आम्दानीको सदुपयोग

सम्पत्ति प्राप्त गर्न सक्नुमात्र ठूलो कुरा होइन; आर्जित सम्पत्तिलाई सदुपयोग गर्न सक्नु झन् महत्वको कुरा हो । धनको सदुपयोग गर्न नसकिएमा त्यहीनै विष पल्टिनपनि केही बेर हुँदैन । सम्पत्तिको सदुपयोग कसरी गर्ने त भन्ने सम्बन्धमा पनि हाम्रा महर्षिहरुले विधान गरेकै छन् ।

जनसंख्याको ठूलो हिस्सा बेरोजगारी वा अर्धबेरोजगारीको समस्याले पीडित भइरहेको स्थिति छ हाम्रोमा एकातिरभने अर्कातिर आम्दानी गर्न सक्नेहरुले त्यसको सदुपयोग गर्न नसकिरहेको स्थिति पनि छँदैछ । आर्थिक फाइदाकोलागि जेपनि गर्ने र त्यसरी उपार्जित धनलाई जेमापनि खर्चने प्रवृत्तिले धेरैजनालाई ग्रसित पारेको यथार्थता पनि हाम्रै सामुन्ने नभएको होइन । हाम्रा धर्मशास्त्रले आम्दानीको प्रकि्रया पवित्र हुनुपर्ने पक्षमा त जोड दिएका छन् नै; साथमा आम्दानीको सदुपयोग गर्नपनि सिकाएका छन् ।
मनुष्यको अधिकार केबल त्यतिमात्र धनमा छ जसबाट उसको भोक मेटियोस्; त्योभन्दा बढीलाई जसले आफ्नो मान्दछ त्यो चोर हो र दण्डको भागी हुन्छ अर्थात् संस्कृत भाषामा- यावद् भि्रयेत जठरे तावत् स्वत्वं हि देहिनाम् । अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ॥ भनेर श्रीमद्भागवतमा भनिएको छ । धन कमाउने लालसा नबढाउन; अनि अन्याय गरी सम्पत्ति आर्जन नगर्न सचेत समेत गराइएको छ । अन्याय गरेर कमाएको धनले कसरी असल काम हुन्छ र त्यस्तो धनले न यो जन्ममा कीर्ति रहन्छ न त परलोकमा असल फल दिन्छ अर्थात् संस्कृत भाषामा- अन्यायोपार्जितो नैव द्रव्येन सुकृतं कृतं । नकीर्तिरिहलोकेच परलोकेच तत्फलं ॥ भनेर सद्मार्ग अवलम्बन गर्न प्रेरणा दिएइको त हो नि ! वेदमा मनुष्य जीवनको चार मुख्य लक्ष्य धर्म अर्थ काम मोक्षमा अर्थलाई पनि स्थान दिइनुको तात्पर्य जीवनमा अभाव नहोस् समृद्धि होस् सुख होस् भन्ने हो र यसको प्राप्ति एवम् उपभोग प्रकृया पवित्र होस् भन्नेमा विशेष जोड दिइएको छ ।
सम्पत्ति प्राप्त गर्न सक्नुमात्र ठूलो कुरा होइन; आर्जित सम्पत्तिलाई सदुपयोग गर्न सक्नु झन् महत्वको कुरा हो । धनको सदुपयोग गर्न नसकिएमा त्यहीनै विष पल्टिनपनि केही बेर हुँदैन । सम्पत्तिको सदुपयोग कसरी गर्ने त भन्ने सम्बन्धमा पनि हाम्रा महर्षिहरुले विधान गरेकै छन् । हुनपनि हाम्रा धर्मशास्त्रहरुमा यति व्यापक दृष्टिकोण छकि तिन्को दृष्टिमा नपरेका विषय छँदैछैनन् । यस सन्दर्भमा वेदव्यासको भनाइ छ- धर्मार्थ यशसेऽर्थाय कामाय स्वजनाय च । पंचधा विभाजन् वित्तं इहामुभ च मोदते ॥ अर्थात् आम्दानी भएपछि त्यसलाई पाँच भागमा विभाजन गर्नु पर्दछ र त्यो धनलाई पाँच किसिमका कार्यहरुमा खर्चनु पर्दछ । जसमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । यहाँ आफ्नो व्यक्तिगत आवश्यकता पारिवारिक दायित्व देखिलिएर सामाजिक कर्तव्य सम्मको ख्याल राखिएको छ ।
यहाँ त कसैका नाममा खरबौं सम्पत्ति ब्याङ्क ब्यालेन्स हुने; यता कसैलेचाहिँ आधारभूत मानवीय आवश्यकता समेत परिपूर्ति गर्न नसक्ने ! भनिन्छकि विश्वका २० प्रतिशत मानिसले संसारको ८० प्रतिशत साधनस्रोतमाथि कब्जा जमाएका छन् । हलिउडमा बन्ने एउटा सिनेमाको बजेट जति हुन्छ त्यति बजेट एउटा सिङ्गो देशको समेत नभएको अवस्थाका देशहरु संसारमा धेरैओटा छन् । अमेरिकाले शस्त्रास्त्रकालागि जति बजेट छुट्ट्याउँछ त्यति रकम लगानी गरिदिने होभने संसारमा कोही पनि भोको रहनुपर्ने थिएन । चीन भारत र पाकिस्तानले शस्त्रास्त्रको होडबाजीमा खर्चिरहेका रकम शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा खर्चिदिएको भए …॥ !
एउटा रिपोर्टमा भनिए अनुसार विश्वमा प्रत्येक वर्ष लाखौं टन खाद्यान्न समुद्रमा फालिन्छ ताकि अर्को वर्षको अर्थतन्त्र सन्तुलित नै रहोस्; र त्यतिनै बेला नेपालका हुम्ला देखिलिएर सोमालिया सम्मका कतिपय स्थानमा भोकमरी चलिरहेको हुन्छ । कहाँ हाम्रो वेदको सन्देश सहनौ भुनक्तु अर्थात् मिलेर भोजन गरौं; अनि कहाँ यो चाला ! अन्यत्रको के कुरा सार्कको खाद्यान्न भण्डारमा अन्न कुहिरहेको समाचार आइरहँदा सार्क राष्ट्रका कति नागरिक भोकले आकुलब्याकुल भइरहेका स्थिति हाम्रै सामुन्नेमा छँदैछ नि ।
एक पुरिया जीवनजल खान नपाएर कसैको ज्यानै जाने र कसैलेचाहिँ व्युटिपार्लरमा मात्र लाखौं खर्चने अवस्थालाई कुनै पनि मानवीय कोणबाट सही मान्न सकिँदैन । यो आम्दानीको सदुपयोग हुँदापनि होइन । सम्पत्तिको सदुपयोग त त्यतिखेर हुन्छ जबकि त्यो कसैको जीवनको आधार बन्न सक्दछ । त्यही भएर त व्यासजी भन्नुहुन्छकि आम्दानीलाई पाँच भाग लगाऊ र तीमध्ये एक भाग धार्मिक कार्यमा दोश्रो भाग आफ्नो यश कीर्तिकोलागि तेश्रो भाग फेरि धन कमाउनकालागि लगानी गर्ने चौथो भाग घर-गृहस्थीको सुखकोलागि र पाँचौं भाग बन्धु-बान्धव नातागोता लगायत अन्य आशामुखीहरुकालागि छुट्ट्याउनु पर्दछ । संसारका प्रत्येक मान्छेले यस्तो गरिदिनेहोभने कहाँ रहन्छ गरिबी कहाँ बस्न पाउँछ असमानता कहाँ हुन्छ भोक किन हुन्थ्यो युद्ध यदि व्यासजीको विधान अनुसार मानव चल्ने होभने कोही व्यक्तिले संसारका उत्तम भन्दा उत्तम सुख-सुविधा प्राप्त गर्ने र कोही व्यक्तिलेचाहिँ पशुभन्दापनि तुच्छस्तरको जीवन निर्वाह गर्नुपर्ने अहिलेको स्थिति हटी सर्वत्र समता सुख शान्ति आनन्द हुनेथियो । तब त आउँछ रामराज्य । यही हो सत्ययुगको आधारशीला । अस्तु ।
स्पेसटाइम दैनिक वर्ष २ अंक २५१, वि.सं. २०५९ असार २९ शनिवार पेज नं. ६ मा प्रकाशित
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: