कुन हो धर्मको कसी ?

धर्मबारेको निर्णय यस्तो आधारमा हुनुपर् यो, जसमा भ्रमको कुनै संभावना नहोस् । यस्तो प्रामाणिक निर्णय दिने कसीका रुपमा वेद रहेको छ ।

इन्द्रियहरुको शक्ति क्षीण हुँदा एकथोकलाई अर्कोथोक बुझ्ने तथा कुनैपनि इन्द्रियलाई भ्रम हुनसक्ने स्थितिलाई ख्याल गर्दा इन्द्रियहरुद्वारा जे अनुभूत गरियो त्यसलाई सत्य भनेर ठोकुवा गर्न सकिदैन । उदाहरणार्थ यदि हामीले आफ्ना दुबै हातका चोर औंलालाई एकापसमा सम्मुख राखेर आफ्नो आँखा नजिक लग्यौंभने ती दुई औंलाका बीचमा एउटा औंलाको टुक्रो देखिन्छ; जबकि वास्तवमा त्यो हुँदैन । यसैगरी मरुभूमिमा यात्रा गर्दा हाम्रो आँखाले पानीको कुवा नभएको ठाउँमा पनि परबाट पानीको कुवा भएजस्तो देख्छ । यसबाट प्रष्ट हुन्छकि इन्द्रियद्वारा प्राप्त ज्ञानमा पूर्णतया भर पर्नु हुँदोरहेनछ । अर्थात् इन्द्रिय तथा बाह्य पदार्थको संयोगले उत्पन्न हुनेवाला ज्ञान नित्य छैन अनित्य छ र कुनैपनि बेला परिवर्तित हुनसक्छ । जब इन्द्रियले प्राप्त गरेको ज्ञान त विश्वासयोग्य छैनभने झन् फगत् अनुमानका भरमा मात्र कुनै कुराको निर्णय लिनुपनि भएन । भौतिक वस्तुको वास्तविकता खुट्ट्याउन त नसक्ने स्थितिको इन्द्रियजन्य-ज्ञानलाई धर्मजस्तो तत्वबारेमा कसरी प्रमाण मान्नु ?
यसरी धर्मसंबन्धी निर्णयमा प्रत्यक्ष प्रमाण इन्द्रियबाटमात्र हुने ज्ञान अथवा त्यसको आधारमा उत्पन्न हुनेवाला अनुमान प्रमाणले काम िदंदैन । कारण के भने प्रत्यक्ष प्रमाण तथा अनुमान प्रमाण दुबैनै तथ्यमा निर्भर रहन्छन्; जबकि धर्म पर् यो यस्तो विषय जो न त प्रत्यक्ष यी यै चीज हो भनेर देखिने चीज हो न खाँदा यस्तो स्वाद आउँछ भनेर अनुभव गर्ने वस्तु नै पर् यो । यस्तो होला वा उस्तो होला भनेर आकार-प्रकारको अनुमान गरेर पत्ता लगाउने तत्व होइन धर्म । त्यसोहुँदा धर्मबारेको निर्णय यस्तो आधारमा हुनुपर् यो जसमा भ्रमको कुनै गुाजायस नहोस् । यस्तो प्रामाणिक निर्णय दिने कसीका रुपमा वेद रहेको छ । धर्म-तत्वबारेमा वेद-मतनै ब्रह्मवाक्य हो । भ्रमको कुनै गुाजायससम्म पनि नभएको प्रामाणिक निर्णय र आदेश त वेदको मात्र हुन सक्छ ।
मीमांसा-दर्शनमा भनिएको छ कि वेदका प्रत्येक शब्द आफ्ना अर्थसँग स्वाभाविक सम्बन्ध राख्दछन् । यो ईश्वरोपदिष्ट धर्मको यथार्थ साधन हो । वेदको आदेश आफ्नो अर्थसत्यताका कारण स्वतः प्रमाण छ । वेदको कुनै पनि भाग अप्रमाणिक छैन धर्मसँग असंबन्धित छैन । वेद नै पुरुषार्थ चतुष्टय – धर्म, अर्थ, काम, मोक्ष प्राप्तिको एकमात्र साधन हो । जो व्यक्ति अर्थ बुझेर वेदको आशयलाई राम्ररी हृदयंगम गर्दछ उसलाई जीवनको सफलता सार्थकताको सच्चा मार्ग प्राप्त हुन्छ । अर्थात् वेद नै धर्मको सम्बन्धमा प्रमाण हो । तसर्थ वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो । वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको भनाइ उपर कतिपयले प्रश्न उठाउन सक्छन्कि किन वेदलाई नै धर्मको सम्बन्धमा प्रमाण मान्ने के कारणले गर्दा यो प्रामाणिक भएको हो र अरु नभएका हुन् वेदलाई नै प्रामाणिक मान्नुमा कारणहरु छन् । एक त वेदमा कुनैपनि वाक्य निरर्थक छैन । हो कसैले आफ्नो अयोग्यताका कारण वेदका कुरा बुझ्न नसक्नाले निरर्थक पनि भन्देला; तर यो त चमेराले सूर्य उदाउनुलाई निरर्थक भनेजस्तो हो । वेद वाक्य सबै सार्थक छन् । अर्को कुरा वेदमा कुनै व्यक्ति विशेष वा राजा आदिको वर्णन गरिएको छैन र कुनै कालविशेषमा घटित घटनाको चर्चा पनि छैन । हुनसक्छकि ती व्यक्तिका नामसँग मिल्दाजुल्दा होऊन् तब पाठकहरु भ्रममा पर्छन्कि हो न हो यो कुनै ऐतिहासिक व्यक्तिको नाम हो । वेदमा जहाँकहिँपनि व्यक्ति अथवा घटनाहरुको जुन कुरा छ त्यो वास्तवमा त्यस्तो होइन ती सब यौगिक र सामान्य अर्थवाला हुन् भन्ने मीमांसाकारको मत छ । त्यसोहुँदा वेदको प्रामाणिकता एवं प्रासंगिकता कुनै निश्चित समय-सीमामा बाँधिएको छैन । वास्तविक अर्थ गर्न नसक्नेहरुकालागि वेदका शब्द एवं वाक्यका अर्थ नलाग्लान् वा उल्टा अर्थ लाग्ने पनि प्रबल सम्भावना हुन्छ; तर सही रुपले वेदको अर्थ लगाउन सक्ने सामथ्र्य भएकाहरुकालागि वेद-वाक्य सबै सार्थक छन् भन्ने मीमांसाकारको भनाइ हो ।
मीमांसा-दर्शनका अनुसार सबभन्दा मुख्य कुरा त वेद अपौरुषेय अर्थात् ईश्वरप्रदत्त हुनाले स्वतः प्रामाणिक ग्रन्थ हो । तर प्रश्न खडा गर्न सक्छन्कि वेद ुअपौरुषेयु हो भन्ने के प्रमाण छ यो प्रश्न आजमात्र गरिएको प्रश्न होइन । आचार्य कुमारिललाई पनि यो प्रश्न गरिएको थियो र शास्त्रार्थमा वेद अपौरुषेय भएको प्रमाणित गरेर नै उहाँले आफ्ना प्रतिद्वन्दीहरुलाई पराजित गर्नुभएको थियो । वेदका सम्बन्धमा के भ्रम फैलाइएको छ भने यसका ऋचाहरु ऋषिहरुद्वारा रचित भएकाले उनीहरुद्वारा रचित वेद अपौरुषेय हुन सक्दैन । यो भ्रमित पार्ने तर्कमात्र हो । वास्तवमा वेद-मन्त्रहरुमा जतिपनि ऋषिहरुको नाम दिइएको छ उनीहरु ती मन्त्रका ुकर्ताु वा स्रष्टा होइनन् कि द्रष्टा हुन्; अर्थात् उनीहरु तत्तत् मन्त्रका विधिवत् प्रचारक थिए । वेदलाई श्रुति नामाकरण गरिनुले पनि यही तथ्यलाई पुष्टि गर्दछ । यसबाट विदित हुन्छकि ऋषिहरुले वेद-मन्त्र सुनेपछि लोकहितार्थ त्यसको प्रचार गरेका थिए; उनीहरुले वेदकै रचना गरेकाचाहिँ होइनन् । वेद वास्तवमा कहिल्यै कसैद्वारा रचिएको होइन अनादिकालदेखि यसै स्वरुपमा मानवसमक्ष छ । वेदका प्रत्येक शब्द अनादि छन् र एक निश्चित अर्थलाई प्रकट गर्दछन् ।
ईश्वर प्रणीत भएकाले वेद पूर्णतः प्रामाणिक छ; वेद बनाउनेवाला कुनै व्यक्ति पाइँदैन; वेदलाई नित्य भनिन्छ र यही तिनलाई अपौरुषेय र प्रमाणस्वरुप मान्न पर्याप्त छ । यसरी वेद स्वयं परमात्मा परमेश्वरद्वारा रचित हो भन्ने प्रमाणित भएपछि वेद नै धर्मको सम्बन्धमा प्रमाण हो र वेदले निर्देशित गरेअनुसार कार्य गर्नु नै धर्म हो भन्ने मीमांसा-दर्शनको मत प्रतिष्ठित हुन्छ । संक्षेपमा भन्नुपर्दा धर्मको निर्णय र आचरण वेदको आधारमा मात्र गर्नुपर्दछ । वेदमा ईश्वरोपदिष्ट धर्मको यथार्थ स्वरुप छ । वेदको कुनैपनि भाग अप्रमाणित छैन धर्मसँग असम्बद्ध छैन । वेद वाक्य सबै सार्थक छन् । ईश्वरतत्वको प्राप्ति नै वेदको हेतु हो ।
वैदिक विधानहरुलाई बुझ्न तथा विस्तृत व्याख्या गर्नकालागि अन्य ग्रन्थहरुपनि उपयोग गर्न सकिन्छ तापनि ती ग्रन्थहरु त्यति हदसम्ममात्रै मान्य हुन्छन् जबसम्म ती वेदानुकूल छन् । यदि कुनै कुरा वेदले एकथोक भन्दछ र अर्को ग्रन्थले अर्कैथोक भन्दछ भने वेदको विपरितचाहिँ कुरा अमान्य ठहर्छ । अर्थात् वेदका सामुन्ने अरुको प्रमाण चल्दैन; वेदले जे भन्दछ त्यही प्रमाण हो । तर वेदका शब्द तथा वाक्यहरुका अर्थ लगाउँदा विशेष सावधानीपूर्वक गर्नुपर्दछ । नत्र त आनकातान फरक पर्न गई अर्थको अनर्थ हुन्छ । वेदमा प्रायः रुपकबाट वर्णन भएको छ यदि त्यसलाई नबुझी अर्थ गर्ने हो भने त के के हुन्छ के के । आँखा भन्ने ठाउँमा सूर्य हुनसक्छ र सूर्य भनेर अर्थ गर्नुपर्ने ठाउँमा आँखा हुनसक्छ । सैन्धव भन्ने एउटै शब्दको अर्थ नून पनि हुन्छ र सिन्धुदेशीय घोडा पनि हुन्छ; अब तरकारी पकाउँदा सैन्धव मागेको छभने नून दिनुपर् यो र यात्राका निमित्त सैन्धव मागेको छभने घोडा दिनुपर् यो । यसरी अर्थ नगरेर जथाभावी अर्थ गर्दिने होभने त गडबड भइहाल्छ नि ! भएको पनि यस्तै छ । अहिले वेदउपर आक्षेप गर्नेहरुले यस्तै उल्टोपाल्टो अर्थ लगाएर वेदलाई बुझ्दैनबुझी अनेक दोष देखाउने गर्दछन् । यदि वास्तविक अर्थ बुझ्ने क्षमता हुने होभने वेदजति वैज्ञानिक वेदजति प्रामाणिक अर्को केही छैन । वेद नित्य छ । वेद शाश्वत छ । वेद सनातन छ । यसकारण वेदमात्र धर्मको सम्बन्धमा कसी बन्न सक्षम छ । अस्तु ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित
स्पेसटाइम दैनिक, वर्ष २ अङ्क ९७, २०५८ माघ २७ शनिवार, पेज नं. ४ मा प्रकाशित

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: