धार्मिक दृष्टिमा मांसाहार

मनुष्यले मांस भक्षण गर्नु उचित हो वा अनुचित हो भन्नेबारेमा संसारमा न कहिल्यै एकमत भएको थियो न त निकट भविष्यमा त्यसो हुने कुनै संकेत छ ।

अहिले संसारभरि सर्वेक्षण गर्नेहोभने मांसाहार गर्नेहरुको संख्या शाकाहारीहरुको तुलनामा धेरैगुना बढी छ होला । भनाइ छकि सत्ययुगमा सारा मनुष्यहरु शाकाहारी थिए । सात्विक धार्मिक प्रवृत्तिका व्यक्तिहरुको यस भनाइमा विश्वास छ । तर सत्ययुगकाबारेमा अनि तत्कालीन समाजबारेमा साङ्गोपाङ्ग वर्णन गर्नसक्ने स्थितिमा अहिले हामी छैनौं । यद्यपि वेदमा मांसको विधान नभएको भन्ने पक्षका आधारमा सत्ययुगमा सारा मनुष्य शाकाहारी भएको कुरा सत्य-तथ्य लाग्दछ । यसबारेमा मतैक्यता नभइसकेको अवस्थामा पहिले वेदको विधानलाई नखुट्टयाइकन यसबारेमा कुनै ठोकुवा गर्नु हुँदैन । ऐतिहासिक-कालदेखिचाहिँ प्राचीन समाजबारेमा हाम्रो ज्ञान केही विस्तृत हुन्छ र त्यसका आधारमा भन्नुपर्दाखेरी के देखिन्छभने मनुष्यले मांस भक्षण गर्नु उचित हो वा अनुचित हो भन्नेबारेमा संसारमा न कहिल्यै एकमत भएको थियो न त निकट भविष्यमा त्यसो हुने कुनै संकेत छ । जसरी व्यक्तिगत तवरमा मांस भक्षण गर्ने वा नगर्ने भन्ने विवाद निक्कै अघिदेखि चल्दै आइरहेको छ त्यसरीनै यज्ञमा मांस प्रयोग गर्नु हुन्छ वा हुँदैन भन्ने विवाद पनि धेरै पहिलेदेखिको हो । प्रसंगवश यस सन्दर्भमा महाभारत शान्तिपर्वमा भनिएको छ – सुरा मत्स्याः पशोर्मांसं द्विजातीनां बलिस्तथा । धूर्तेः प्रवर्तितं यज्ञे नैतद् वेदेष्ाकथ्यते ॥ अर्थात् सुरा जाँड-रक्सी आदि माछा र पशुहरुका मासु तथा द्विजातिहरुको बलि आदि धूर्तहरुद्वारा यज्ञमा प्रवर्तित भएको हो वेदमा मांसको विधान छैन ।
विद्वानहरु भन्दछन्कि कर्मकाण्डमूलक धर्ममा प्राचीनकालदेखिनै दैवी र आसुरी -दुबै पद्धतिहरु प्रचलनमा रहेका छन् । जस्तोकि त्रेता युगमा रावण वेदको प्रकाण्ड विद्वान मानिन्थ्यो र उसले वेद उपर भाष्य पनि गरेको थियो र उसले वेदको भाष्य गर्दाखेरीमा आफू मांसाहारी भएकाले वैदिक यज्ञीय मन्त्रहरुका अर्थ मांसपरक गरेको थियो । रामायणबाट थाहा लाग्दछकि त्यस समयमा रावण मेघनाद आदिले जतिपनि यज्ञ गर्दथे ती यज्ञमा मासु र रगत हवन गरिन्थ्योभने राजा जनक दशरथ आदिले गर्ने यज्ञमा पायसजस्ता वस्तुहरु हवन गरिन्थ्यो । वेदमा प्रयुक्त शब्दहरु बहु-अर्थी भएकाहुँदा मांस भक्षण गर्ने वा नगर्ने आफ्नो व्यक्तिगत आचरण अनुसार ती शब्दका अर्थलाई ग्रहण गरिएको थियो । यसरी कर्मकाण्डमूलक धर्ममा प्राचीनकालदेखिनै मांसबलि दिने र नदिने -दुबैखाले पद्धतिहरु प्रचलनमा रहेका बुझिन्छ । माथि उद्धृत गरिएको महाभारत शान्तिपर्वको श्लोकका आधारमा भन्दा त जो व्यक्तिहरु आफू व्यक्तिगत रुपमा मांसाहारी थिए उनीहरुले आफ्नो मांसाहार कार्यलाई तुच्छ नठानियोस् र मांसभक्षण गरेको कारणले इज्जत प्रतिष्ठामा धक्का नलागोस् भन्नाकाखातिर यज्ञमा समेत मांसबलिलाई घुसाएको हुनुपर्दछ । त्यही कुरा पछि समयक्रममा सर्वसाधारणमा शास्त्र-सम्मत भनेर फैलियो होला । स्वेच्छाचारी शासकले शास्त्रका भनाइलाई कसरी आफूखुशी तोड्ने मोड्ने गर्दछन् भन्ने उदाहरण नेपालमा राणा-शासन हुँदा प्रशस्त देखिएकै हो । नेपालका श्री३ महाराज भइखाएका राणाले त गर्न सकेको कुरा रावणजस्ता प्रतापी त्रिलोकविजयीले किन गर्न नसक्नु ! जनसामान्यमा शास्त्रका गहिरा कुराहरु बुझ्ने न त ल्याकत हुन्छ न सबैसँग त्यस्तो रुची नै हुन्छ -त्यसोहुँदा औपचारिक तवरमा जेजे व्याख्या गरिन्छन् तिन्लाईनै स्वीकार गर्ने गर्दछन् । यस्तै भएकाले धेरै कुराहरु कुनै धूर्तद्वारा प्रक्षिप्त गरिएकै भएतापनि केही समयपश्चात् पक्का शास्त्रीय मान्यताका रुपमा स्वीकृत हुन्छन् । भनिसकियोकि राणाकालीन नेपाली समाज यसको उदाहरण हो । तर यस सम्बन्धमा केही धूर्तहरुको करामतमात्रै दोषी छ भन्ठान्नुचाहिँ अर्ध-सत्य धारणा हुन्छ । नियत असल हुँदाहुँदैपनि शास्त्रबारेमा अर्थको अनर्थ हुन सक्दछ र यस्तो भएकोपनि छ । वेदमा प्रयुक्त शब्दहरु बहु-अर्थी भएकाहुँदा तिन्का अर्थको अनर्थ हुनसक्ने खतरा जतिखेरपनि विद्यमान छ । स्वाभाविकै होकि एउटै शब्दका विभिन्न अर्थ हुने अवस्थामा द्विविधा मतभिन्नता तथा विवादको सम्भावना बढी हुन्छ ।
बहु-अर्थी शब्दका कारण आइपर्ने अवस्थालाई हामी एउटा उदाहरणद्वारा हेरौं । संस्कृत ुअजु शब्दको अर्थ पुरानो चामल र बाख्रो पाठो दुइटै हुन्छ । एउटै शब्दले दुई भिन्न-भिन्न चीजलाई बुझाउने भएपछि अब यज्ञ गर्ने बेलामा अज मागियोभने व्यक्ति-विशेषको मनपर्दीले गडबडी हुनपनि सक्नेनै भयो । अजको माने मांसाहारी व्यक्तिले बाख्रो भन्ने अर्थ गरेर पशुबलि दिने र शाकाहारी व्यक्तिलेचाहिँ पुरानो चामल भन्ने अर्थ गरेर त्यो चामलको पायस बनाई हवन गर्ने -यसरी पृथक् पृथक् तवरबाट यज्ञ गरिने हुनसक्छ । शाकाहारी व्यक्तिको सोचाइ हुन्छकि यज्ञस्थान जस्तो पवित्र एवं शुद्ध स्थानमा मासु पोलिएको गन्ध उसकालागि त दुर्गन्ध नै फैलाएर आहुति कसरी दिनु ! यसरी उसले मांस हवन कार्य गर्ने त के कुरा त्यसको कल्पना गर्दाखेरीमानै उसलाई असहज लाग्दछ र अज भनेको चामलै हो भन्नेमा पूर्ण विश्वस्त हुन्छ । उता मांसाहारी व्यक्तिका दृष्टिमा मासु बढिया पौष्टिक पदार्थ हुँदैहो र मासु पोलिएको गन्ध उसकालागि त सुगन्धले उसको मन प्रफुल्ल हुनेहुँदा यज्ञमा मांस हवन गर्नु नै युक्तिसंगत ठान्दछ । वाह ! धर्म पनि हुने मासु खान पनि पाइने -यसरी सोँच्दछ ऊ ।
वास्तवमा मांस मनुष्यकानिमित्त अप्राकृतिक खाना हो । तरपनि जस्तोकि यस प्रकरणको आरम्भमै भनिएको थियो -यस संसारमा मांसाहारी मान्छेहरुको संख्या शाकाहारीहरुको तुलनामा धेरैगुना बढी छ होला । हुनपनि अरुको त के कुरा गर्ने वेदमा मांसाहार नगर्ने आदेश हुँदाहुँदैपनि थुप्रै हिन्दूहरु मांसाहारी रहेको स्थिति छ र बारम्बार अिहंसाकोबखान गरिरहने बौद्ध मतावलम्बीहरुसमेत जिब्रो फड्कारी फड्कारी मांस भक्षण गरिरहेका छन् । कति विडम्बनापूर्ण छ त ! मांसाहारीहरुले मांसाहारलाई ठिक साबित गर्न अनेक तर्क प्रस्तुत गर्नु पनि कुनै अस्वाभाविक कुरा भएन । यो विवादको यथायथ गर्ने बेलामा हामीले ख्याल राख्नैपर्ने तथ्य के होभने ुयज्ञु वैदिक-कर्म भएकोहुँदा यसबारेमा वेद-वाक्यनै मान्य हुन्छ र वेदवाक्यका अनुसार वैदिक यज्ञमा पशुबलि वा कुनैपनि पशुको मांसजस्ता वस्तुको प्रयोग वर्जित छ । हो पशुहरु दान दिने विधानचाहिँ छ ।
मनुष्यको शारिरीक बनावट चेतना तथा बौद्धिक स्तर एवं मानवोचित विवेक -सबै दृष्टिकोणबाट मांसाहार तुच्छ छ त्याज्य छ । तपाईं धर्म मान्ने व्यक्ति हुनुहुन्छभने यो तथ्य ख्याल राख्नोस्कि मांसभक्षण पूर्णतया पापकर्म हो । तपाईं धर्म मान्नुहुन्न भनेपनि यो कार्य अनैतिक भएकाले मानवीय नैतिकताको कारणले मांसाहार त्याज्य छ । मांसजन्य पदार्थहरु उपभोग गर्दा एकपल्ट सोचौंकि त्यो मासु प्राप्त गर्न अबोध मूक पशुलाई कति यातना दिइयोहोला ! त्यो निरपराध जीवको क्रन्दनलाई ध्यान दिनोस् त्यो निरीह जन्तुको आँखाबाट धर्धरी बगेको आँसुको धारालाई याद गर्नोस् त्यसको बिलौनालाई ख्याल राख्नोस्; तबपनि मासु खान मनलाग्योभने नर्कको ढोका आफ्नालागि खुलेछ भन्ठान्नुस् । मासु चपाइरहँदा हेक्का हुनैपर्दछकि मासुसँगसँगै पशुको श्रापको भागिदार भइरहिएको छ । यस्तो अधार्मिक अनैतिक एवं अमानवीय कर्म सबैजनाले त्याग्नै पर्दछ । अस्तु ।
स्पेसटाइम दैनिक, वर्ष २ अंक १०४, वि.सं. २०५८ फागुन ४ शनिवार, पेज नं. ४ मा प्रकाशित
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: