जोसमनी सन्तहरू

जोसमनी सम्प्रदायबारे हामी नेपालीहरूलाई जति थाहा हुनुपर्ने हो, त्यति नभइरहेको देखिन्छ । जोसमनी मतको निरन्तरता हाम्रालागि धार्मिक साथसाथै सांस्कृतिक हिसाबलेपनि अत्यन्त आवश्यक छ ।

वैदिक सनातन धर्म एक निरन्तर प्रवाहमान गतिशील धारा हो । यसको परम्परामा अनेक इश्वरीय विभूति, सन्त, महात्मा, ज्ञानी, गुरुहरूको योगदान रहिआएको छ । समयसापेक्ष परिवर्तनसँगै त्यसअनुरुप सामयिक लोकोपकारी सन्देश दिन समय-समयमा महान् व्यक्तित्वहरू अवतरित हुनुभएको छ । त्यस्ता महात्माहरूलाई हाम्रो समाजमा ठूलो आदरपूर्वक स्मरण गरिन्छपनि । यद्यपि, मुखले आदर गरेतापनि, व्यवहारमा उहाँहरूको सन्देशबाट हामीले कति सिक्न सकेका छौं भन्ने सवाल आफ्नो ठाउँमा छँदैछ । बहुधा मान्छे के गर्दछभने महात्माहरूको पूजा त गर्छ, परन्तु उनको अर्ती-उपदेशलाईचाहिं वास्तापास्ता नगरिरहेको हुन्छ । पुस्तकलाई पूजाचाहिं गर्ने, तर पुस्तकबाट ज्ञान हासिल नगर्ने विडम्बनापूर्ण प्रवृत्ति जस्तै ! यो भयो प्रसङ्गवश आएको कुरो- नत्र यस लेखको विषयवस्तु त्यस विडम्बनाको चर्चा गर्नु होइन । यहाँ हामी जोसमनी सन्तहरूबारेमा संक्षिप्त चर्चा गर्न लागिरहेका छौं । जनकलाल शर्माद्वारा लिखित “जोसमनी सन्त परम्परा र साहित्य” शीर्षक पुस्तकनै यसको मूल श्रोत हो ।
वैदिक सनातन धर्मका अनेक धाराहरूमध्ये जोसमनी मतपनि एक हो । जोसमनी सम्प्रदायको विशेषता केभने यो नेपालकै धरतीमा उब्जेर विकसित भएको हो । जोसमनी नामका सन्त यस मतका आद्रिर््रवर्तक भएकाले उनैको नामबाट यसलाई चिनिएको हो भनिन्छ । अरु धेरै सम्प्रदायहरू प्रायः बाह्य मुलुकबाट नेपाल भित्रिएका देखिन्छभने जोसमनी लगायतका केही सम्प्रदायचाहिं नेपालको समाज व्यवस्थाको आवश्यकता अनुरुप यहीँ प्रादर्ूभाव भएको देखिन्छ । त्यसैले जनकलाल शर्माको भनाइ छ( “नेपालको आफ्नो कुरा जोसमनी सन्त-परम्परा हो ।” अनि उहाँ लेख्नुहुन्छ( “तर खेदको कुरा यही छ( जुन सम्प्रदाय नेपालको हो, जुन सम्प्रदायमा कैयौं प्रसिद्ध सन्तहरू भए, त्यस सम्प्रदायको नामको अर्थ अनुमानित छ । संभवतः यसका आद्रिर््रवर्त्तकको नाम ‘जोसमनी’ थियो । यस सम्प्रदायका कैयौं सन्तहरूका रचनामा ‘जोसमनी’ शब्दको उल्लेख आउँछ, तर कहींबाट यसको अर्थ खुल्दैन । यस सम्प्रदायमा आजसम्म परम्परागत संस्मरणमा रहेका प्रथम सन्त हरिश्चन्द्र -प्रथम), अनि क्रमशः हरिभक्त -प्रथम) र हरिश्चन्द्र -द्वितीय) हुन् । यिनीहरूको विषयमा बताउने रचना वा यिनको आफ्नो रचना केही नभएकोले केहीपनि यिनीहरूको विषयमा बताउन सकिन्न । प्राप्त क्रममा चौथा सन्त धिर्जे दिलदास हुन् ।” सन्त धिर्जे दिलदास पृथ्वीनारायण शाहभन्दा पर्ूवकालीन रहेका र यिनका शिष्य हरिभक्त -द्वितीय) चाहिं पृथ्वीनारायणका समकालीन बताइएको छ । यिनकापनि शिष्य सन्त शशिधर -जसको पृथ्वीनारायण शाहसित भएको भेट ऐतिहासिक तथ्यका रुपमा प्रमाणित भइसकेको छ) को जन्म वि.सं. १८०४ तिर भएको उल्लेख छ । साथै, नेपालका श्री ५ महाराजाधिराज रणबहादुर शाहसमेत यिनीनबाट दीक्षित भएर स्वामी निर्वाणानन्द बनेकोबाट यिनको प्रभावबारेमा अनुमान गर्न सकिन्छ ।
जोसमनी मतको साहित्यपनि विस्तृत छ । नेपाली साहित्यमा जोसमनी सन्तहरूले पुर्याएको योगदान विशिष्ट छ । सन्त ज्ञान दिलदास लगायतका अनेक सन्तहरूको साहित्यिक सिर्जना जति संकलित भएको छ, त्यसलाई अध्ययन गर्दा यसको समृद्धि ज्ञात हुन्छ । वास्तवमा जोसमनी सम्प्रदायका प्रमुख सन्तहरू सबै नै प्रतिभाशाली भएको देखिन्छ । तिनमापनि सन्त ज्ञान दिलदास अद्भूत नै देखिन्छन् । वि.सं. १८७८ तिर जन्मिएका अध्ययनशील, मननशील र तीक्ष्ण बुद्धि भएका यिनी सन्त श्याम दिलदाससँग दीक्षित भई जोसमनी मतमा प्रवेश गरेका थिए । ज्ञान दिलदासको विशेषता केमा देखिन्छभने अरु जोमसनीसन्तले जस्तै कार्यहरू गर्नुका अलावा उनले दार्जिलिङमा रहँदा त्यहाँका इर्साई पादरी रेभरेण्ड ए. र्टनबुललाई शास्त्रार्थमा पराजित गरेका थिए । सारा विश्वलाई आफ्नो प्रभावमा पार्दै अघि बढिरहेको ब्रिटिश साम्राज्य र त्यसको आडमा भारतवर्षा बढ्दो क्रममा रहेको इर्साई -क्रिश्चियन) धर्मका मुख्य पादरीसँग शास्त्रार्थ गरी पराजित गर्न सक्षम भएबाट सन्त ज्ञान दिलदासको ज्ञानभण्डार, तर्कशक्ति एवं प्रत्युत्पन्नमतिको उच्चता र्छलङ्ग हुन्छ ।
शास्त्रार्थ गर्नुअघि शर्त के रहेको थियोभने जसले हार्दछ उसको धर्मग्रन्थ पोलिनेछ । इर्साईहरूले रत्तिभर कल्पना गरेका थिएनन्कि पहाडको कुनाबाट आएको ज्ञान दिलदास भन्ने साधुले र्टनबुलजस्ता शहरी क्षेत्रमा विद्वानका रुपमा धाक-रवाफ भएका व्यक्तिलाई वादविवादमा हराउला भनेर ! शास्त्रार्थकालागि स्थान र समयमा दुबै पक्ष जम्मा भए । एकातिर सन्त ज्ञान दिलदास र उनका अनुयायी, अनि अर्कापट्टी पादरी र्टनबुल र उनका सहयोगी बसी शास्त्रार्थ चल्दै गयो । सात दिनसम्म वादविवाद चलेपछि अन्ततोगत्वा ज्ञान दिलदास विजयी भएको ठहर्यो र हार्ने पक्षको धर्मशास्त्र ‘बाइबल’ पोलियो । “जोमनी सन्त परम्परा र साहित्य” पुस्तकमा लेखिएअनुसार, सन्त ज्ञान दिलदासले शास्त्रार्थमा इर्साईहरूलाई हर्राई बाइबल पोलिएको घटनाले गर्दा त्यहाँको वातावरणमा निकै प्रभाव पर्यो । यस घटनाले इर्साई धर्मावलम्बीहरूका मनमा चोट लाग्नु स्वाभाविकै कुरा हो । तर रेभरेण्ड ए. र्टनबुलले ज्ञानदिलप्रति प्रतिशोध वा द्वेषको भावना लिएनन् । उनी स्वयं विद्वान भएको हुँदा विद्वानको कदर गर्न जान्दथे । उनले ज्ञानदिललाई त्यहाँ कुटी बनाएर बस्न अंग्रेजी प्रशासकलाई अनुरोध गरेर साढेचार एकड भूमि विर्ताको रुपमा रंगबुल भन्ने ठाउँमा दिलाए र ज्ञानदिल त्यहीं कुटी बनाएर आफ्नो काम निर्विघ्नतापर्ूवक गर्न थाले ।
जोसमनी सम्प्रदायको दार्शनिक आधार साथै व्यावहारिक पक्ष पनि बलियो रहेको देखिन्छ । नेपालको ठूलो भू-भागमा यसको प्रभाव फैलिएको पनि हो । नेपालका राजा देखिलिएर रङ्कसम्मलाई आकषिर्त गर्न सफल यो सम्प्रदाय नेपाली लोकजीवनसँग टपक्क मिलेर बसेको थियो भन्ने स्पष्ट देखिन्छ । परलोक सुधार्नेमात्र होइनकि इहलोक सुधार्ने -अर्थात्, समाजसुधार) कार्यमा समेत जोसमनी मतले विशेष योगदान पुर्याएको थियो । यसको सुदर्ीघ परम्परा अनेक आयामहरूबाट परिपुष्ट छ । तर पछिल्ला दिनहरूमा यस सम्प्रदायकोबारेमा हामी नेपालीहरूलाई जति थाहा हुनुपर्ने हो, त्यति नभइरहेको देखिन्छ । जोसमनी मतको निरन्तरता हाम्रालागि धार्मिक साथसाथै सांस्कृतिक हिसाबलेपनि अत्यन्त आवश्यक छ । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: