नेपालमा मिडियाको वर्तमान अवस्था

(निर्मलमणि अधिकारीद्वारा लिखित पुस्तक आमसंचार र पत्रकारिता पाँचौँ संस्करणबाट लिइएका सामग्रीबाट यो लेख तयार भएको हो । विसं २०६० मा पहिलो संस्करण प्रकाशित भएको आमसंचार र पत्रकारिता पुस्तकको पाँचौँ संस्करण चाँडै नै बजारमा आउँदै छ जसमा ६ वटा खण्डहरु र २४ वटा एकाइहरु छन् ।)

जनआन्दोलन २०६२र०६३ सफल भई नयाँ राजनीतिक परिस्थिति बनेपछिको समयलाई यहाँ नेपालको मिडियाको वर्तमानकाल मानिएको छ । जसरी समष्टिमा नेपाल संक्रमणकालीन अवस्थामा छ नेपालको मिडियाको अवस्था पनि उही छ ।

प्रेस काउ_िन्सल नेपालको वार्षिक प्रतिवेदन २०६५ का अनुसार नेपालमा ५ सय ५३ वटा समाचारमूलक पत्रपत्रिका अखबार हरु नियमित रुपमा प्रकाशित हुन्छन् । तर दर्ता गरिएका अखबारको संख्या भने यो भन्दा धेरै छ । आर्थिक वर्ष २०६४ र ०६५ को अन्त्यसम्ममा नेपालमा जम्मा २ हजार ६ सय १ वटा अखबारहरु दर्ता भएका छन् । यीमध्ये दैनिक ३ सय ८६ वटा अर्धसाप्ताहिक २३ वटा साप्ताहिक १ हजार ८ सय ७१ वटा र पाक्षिक ३ सय २१ वटा छन् । तर दर्ता गरिएका सबै पत्रपत्रिकाहरु प्रकाशित भने हुँदैनन् । अर्को शब्दमा भन्नुपर्दा पत्रपत्रिका दर्ता गरेर राख्ने तर प्रकाशनचाहिँ नगर्ने प्रवृत्ति देखिन्छ । वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०६४ र ०६५ को अवधिमा नेपालमा ७ सय ५८ वटा मात्र समाचारमूलक पत्रपत्रिकाहरु प्रकाशित भएका थिए । यीमध्ये दैनिक १ सय ३२ वटा अर्धसाप्ताहिक ५ वटा साप्ताहिक ५ सय ८३ वटा र पाक्षिक ३८ वटा रहेका छन् । यसरी कूल दर्ता संख्याको २९।१४ प्रतिशत मात्र प्रकाशित भएका छन् । प्रकाशितमध्ये पनि सबै नियमित छैनन् ।

वि।सं। २०६६ असार मसान्तसम्मको तथ्यांकअनुसार नेपालमा २६ वटा टिभी च्यानलले प्रसारण अनुमति लिएका छन् । २०६५ साउनको दोस्रो हप्तासम्ममा नेपालमा २ सय ९० वटा एफएम रेडियोले सरकारबाट इजाजतपत्र लिइसकेका थिए । ए।एम। प्रविधिको सर्टवेभ तथा मिडियम वेभ प्रसारणमा भने गैरसरकारी क्षेत्रलाई स्वीकृति दिइएको छैन र यसमा सरकारी प्रसारण संस्था रेडियो नेपालको एकाधिकार छ । रेडियो नेपाल देशको सबै भन्दा बढी भूभाग र जनसंख्यामा सुनिने राष्ट्रिय प्रसारण माध्यमका रुपमा रहेको छ । यसलाई सरकारी नियन्त्रणमा नराखी सार्वजनिक प्रसारण संस्था बनाउनु पर्ने माग उठेको छ ।

नेपाल अधिराज्यको संविधान २०४७ ले ल्याएको युगान्तकारी परिवर्तनका कारण नेपालमा स्वतन्त्र रेडियो प्रसारण सुरु भएको थियो र जनआन्दोलन २०६२र०६३ अघि नै नेपालमा ५५ वटा एफ।एम। रेडियोहरु दर्ता भएका थिए । जनआन्दोलन २०६२र०६३ को सफलतापछि त्यसको गति अझै द्रुत भयो र लोकतान्त्रिक कालको छोटो अवधिमा २ सय ६ वटा एफ।एम। रेडियो दर्ता भएका छन् । दर्ता गरिएकामध्ये करिब २ सय एफ।एम। रेडियोहरु साचालनमा आइसकेका छन् । ऐन र नियमावलीमा एफ।एम। रेडियोलाई व्यावसायिक वा सामुदायिक भनेर नछुट्याएको भए तापनि देशका कम्तीमा पचास प्रतिशत एफ।एम। रेडियोले आफूलाई सामुदायिक एफ।एम। भनेर दाबी गरेका छन् ।

एफ।एम। प्रसारणको क्षेत्रमा अझैसम्म पनि नीतिगत तथा कानुनी अन्योल कायमै छ । जो कोहीले पनि फाइदा हुने अवस्था देख्नासाथ आफूलाई सामुदायिक रेडियो भनेर दाबी गर्ने तर सामुदायिक भएका कारण कुनै दायित्व भने सृजित नहुने अवस्था छ ।

रेडियो सामुदायिक हो वा होइन भन्नेबित्तिकै प्रमुख कुरा स्वामित्व वा लगानी कसको छ भन्ने कुरा आउँछ । हामीकहाँ साचालित एफएम रेडियोको स्वामित्वको प्रकृति हेर्ने हो भने ६ किसिमले लगानी रहेको पाइन्छ । तिनमा व्यक्ति वा व्यापारिक प्रतिष्ठान गैरसरकारी संस्था सहकारी संस्था स्थानीय निकाय रेडियो नेपाल र शैक्षिक प्रतिष्ठान पर्दछन् । …॥ हालसम्म इजाजत पाएका २७२ एफएम रेडियोमध्ये आधाजसोले आफूलाई सामुदायिक रेडियोका रुपमा चिनाएका छन् । र प्रसारणमा आइसकेका एफएम रेडियोहरुमध्ये पनि आधाभन्दा बढी सामुदायिक रेडियो भनिएकाहरु नै छन् । हुमागाईं र वन्त वि।सं। २०६५ वैशाख असार पृ। ३४ ३५

सामुदायिक भनिएकामध्ये कतिपय साँच्चै नै सामुदायिक रेडियोको मापदण्डमा पर्ने छन् तर थुप्रैका लागि सामुदायिक भन्ने विशेषण ट्याग ठगी खाने भाँडो बनेको छ । सामुदायिक रेडियोको नाममा विदेशी दाता खोजेर खान पल्केकाहरुको बलियो संयन्त्र नै कि्रयाशील छ ।
एफएम रेडियो प्रसारणका क्षेत्रमा विभिन्न किसिमका सहयोगका लागि दाताको चासो दिनानुदिन बढेको छ । यस क्षेत्रमा रेडियो स्थापना गर्नेदेखि जनशक्तिको विकास प्राविधिक क्षमताको विस्तार समसामयिक विकासे मुद्दामा कार्यक्रम उत्पादनलगायतका काममा विदेशी दातृसमुदायको सहयोग उल्लेखनीय रहेको छ । नेपालमा एफएम रेडियोको स्थापनाकालदेखि नै प्राप्त यस्ता सहयोगले एक दशकसम्म निरन्तरता पाएको मात्र होइन यो क्रम वर्षैपिच्छे बढ्दो छ । हुमागाईं भट्ट र महर्जन वि।सं। २०६५ पृ। १३ १४

विदेशीले बिनास्वार्थ लगानी गरेका हुन् भन्ठान्नु मुर्खतासिवाय केही होइन । उनीहरु कुनै निहित उद्देश्यपूर्तिका लागि नै ठूलो लगानी गरिरहेका छन् । यसबाट प्रष्ट हुन्छ कि एफ।एम। रेडियोको संख्यामा आएको बढोत्तरीको सकारात्मक पाटो मात्र छैन ।
नेपालमा एफ।एम। रेडियो प्रसारणका क्षेत्रमा विभिन्न नाममा नेटवर्क बनाउने प्रवृत्ति पनि बढेको छ । हुमागाईं भट्ट र महर्जन वि।सं। २०६५ का शब्दमा
केहीले अहिले नेपालमा भइरहेको रेडियोमा नेटवर्किंगको अभ्यासको आलोचनात्मक विश्लेषण गरेका छन् । अहिलेको अभ्यासले स्थानीय रेडियोको पहिचानलाई नै संकटमा पारेको परम्परागत केन्द्रिकृत सामन्ती राज्य प्रणालीकै अवधारणालाई बल पुर्याएको र केन्द्रबाट मोफसलतर्फ सूचनाको एकतर्फी प्रवाहलाई नै जोड दिएको भन्ने तिनको तर्क छ । यी विश्लेषकहरुका विचारमा नेटवर्किंगको अहिलेको अभ्यासले स्थानीय रेडियोलाई परजीवी बनाएको छ अनि स्थानीय रेडियोमा काम गर्ने जनशक्तिको सिर्जनशीलतालाई घटाएको छ । यस्तो अभ्यासले स्थानीय रेडियो र समुदायलाई नोक्सान पुर्याएको निष्कर्ष उनीहरुले निकालेका छन् । पृ। ४
रेडियो नेटवर्कका पक्षमा बहस गर्नेहरु पनि छन् र एकादुई सकारात्मक पक्ष होलान् पनि । तर स्थानीय रेडियोहरु काठमाडौंका रेडियो अथवा कार्यक्रम उत्पादन गृहहरुको क्यासेट प्लेयर बन्न थालेका भन्ने हुमागाईं वि।सं। २०६५ पृ। ८ पक्षलाई भुल्न मिल्दैन । नेपालमा रेडियो नेटवर्कका नाममा खडा गरिएको सिण्डिकेटले एफ।एम। रेडियो प्रसारणको स्थानीयतालाई घाँटी निमोठ्ने अवस्था प्रष्ट छ ।
अधिकांश एफ।एम। रेडियोमा कि त स्थानीय ठालुहरु कि राजनीतिक पार्टीका नेताहरुको लगानी बढेको तथा यी रेडियोहरु धेरै हदसम्म राजनीतिक प्रपाचका साधन बनेको गौतम वि।सं। २०६५ पृ। ३५ अवस्था पनि छ । यसबारे पराजुली वि।सं। २०६४ भन्छन्
…। तिनको स्वामित्व चाहे सहकारी मोडेलको होस् चाहे गैरसरकारी संस्था मोडेलको या निजी नै किन नहोस् स्थानीय सम्भ्रान्त नै तिनका हर्ताकर्ता छन् । थप विडम्बनाको कुरो त के हो भने स्थानीय राजनीतिक पार्टीमा पदासीन व्यक्ति नै रेडियो स्टेसनका दैनिक काममा लागिरहेको पनि पाइन्छ । अहिलेको जटिल राजनीतिक परिस्थितिमा कुनै पार्टीको मानिस स्टेसनको प्रभावशाली स्थानमा रहँदा रेडियोले सम्प्रेषण गर्ने सन्देश कति वस्तुगत हुन सक्ला सहजै अनुमान गर्न सकिन्छ । पृ। ११
रेडियो प्रसारणको पहुँच देशका विभिन्न भूभागमा असन्तुलित छ । कतै रेडियो बढी भइसकेको महसुस गर्न थालिएको छ भने कतै रेडियोको पहुँच छैन ।

काठमाडौं उपत्यकाका श्रोतासम्म सबभन्दा धेरै त्यसपछि मध्य र पूर्व तराईका श्रोतासम्म र त्यसपछि पश्चिमका श्रोतासम्म बढी एफएम स्टेसनका तरंग पुग्दछन् । मध्य पश्चिम र सुदूर पश्चिमका श्रोतासम्म थोरै एफएम स्टेसनको पहुँच छ । एफएम रेडियोको पि्रुक्वेन्सी वितरणमा वैज्ञानिक ढंग नअपनाइएकोले ठाउँ ठाउँमा तरंग जुध्ने हुनाले सुन्न सकिने सबै स्टेसन पनि राम्ररी सुन्न नसकिने स्थितिमा पुगेको श्रोताहरुको अनुभव छ । वन्त वि।सं। २०६५ पृ। ६१

रेडियो प्रसारणको विस्तारले सूचनासामग्रीको भाषिक विविधतामा सकारात्मक योगदान पुगेको बताइन्छ । तर विभिन्न भाषामा प्रसारित कार्यक्रममार्फत् भाषा एवं संस्कृतिको विकास गर्नेतर्फ ध्यान पुर्याइको छ भनेर सन्तोष मान्ने स्थिति भने देखिँदैन । बरु जातीय वा साम्प्रदायिक आधारमा खुलेका संस्थाका विखण्डनकारी सन्देश वा विदेशी पैसामा तर मारिरहेका एन।जी।ओ।sा गुणगान बजाएर राष्ट्रिय एकतालाई खलबल्याउनमा रेडियोहरु दुरुपयोग भएका गुनासो बढिरहेका छन् ।

दर्ता भएका टेलिभिजनमध्ये आधाजतिले प्रसारण सुरु गरिसकेका छन् भने केहीचाहिँ साचालनको अन्तिम तयारीमा रहेका छन् । प्रसारण भइरहेका अधिकांश टेलिभिजन च्यानलले स्याटेलाइट प्रसारण प्रविधि प्रयोग गरेका छन् । खर्चिलो प्रविधि भएकाले होला रेडियो प्रसारणको तुलनामा टी।भी। प्रसारण संस्थाको संख्या न्यून रहेको छ । भएका टीभी च्यानलहरुको एक मात्र उद्देश्य पैसा कमाउनु रहेको र त्यसका लागि उनीहरु हदै गैरजिम्मेवार हुन पनि नहिच्किचाउने गरेको जनगुनासो छ । उनीहरु सहरमुखी रहेकाले तिनको सामग्री सोहीअनुरुप रहेको बताइन्छ ः
नेपाली टेलिभिजन अहिले पनि गाउँमुखी छैनन् । अपवादबाहेक यी टेलिभिजनले सहरी दर्शकलाई सहरी परिवेश नै देखाइरहेका छन् । सहरमा पनि अझ काठमाडौं केन्द्रित छन् भन्न सकिन्छ । प्रायः कार्यक्रम र तिनका अन्तर्वस्तु पनि सहरमुखी छन् । पराजुली वि।सं। २०६५ पृ। १५

रेडियोका सवालमा तिनले भाषिक विविधतालाई अंगीकार गरेको पक्षलाई सकारात्मक मानिएको थियो भने टेलिभिजनलेचाहिँ राष्ट्रिय भाषाहरुलाई उचित स्थान दिन नसकेको बताइन्छ पृ। १६ । नेपालमा टीभीको अवस्थाबारे चर्चा गर्दा स्थानीय स्तरका सेवाहरुलाई पनि उल्लेख गर्न सकिन्छ ः
… स्थानीय स्तरमा विभिन्न सहरी क्षेत्रमा केबुल टेलिभिजन नेटवर्कमार्फत् टेलिभिजन साचालन हुने गरेको पाइन्छ । तिनले प्रसारणको इजाजतपत्र भने लिएका छैनन् । तानसेनको रत्न केबुल टेलिभिजन र सिन्धुपाल्चोकको जुगल सामुदायिक टेलिभिजन यस्ता प्रयासका पुराना उदाहरण हुन् । अचेल प्रायः सहरमा केबुलमार्फत् टेलिभिजन कार्यक्रम साचालन गर्ने चलन बढेको पाइन्छ । जस्तै पोखरामा गोल्डेन टिभी र गण्डकी टेलिभिजन नामका नेपाली च्यानलले कार्यक्रम उत्पादन र प्रसारण गरिरहेका छन् । यिनले गीत संगीतका अतिरिक्त समाचार टक सो विभिन्न स्थानीय कार्यक्रमको रेकर्ड आदि प्रसारण गरेको पाइन्छ । स्थानीय स्तरमा उत्पादित सामग्रीलाई भिडियो डेकबाट केबुल नेटवर्ककै कुनै च्यानलमार्फत प्रसारण गर्ने हुनाले यो प्रविधि जटिल छैन । साथै स्थानीय कार्यक्रम प्रसारण गर्ने हुनाले यी लोकपि्रय पनि छन् । पराजुली वि।सं। २०६५ पृ। ८

प्रसारण माध्यमप्रतिको आकर्षण बढ्दै गए पनि तिनको समुचित व्यवस्थापनमा भने सम्बन्धित पक्षको पर्याप्त ध्यान जान नसकेको उक्त प्रतिवेदनमा बताइएको छ । प्रसारण माध्यमको वर्गीकरण हुन नसक्नु अनुमति दिइनुपूर्व संभाव्यताको ठोस अध्ययन नगरिनु प्रसारित सामग्रीको अभिलेख नराखिनु अनुगमनको संयन्त्र नहुनु आदि यस्ता दृष्टान्तहरु हुन् ।

नेपालमा वि।सं। २०६५ सालमा १ सय २५ वटा फिचर फिल्म बने । नेपालमा हालसम्म जम्मा १ हजार ३ सय ४८ वटा कथानक चलचित्र बनेका भए तापनि तीमध्ये करिब ८ सयवटा मात्र सेलुल्वाइड फिल्म हुन् । अरुचाहिँ भिडियो प्रविधिका चलचित्र हुन् ।
अजीत वि।सं। २०६४ का अनुसार
२०४६ सालको परिवर्तनपछि नेपालको मिडियाले ठूलै फड्को मार्यो तर चलचित्र क्षेत्र यसबाट अछुतै रह्यो । त्यो ऐतिहासिक राजनीतिक परिवर्तनले पनि नेपाली चलचित्रको कन्टेन्ट र कन्टेक्स्टमा कुनै फरक ल्याएन । …। राज्यको दृष्टि चलचित्रमा पुग्दै पुगेन । परिवर्तित व्यवस्था र समयअनुकूल चलचित्रमा पनि परिवर्तन ल्याउन राज्यले वााछनीय हस्तक्षेप गर्नु पर्छ भन्ने कहिले सोच्दै सोचिएन । चलचित्र निर्माण गर्ने क्रम बढ्दै त गयो तर यसले चलचित्रको गुणस्तरमा खासै फरक ल्याएन । उही ढर्रा र शैलीले निरन्तरता पाइरह्यो । पृ। ७०

एक अर्को अध्ययनमा नेपाली चलचित्रको वर्तमान अवस्थाबारे अजीत वि।सं। २०६६ भन्छन्
अहिले नेपाली सिनेमाका मुख्य र नियमित दर्शक भनेका निम्न तथा निम्न मध्यम वर्गका पहाडी ग्रामीण व्यक्ति तथा सहरी मजदुर हुन् । यिनको संख्या उल्लेखनीय छ । नेपाली सिनेमाले यस वर्ग तथा समूहलाई आकर्षित गर्न यिनकै समस्या तथा चासोको सेरोफेरोमा कथावस्तु लिएको हुन्छ । यिनकै भावना इच्छा र आकांक्षालाई प्रतिबिम्बित गर्दै दर्शकलाई कुनै न कुनै रुपमा प्रभावितसमेत गरिरहेको छ । अन्य सिनेमाको दाँजोमा नेपाली सिनेमाको व्यवसाय र बजार सानो छ । तर चाखलाग्दो कुरा यसको पनि आफ्नै नियमित र स्थापित बजार छ । त्यहाँ यसले व्यापार गर्दै आफ्नो यात्रा जारी राखेकै छ । विभिन्न आरोह अवरोह तथा साधन स्रोतको सीमाका बाबजुद थोरबहुत चलचित्र बनिरहेकै छन् । पृ। १५०

नेपाली सिनेमामा प्रारम्भदेखि नै बम्बई बलिउड बाट निर्मित हिन्दी रुढिबद्ध सिनेमाको स्पष्ट छाप देखिने र त्यसपछि बनेका सिनेमाले पनि यथास्थितिवादी सोचलाई पछ्याउँदै आएको बताइएको छ । ूगरिखाने मजदुर श्रमिक तथा निम्न वर्गको समस्या चाहना भावना तथा विश्वासलाई अन्तर्वस्तु बनाउने गरेका भए तापनि यिनले सधैँभरि शासक वर्ग तथा वर्चस्ववादी समूहको सांस्कृतिक राजनीतिक अभीष्टलाई सहयोग पुर्याएका छन्ू पृ। १५९ भनिन्छ ।

नेपाली चलचित्रक्षेत्रको समस्या केलाउने क्रममा उनी लेख्छन्
नेपालमा राम्रा कुशल र दक्ष फिल्ममेकरको अभाव स्पष्ट देखिन्छ । तत्कालीन राज्य व्यवस्थालाई चुनौती दिँदै चलचित्र बनाउने आँट पनि कसैले पनि गरेन । राजनीतिबाहेक सामाजिक पक्षलाई समेत कसैले वस्तुगत र वास्तविक रुपमा उठाउन खोजेको देखिँदैन ।

…… नेपाली फिल्ममेकरहरु आफ्नो योग्यता दक्षता र सीपमाथि प्रश्न उठेको सुन्न पनि चाहँदैनन् । बरु जस्तोसुकै चलचित्र बनाउन सक्ने क्षमता सीप र कला आफूमा रहेको दाबी गर्छन् । तर विडम्बना नै भन्नुपर्ला अपवादबाहेक अझैसम्म त्यसको प्रमाण देखिएको छैन । वि।सं। २०६४ पृ। ७० ७१

उनको निष्कर्ष यस्तो देखिन्छ ः
नेपाली चलचित्रको मुख्य कमजोरी नै विविध शैली र विभिन्न विधाका चलचित्र बन्न नसक्नु हो । विविधता दिन नसक्नु यसको असफलता हो । तथाकथित ऊँच नीच जात वा धनी गरीबबीचको मायाप्रीति र द्वन्द्वको सेरोफेरोमै अल्झेको छ नेपाली चलचित्रको कथावस्तु ।
नेपालीभाषी निम्न मध्यम वर्ग र पहाडी जनसंख्या केन्द्रित ठाउँहरुमा भन्दा बाहिर पनि नेपाली चलचित्रको माग सिर्जना गर्न बढाउन नेपाली फिल्ममेकरहरुको आफ्नो सोचाइ परिवर्तन गरी नयाँ दिशा र गति लिन जरुरी छ । अहिलेको पुरातन र यथास्थितिवादी मानसिकता त्यागेर जबसम्म स्वतन्त्र व्यक्तिको रुपमा आफ्नो विचार दर्शन र ज्ञानको आधारमा चलचित्र बनाइँदैन नेपाली चलचित्रले राम्रो दिन देख्न पाउने छैन । वि।सं। २०६४ पृ। ७२

नेपाली फिल्म उद्योग उच्च जोखिमको स्थितिमा रहेको छ ः यहाँ करिब आठ प्रतिशत फिचर फिल्मले मात्र व्यावसायिक सफलता हासिल गर्ने गरेको बताइन्छ । नेपालमा माओवादी िहंसा र त्यसविरुद्ध सरकारी प्रतििहंसा चर्केपछि ओरालो लागेको नेपाली चलचित्र उद्योग अझै बौरिन नसकेको अवस्था छ । नेपालमा ३ सय २० वटा सेलुल्वाइड फिल्महल तथा ७० वटा फिल्महल बनेका र तीमध्ये हाल आधाजति बन्द अवस्थामा रहेका एक अध्ययनले देखाएको छ ।
नेपालमा फिल्म उद्योगको पछिल्लो अवस्थाको चर्चा गर्नु पर्दा उल्लेख्य कुरा हो विभिन्न भाषाहरुमा फिल्म बन्ने क्रमको बढोत्तरी । सानो लगानीमा भिडियो फम्र्याट वा डिजिटल प्रविधिबाट बनाइने यस्ता फिल्मले विभिन्न जातीय एवं सांस्कृतिक समुदायका परिप्रेक्ष्यमा कथानक बुन्ने गरेका छन् । यस्ता फिल्मले नेपालको बहुलतालाई उजागर गर्ने र विविधता प्रबद्र्धन गर्ने आशा गरिएको छ ।
वृत्तचित्र डकुमेन्ट्री निर्माण पनि नेपालमा तीव्र गतिमा वृद्धि भइरहेको देखिन्छ । डकुमेन्ट्रीको निर्माण तथा वितरणका क्षेत्रमा व्यावसायिकताको विकाससमेत भएको मानिन्छ । विभिन्न डकुमेन्ट्रीले अन्तर्राष्ट्रिय महोत्सवहरुमा भाग लिई पुरस्कारसमेत जितेका छन् ।

प्रेस काउ_िन्सल नेपालको वार्षिक प्रतिवेदन २०६५ मा समेटिएको प्रसारण माध्यमको अभिलेखीकरण अनुगमन र वर्गीकरणसम्बन्धी अध्ययन प्रतिवेदन २०६५ का अनुसार नेपालमा ३० वटा जति अनलाइन सेवाहरुले ताजा समाचार संप्रेषण गरिराखेका छन् । उक्त प्रतिवेदनमा भनिएको छ ः

अनलाइन सेवा रेडियो टी।भी। तथा छापामाध्यमहरुका लागि एउटा बलियो समाचार स्रोतसमेत हुन पुगेको छ । नेपालबाहिर बस्ने नेपालीहरुले पनि यस्तो सेवा साचालन गरेर साचार प्रविधिको राजमार्गमा सूचना तथा समाचार प्रवाह गर्ने गरेका छन् । इन्टरनेट प्रयोगकर्ताहरुका माझ अनलाइन पत्रकारिता तथा ब्लग लोकपि्रय बन्दै गएको छ । कतिपय मूलप्रवाहका छापा रेडियो टीभी साचारमाध्यमले पनि साथमा अनलाइन सेवा साचालन गरिरहेका छन् ।
नेपालमा प्रत्यक्ष रुपमा इन्टरनेट सेवाको प्रयोग गर्नेहरुको संख्या नेपाल दुराचार प्राधिकरणका अनुसार २०६६ असार मसान्तसम्ममा १ लाख ७५ हजार रहेको छ । त्यस्तै अप्रत्यक्ष रुपमा इन्टरनेट प्रयोग गर्नेको संख्या करिब २० लाख रहेको अनुमान गरिएको छ । प्रत्यक्ष ग्राहक बन्नेमा नेपाल टेलिकमबाट ८३ हजारले सेवा लिएको बताइन्छ ।

नेपालका ५९ जिल्ला सदरमुकाममा इन्टरनेट सुविधा प्रयोग गर्न सकिन्छ । त्यसै कारणले विभिन्न जिल्लाबाट स्थानीय रुपमा अनलाइन न्यूजपोर्टल साचालन गर्ने क्रमसमेत सुरु भइसकेको छ । व्यावसायिक रुपमा न्यूजपोर्टलहरु भन्दा ग्ल्यामर साइटहरुको अवस्था राम्रो रहेको बताइन्छ क्षेत्री सन् २००८ ।

माथि उल्लेखित प्रसारण माध्यमको अभिलेखीकरण अनुगमन र वर्गीकरणसम्बन्धी अध्ययन प्रतिवेदन २०६५ का अनुसार
ड्डअनलाइन सेवा दर्ता गर्ने कुनै कानुन छैन ।
ड्डदर्ता नभएकाले तिनको संख्या यकीन हुन सकिरहेको छैन ।
ड्डपत्रकारिताको सिद्धान्त र आचारसंहिताविपरित गए नगएको अनुगमन गर्न सकिने सहज अवस्था छैन ।
ड्डसरकारी विज्ञापनको उपलब्धता छैन ।
ड्डकहाँ कुन क्षेत्र देश बाट सेवा साचालन भइरहेको छ भन्ने जानकारी पनि स्पष्ट छैन ।
ड्डसमाचार र सूचना प्रवाह गरिरहेका अनलाइनहरुमा सकारात्मक प्रभावका साथै केही विकृति पनि देखिएको छ ।

रेडियो टी।भी। जसरी दर्ता अनिवार्य गर्न नसकिने उपयुक्त नहुने भए पनि अनलाइन साचालकहरुले पत्रकारिताको मान्यताअनुरुप सम्पादकीय जनशक्ति प्रयोग गरी अनलाइन पत्रिका साचालन गर्न चाहेमा उनीहरुले कम्पनी दर्ता गर्ने व्यवस्था मिलाई छापा पत्रिकाको जस्तै मान्यता र सुविधा दिनु पर्ने सुझाव उच्चस्तरीय मिडिया सुझाव आयोगले सरकारलाई दिएको छ ।

केसी वि।सं। २०६५ ले नेपालको मिडियाको अवस्थालाई सुनको जलपसँग तुलना गरेका छन् ।
नेपालका मिडियाको अवस्थालाई सुहाउँदो टिप्पणी हो सुनको जलप ९न्यमि एबितभम० । शतप्रतिशत मिडिया यस्तै छन् भन्ने होइन तर अधिकांश मिडिया यो टिप्पणीकै सेरोफेरोभित्र छन् । फलस्वरुप मिडिया क्षेत्रको बाहिरी आवरण र भित्री यथार्थमा आकाश पातालको फरक पाइन्छ ।
स्थानीय क्षेत्रीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विविध विषयमा चियोचर्चो गर्ने र वास्तविक पक्षलाई बाहिर ल्याउने मिडियाको काम हो । यस काममा मिडिया सकि्रय छ भन्दा अत्युक्ति नहोला । तर विडम्बना नै मान्नु पर्छ अरुको कामलाई नियाल्ने अनुगमन गर्ने र खराब प्रवृत्तिलाई विश्लेषण गरी सुझाव दिने अधिकांश मिडिया आफ्नै क्षेत्रको स्थितिबारे भने मौन छन् ।
… अरुको आड।sाे जुम्रा देख्ने र आफ्नो आड।sाे भैंसी पनि नदेख्ने प्रवृत्तिबाट नेपाली मिडिया लगानीकर्ता पत्रकार तथा कर्मचारी मुक्त हुन सकेका छैनन् । पृ। १६६

उनले अगाडि लेखेका छन्
सामुदायिक भनेर खोलिएका मिडियाले व्यापारिक मिडियाको जस्तो भूमिका निर्वाह गर्न खोज्ने सामाजिक उत्तरदायित्वलाई पूर्णरुपमा बेवास्ता गरी सूचनालाई वस्तु ९ऋयुयमष्तथ० सरह बिक्री गर्दै आएका मिडियाले मुलुक र जनताको हितलाई केन्द्रबिन्दु बनाएर पत्रकारिता गरेका छौँ भनेर दाबी गर्ने मिसन पत्रकारिता गर्नेहरुले आर्थिक संकट देखाउने र मिसन पत्रकारिता गरेका छौँ भनेर स्वीकार गर्न नसक्ने व्यावसायिक पत्रकारिता गरेको दाबी गर्नेहरु मिसन पत्रकारिताको भूमिका निर्वाह गर्न खोज्दै निश्चित शक्तिकेन्द्रको पिछलग्गु बन्ने खोजेको पनि देखिन्छ । पृ। १६८

नेपालका साचारकर्मीहरु दम्भीय मान्यताले ग्रसित र आत्मपरीक्षणको आवश्यकता नदेख्ने प्रवृत्तिका रहेको भन्ने आशयका टिप्पणी पनि गरिएको पाइन्छ लाल वि।सं। २०६६ पृ। २३३ । पराजुली वि।सं। २०६४ भन्छन् ूनेपाली मिडियामा केही यस्ता संरचनागत कमजोरी विद्यमान छन् जसले यसको प्रभावकारितालाई खुम्च्याएका छन् र लोकतान्त्रिक बन्ने बाटोमा तगारो तेस्र्याएका छनू पृ। ५ ।
प्रेस स्वतन्त्रता मूलतः आमजनताको स्वतन्त्रता भए तापनि नेपालमा भने यसलाई गलत रुपमा बुझिएको तथा दुरुपयोग गरिएको अवस्था छ । मिडियाका लगानीकर्ता व्यवस्थापक साचालकहरुले आफ्ना मिडियाहाउसमा कार्यरत श्रमिकहरुका अधिकारलाई दबाउनका लागिसमेत प्रेस स्वतन्त्रताको नारा दिने गरेको अवस्था नेपालमा छ श्रमजीवी पत्रकार र मिडिया क्षेत्रका श्रमिकबारे चर्चाका लागि हेर्नू ः बडाल वि।सं। २०६५ । मिडियाकर्मीका कमी कमजोरीलाई ढाक्नका लागि प्रेस स्वतन्त्रताको नाराबाजी गर्ने गरिएको पाइन्छ । मिडिया उद्योग तथा मिडियाकर्मीमा हाबी तीनवटा प्रवृत्तिलाई यसरी पहिचान गरिएको छ गौतम वि।सं। २०६५ पृ। ३८ ः
ड्डसंविधानले सुनिश्चित गरेको प्रकाशनपूर्व समाचार विचारमा प्रतिबन्ध नलगाइने मौलिक हकको व्यापक उपयोग मात्र हैन दुरुपयोगको स्तरसमेत निकृष्ट रह्यो ।
ड्डसूचनाको हकलाई सर्वसाधारणको अधिकारको रुपमा नभएर पत्रकार एवं मिडिया गृहहरुले आफ्नो अधिकारको रुपमा भरपूर उपयोग गरे ।
ड्डमिडियामा विद्यमान कमीकमजोरीबारे संवाद नगरिने परिपाटीलाई संस्थागत गर्दै लगियो ।

लाल वि।सं। २०६६ ले नेपालमा भइरहेको मिडियाको विकासलाई देशको अर्थतन्त्रले धान्न नसक्ने आशंका व्यक्त गरेका छन् । उनले नेपाली साचारक्षेत्रको वृद्धि स्वाभाविक नभएको र यसको स्वास्थ्यस्थितिबारे निश्चिन्त हुन सकिने अवस्था नरहेको टिप्पणी पनि गरेका छन् ः
नेपालको जनसंख्याको अनुपातमा हेर्दा एक दर्जन टेलिभिजन च्यानल २०० को हाराहारीमा एफएम रेडियो तथा १० ओटा भन्दा बढी राष्ट्रिय भनिने दैनिक अखबारहरु संसारको एकचौथाइ सबभन्दा ठूला देशहरुमध्ये गनिने मुलुकको लागि त्यति धेरै होइन । तर अपि्रुका महादेशबाहिरको सबभन्दा गरिब राष्ट्रको अर्थतन्त्रका लागि भने त्यत्रो ठूलो साचार साजाल धान्न कठिन हुँदो रहेछ । झन् पूरै विज्ञापनआधारित आम्दानी प्रारुपमा साचालित साचारलाई अति कम विकसित मुलुकले प्रयोग गर्न खोज्दा सीमित बजारमा टिक्ने संघर्षले जम्मै जसो खेलाडीलाई सबभन्दा घटियामात्र जोगिन्छन् सरभाइभल अफ् द मिनेस्ट भने जस्तो रसातलतिरको दौडमा सामेल हुन बाध्य बनाउँदो रहेछ । यो प्रवृत्ति सबभन्दा टड्कारो रुपमा टेलिभिजन च्यानलहरुबीचको प्रतिस्पर्धामा देख्न सकिन्छ । तर अन्य साचारमाध्यमहरुको अवस्था पनि खासै उत्साहजनक भने छैन ।
…। …॥ नेपाली साचारगृहहरुको स्वामित्व अवस्थालाई सरसर्ती हेर्दा यस क्षेत्रमा हात हालेकाहरु टिक्नलाई नभएर बिक्नलाई प्रयत्नरत् देखिन्छन् । इमानदारीसाथ काम गरेर कमाउने अवस्था नभएपछि तिनले के गर्लान् अड्कल काट्न गाह्रो छ । तर आय स्रोतहरुको नियमन एवं न्यूनतम पारिश्रमिकको वितरण कडाइका साथ लागू हुने हो भने धेरै साचारगृहहरुको अवस्था एकताकाका डट् कम् उद्यमभन्दा बढी टिकाउ ठहरिने छैन । अपेक्षाकृत पारदर्शी पब्लिक लिमिटेड कम्पनीहरु अहिलेसम्म साचारक्षेत्रमा नदेखिनु अकारण होइन ।
…॥ …॥ नेपालको औसत साचारकर्मीको स्तरबाट सन्तुष्टि लिन सकिँदैन । श्रव्यदृश्य होस् वा छापा औसत साचार सामग्रीको गुणस्तर अझै पनि सिकारुभन्दा माथि उक्लिन सकेको देखिँदैन । जटिलताभन्दा सामान्यीकरणलाई प्राथमिकता ठान्ने नेपालका अधिकांश साचारकर्मीहरुमा व्यावसायिक सीपको अभाव एवं बौद्धिक क्षमताको कमी छ भन्ने कुरा स्वीकार गर्न लाज मान्नु पर्दैन । ……॥
आपूर्ति आधिक्यबाट लाभान्वित हुन सक्ने साचार उपभोक्ता भने सबभन्दा मारमा परेका छन् । छापाहरु अधिकांश नेपालीले धान्नै नसक्ने जीवनशैली बेच्छन् वा अफवाहको खेती गर्छन् । एफएम बाढीले साचार सामग्रीमा विविधता थप्न सकेको छैन । नेपालका समाचार टिभी च्यानलहरुको आदर्श भारतीय टिभी च्यानल आजतक बन्न पुगेको छ भने अन्य राष्ट्रिय प्रसारणहरु स्टार टिभीको सस्तो संस्करण बन्न पाएकोमा मख्ख छन् । स्तर बढाउनेतर्फचाहिँ कसैले सोच्न सकेका छैनन् । …॥ …।
आपूर्ति आधिक्यले गर्दा साचारमाध्यमहरुमा विशिष्टताको खोजी पनि सुरु भएको छैन । अधिकांश साचारमाध्यमहरु किराना पसल जस्ता छन् जहाँ अलिअलि सबथोक पाइन्छ तर छनोटको अवसर हुँदैन र गुणस्तरबारे आश्वस्त हुन सकिँदैन । ठूला साचारगृहहरु भने डिपार्टमेन्टल स्टोरजस्ता छन् जहाँ सामान्य उपभोक्ताको पहुँचका सीमाहरु छन् । सुन्निएको होस् वा मोटाएको नेपाली साचार क्षेत्रको वृद्धि स्वाभाविक नभएकाले यस क्षेत्रको स्वास्थ्य स्थितिबारे निश्चिन्त हुन सकिने अवस्था भने छैन । लाल वि।सं। २०६६ पृ। २३५ २३७

नेपालको मिडिया उद्योगमा ठूलो लगानी भइसकेको छ । देशको आर्थिक उन्नतिमा मिडियाले एक उद्योगको हैसियतले कति योगदान गरेको छ भन्ने आँकलन हुन बाँकी नै छ तर सामाजिक सांस्कृतिक राजनीतिक जीवनमा भने मिडियाको प्रभाव स्थापित भइसकेको छ । यस कारणले पनि मिडियाको अवस्थाबारे यथार्थ अध्ययन हुनु जरुरी भइसकेको छ । केबल मिडियाको विकास भएको अतिरिाजत प्रचार मात्रले यसको स्वस्थ विकासको प्रत्याभूति हुँदैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: