाँ नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ । साचार साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ । आजभन्दा केही वर्षअघि र अहिलेको मात्र तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग दृष्टिगोचर हुन्छ । खबर पाउन र आपसी कुराकानीका लागि मात्र होइन कि फुस्रदको बेलामा मनोराजन गर्नका लागि समेत साचारमाध्यमहरु सहायक भएका छन् । कतिपय देशमा त साचार माध्यम मार्फत् नै बृहद् स्तरमा शिक्षा दिने कार्य समेत सुरु भइसकेको छ ।
साचार माध्यमको व्यावसायिक पक्षले पनि आधुनिक मानव समाजमा ठूलो महत्व पाएको छ । साचारमाध्यमको प्रयोग गरी सूचनाको वितरण गर्ने कार्य अहिले एक ठूलो उद्योग बनिसकेको छ । यसबाट संसारमा लाखौं मानिसले रोजगारी पाएका छन् । साचारको क्षेत्रमा विकसित देश हरेक क्षेत्रमा अग्रणी भइरहेका छन् ।
आधुनिक मानव समाजमा संचार सबै सामाजिक आर्थिक सांस्कृतिक गतिविधिको केन्द्र बनेको देखिन्छ । वास्तवमा संचार नै यस्तो क्षेत्र रहेको छ जहाँ असीमित अवसर प्राप्त छन् । अहिलेको युगमा सूचना नै वास्तविक सम्पत्ति हो र सूचनासम्पन्नताका लागि संचारलाई जीवनपद्धति नबनाई सुखै छैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: