हाम्रो बाटो – पूर्वतिर

मैले पश्चिम होइन पूर्वतिर भनिरहँदा यहाँ पूर्व र पश्चिम को परिभाषा दिनैपर्छहोला भन्ने मलाई लाग्दैन । धेरै हदसम्म यो कुरा प्रष्टै छ भन्ने म ठान्छु । मेरालागि भौगोलिक पूर्व र पश्चिम ले त्यति महत्व राख्दैन । निश्चय नै त्यसको महत्व पनि आफ्नो ठाउँमा छँदैछ । परन्तु मेरा पूर्व र पश्चिम निकै नै व्यापक अर्थका छन् ।

त्यसो त जब जब पूर्व र पश्चिम को कुरा आउँछ तब मान्छेहरु बहुधा भौगोलिक रुपमा सोँच्न थाल्छन् । मेरो अर्थमा भौगोलिकता होइन कि संस्कार सभ्यता संस्कृति विचारधारा आदिको पक्ष प्रधान छ । वास्तव्ामा पश्चिम होइन पूर्वतिर भनिरहँदा मैले एउटा सही बाटो देखाउने इमान्दार प्रयास गरेको छु ।
आफूप्रतिको पूर्ण विश्वास जसले मलाई यो शक्ति दिएको छ कि म आफूसँग हातेमालो गर्नेहरुलाई सही मार्ग निर्देशन गर्न सक्छु त्यसैले उत्प्रेरित गरेको हो यो उद्घोषमा ।वास्तवमा यो एउटा सम्पूर्ण क्रान्ति हो समग्रमा सकारात्मक क्रान्ति ।
यसमा मानव समाज तथा यससँग सरोकार राख्ने हरेक पक्ष सम्बद्ध छन् ।भौतिक जगत् देखि लिएर मानव अन्तस्करणमा प्रकट अप्रकट भावसम्म त्यस्तो कुनै क्षेत्र छैन जुन मैले भनेको पश्चिम होइन पूर्वतिर भन्ने मूलबाटोमा नअटाओस् । बिन्दुदेखि सिन्धुसम्म अथवा व्यष्टिदेखि समष्टिसम्म भनेझैं सम्पूर्णताको आग्रह छ यसमा ।
असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतम् गमय भनेर जतापट्टी निर्देशित गरिएको छ जीवन र जगत्को समष्टिमा सत्यम् शिवम् सुन्दरम् को प्राप्ति जतापट्टी छ र मानवताको उच्चतम प्राप्तिका निमित्त हामीले अवलम्बन गर्नुपर्ने बाटोलाई नै मैले पश्चिम होइन पूर्वतिर भनेर रेखांकित गर्न चाहेको हूँ ।
मानवलाई सृष्टिको सर्वाधिक विवेकशील ज्ञानवान् र बुद्धिमान प्राणी भनिँदै आएको छ । मलाई थाहा छैन िसंहहरु वा मुसाहरु वा चराहरुको मान्छेप्रतिको सोँच के कस्तो छ । हामीले आफ्नो सर्वोच्चताको बखान गर्दा त्यसको बिरुद्धमा दाबी बिरोध गर्न कोही नआउनुले मानव समुदायलाई निक्कै आनन्द दिएको छ । तर यसो विचार गरी हेर्दा त मान्छे एउटो छ तापनि उसभित्र प्रवृत्तिगत हिसाबले थरीथरीका अहम् को अस्तित्व पो देखिन्छ । मान्छेभित्र कतिपय पशुवत् इच्छाहरु प्रवृत्तिहरु पनि रहेका हुन्छन् र ती सामान्य अवस्थामा प्रकटित हुँदैनन् । यद्यपि उपयुक्त वातावरण पाउनासाथ जीवनमा यस्ता क्षणहरु आउँछन् कि जसमा मान्छेभित्र पिशाच जाग्छ । पिशाच अथवा पिचास मान्छेको सर्वाधिक विकृत स्थिति हो । पशुत्वलाई मनुष्यत्व भन्दा नीच तह मानिएको छ । मानवता अथवा मनुष्यत्व बाट सकारात्मकतातिर उक्लँदा मान्छेभित्रको दार्शनिक जाग्छ । त्यहाँभन्दा माथि देवत्व र उच्चतम स्वरुपमा चाहिँ अध्यात्मवादीहरुले भन्दै आएको अहम् ब्रह्मास्मि ।
हिन्दूधर्मका पवित्र ग्रन्थ -पुराणहरुमा लेखिएको छ ः कलियुगमा राक्षस भूत प्रेत पिचासहरु मान्छेकै रुपमा जन्मन्छन् । पहिले कुरा नबुझे झैं भएतापनि अहिले खुब घत लाग्छ । जताततै शैतानी मनोवृत्ति हावी हँुदैगरेको देखिएकै छ । हामीलाई थाहा छ कि मानिसको सभ्यता विचार स्थापित नैतिक मूल्यमान्यताले उसभित्रका शैतानी पैशाचिक राक्षसी भूताहा तथा पशुवत् मनोवृत्तिलाई निषेध गरेको हुन्छ र ती मेिटंदै गएका पनि हुन्छन् । तर त्यो सम्पूर्णातः मरिसकेको हँुदैन तबसम्म जबसम्मकि मनुष्यत्वको स्तर बढेर मानव दार्शनिक तथा त्योभन्दा माथिल्लो तहमा पुगेको हुँदैन । प्राचिन भारतवर्षका ऋषिमुनिहरु ईश्वरीय अवतारहरु त्यो तहमा थिए नभन्नु पर्ने कुनै कारण म देख्दिनँ ।
पशुवत् वा राक्षसी वा पैशाचिक वा शैतानी प्रवृत्तिलाई निषेध गर्न विविध उपाय अपनाउन सकिन्छ । एक त त्यस्ता इच्छाहरु जाग्रत हुने परिवेशबाट एकदमै पर रहनु र अर्काे मानव जीवनलाई सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तको अनुगामी बन्नु । स्थापित नैतिक मूल्यमान्यतालाई आत्मसात् गर्दै यसले तपाईंलाई परम्परावादी तथा अध्यात्मवादी बनाउने कुरा प्रष्टै छ अन्तर्मन देखि नै त्यस्ता प्रवृत्तिहरुको विरुद्ध इमान्दारीपूर्वक आफूलाई सचेत पारिराख्नु नै पशु पिशाच आदि मा पतीत हुनबाट जोगिने प्रभावकारी उपाय हो ।
पश्चिम होइन पूर्वतिर भन्नेमेरो शब्दावलीले दिग्दर्शित गरेको बाटो माथि वर्णित समस्याबाट मुक्त छ भन्नेमा म पूर्ण विश्वस्त छु । मान्छेभित्रको दार्शनिक तथा यसभन्दा उच्चतर प्रवृत्ति जाग्रत हुन नसके पनि कम्तीमा ऊ भित्रको मानव मात्रै पनि ब्युँझियो भने समाजलाई उन्नति प्रगति विकासपथमा लम्काउन र शान्तिपूर्ण एवम् सुखमय समाजको प्राप्तितर्फ ठूलो फड्को हुनेछ ।
निजी स्वार्थमूलक चिन्ताबाट मुक्ति बिना मान्छे कहिल्यै सुखी हुनेछैन । निजी स्वार्थमूलक लालसाले मान्छेलाई बारम्बार पैशाचिकता -पिचास प्रवृत्ति तर्फ खँगारिरहन्छ ।त्यसैले त हरेक आदर्शवादी कल्पनाले रोजेको समाजमा व्यक्तिवादी स्वार्थी निजीपन अथवा पूँजी नकारिएको हुन्छ चाहे त्यो भौतिकवादी साम्यवाद अर्थात् कम्युनिजम होस् वा अध्यात्मवादी साम्यवाद अर्थात् रामराज्य एवं वैदिक सत्ययुग होस् । म चाहिँ निसन्देह अध्यात्मवादी साम्यवाद को हिमायती हूँ ।
क्रान्तिको माध्यमबाट परिवर्तन ल्याउने वा दुनियाँ बदल्ने भनेर कस्सिएकाहरु थुप्रै छन् । प्रत्येकको आफ्नैखाले सोँच छ योजना छ रणनीति छ । तर प्रायः जसो क्रान्तिमा सर्वाधिक महत्वपूर्ण तत्वको छेकछन्दै छैन । तिनीहरुले आत्मसात् गर्न नसकेको कुरो के हो भने दुनियाँ बदल्नका निम्ति त स्वयम् पनि बदलिनु पर्यो नि । र सबैभन्दा कठिन क्रान्ति भनेकै आफूभित्रको क्रान्ति हो । आफूभित्रको पशुलाई नबाँधिकन र आफूभित्रको शैतान वा पिशाचलाई भष्म नपारी सुखमय शान्तिपूर्ण एवं आनन्दी संसारको समाजको कल्पना गर्नु निरर्थक छ । त्यसैले कुनै पनि क्रान्तिको सर्वोच्च प्राथमिकतामा मान्छेभित्रको मानव जगाउने कार्य नै पर्नु पर्छ । मेरो क्रान्तिमा यस्तो प्राथमिकता छ । पश्चिम होइन पूर्वतिर भन्दाखेरि त्यसले मान्छेलाई मानवजीवनको सार्थकता प्रदान गर्ने नैतिक सिद्धान्तहरुलाई व्यवहारिकृत गर्ने हुनाले अन्तर्मनका पशुत्व पैशाचिकता निषेध गर्ने हुनाले मेरो मोडेलको क्रान्ति महत्वपूर्ण हुने प्रष्ट छ ।
हिन्दूधर्मका पवित्र ग्रन्थहरुमा भनिएजस्तो राक्षस भूत प्रेत पिशाचहरु मान्छे भएर जन्मने बेला आउनै बाँकी छ भन्ने हो भने पनि मनुष्यतामाथि यान्त्रिकताको राज यही हो वर्तमान समयको रामकहानी । स्वाभाविक मनुष्यता ः पूर्व र संवेदनाशून्य यान्त्रिकता ः पश्चिम । तब त म भन्दैछु कि अहिले पूर्वबाट पश्चिमतिर दौडँदै छ मानव समाजको ठूलो हिस्सा । म चाहन्छु संवेदनाशून्य यान्त्रिकता छोडेर स्वाभाविक मनुष्यता अंगीकार गरोस् मानव समाजले । अर्थात् पश्चिम होइन पूर्वतिर ।
परम्पराप्रतिको मेरो झुकावको यस्तो अर्थ नलगाइयोस् कि जे जति थियो हिजो थियो आज त बिल्कुल खत्तम छ भन्ने म ठान्दछु । वास्तविकता के हो भने जसरी जे जति थियो हिजो थियो आज त बिल्कुल खत्तम छ भन्ने म ठान्दिनँ उसरी नै हिजो केही थिएन र अहिले के के नै भएको छ भन्ने पनि म ठान्दिनँ । हामी युगको संक्रमण कालमा उभिएका छौं जहाँ केही कुरा नयाँ छन् त केही कुरा पुराना छन् । कतिपय पुराना कुरा हामीले बचाउनु छ । नयाँ भन्दैमा जेलाई पनि अँगालो हाल्ने गलत प्रवृत्तिलाई हामीले निरुत्साहित गर्नु पनि छ । हो यदि कसैसँग केही राम्रा तत्व छन् भने त्यो सिक्न हिच्किच्ााइरहनु पर्दैन । तर अर्काको मालमा लोभिएर आफूसँग भएका राम्रा चीजहरुलाई चटक्कै छाडिदिने प्रवृत्ति गलत हो र यो प्रवृत्ति अस्वीकार गर्छु म ।
जस्तोकि अंग्रेजी मेरो मातृभाषा होइन र यो मेरो राष्ट्र्रभाषा पनि होइन । विश्व परिवेशले गर्दा यो भाषा नपढीनहुने ठानेर नेपालमा प्राथमिक स्तर देखिनै अंग्रेजीको पढाइमा बल लगाइएको हुँदा यो भाषाको दक्षताले विशेष अवसरको निश्चितता हुने स्थिति यहाँ छ । शिशु कक्षा देखि स्नातकोत्तर एम्। एस्सी। पढ्दासम्म मलाई मेरो भाषा नेपाली भन्दापनि बढी महत्व दिएर अंग्रेजी भाषाका पाठ्यपुस्तक पढाइयो अझ लादियो भनिदिँदा पनि अत्युक्ति हुँदैन । अंग्रेजी पढ्ने र अंग्रेजीमा दक्षता हासिल गर्ने धूनमा नेपाली भाषालाई चाहिँ उपेक्षा गर्ने प्रवृत्तिको म घोर विरोधी हूँ । अंग्रेजी पढ्ने त हो तर नेपाली भुल्ने होइन । घर छाडेर कतै ढिम्किनै हुँदैन भनेको होइन बरु जहाँ रहेपनि जता गएपनि मेरो घर फलानो ठाउँमा हो भन्ने नबिस्रनु पो भन्न खोज्या त । जसरी वृक्षले आफ्नो जरासँगको सम्बन्धलाई नकार्दैन ऊ जति नै सप्रोस् न । किनकि जरासँगको सम्बन्ध अस्वीकार गरेर त वृक्षको अस्तित्व नै असंभव छ । बस् आफ्नो अस्तित्वको मूलबाट च्वाट्टै नछिनौं भन्ने मेरो आग्रह हो । वर्तमान भनेको भूतकालको जगमा उभिएको छ भन्ने ध्रुवसत्यलाई शायदै कसैले अस्वीकार गर्ला । तब विगतप्रति परम्पराप्रति मोह हुनु स्वाभाविक स्वीकार्य कुरा हो ।
सामान्य जनमानस जो कि अर्काको लहैलहैमा लाग्ने संभावना अत्यधिक रहन्छ को त के कुरा विद्वत्ताको बकाइदा प्रमाण पाएकाहरुमध्ये पनि अधिकांशलाई आधुनिक बन्न परम्परालाई भत्काउनै पर्छ भन्नेखालको भ्रमले गाँजेको पाइन्छ । एउटा हास्यास्पद फेशन । अनि जसले परम्पराको कुरा गर्छ स्थापित नैतिक मूल्यमान्यताको पक्षपोषण गर्छ उसलाईचाहिँ रुढीवादी पुरातनपन्थी भनेर उडाउने दुस्प्रयास गरेको देखिन्छ । म आफैंले यस किसिमको अनुभव गरेको छु । मेरो पछिल्तिर त के कुरा हाकाहाकी अगाडी नै रुढीवादी पुरातनपन्थी र युग नसुहाउँदो गतार्थ आउट डेटेड चिन्तन बोकेर िहंडीरहेको भन्नेजस्ता आरोप बिनाकुनै सोचविचार बोल्दिनेहरु मैले धेरैजना नै भेटेको छु । त्यस्ता आधारहीन अयथार्थवादी स्वाँठ आरोपले मलाई विचलित पार्ने कुनै गुाजायस छैन । म अविचलित दृढ छु र यसमा अन्यथा हुने संभाव्यता कत्तिपनि छैन । यसका मुख्यतया दुईवटा कारणहरु मैले महशुश गरेको छु भन्ने म ठान्दछु ।
पहिलो समय अथवा युग भनेको कालक्रमको मापन मात्रै हो र विचारहरु आदर्शहरु शाश्वत सिद्धान्तहरु यस्ता हुँदैनन् कि पोहोर दशैंमा हालेको कपडा अहिलेको दशैंसम्ममा थोत्रिएर फेरेजस्तो । समय भनेको त्यो बस जस्तो होइन जो अघि काठमाण्डौमा थियो र अहिले पोखरा आइपुगेको छ । काठमाण्डौमा साथीसँग बिदाइका लागि हल्लाएको हात पोखरा सम्म नै हल्ल्ााएकोहल्ल्ाायै गर्नु मूर्खता हो तर त्यै वा त्यस्तै सम्झेर हिजोका विचार आज कामै लाग्दैन भनेर कसॆॆेैले भन्छ भने त महामूर्खता हो । राम्रा कुरा छन् भने अहिलेको जमानालाई पनि त्यत्तिकै आवश्यक छन् जति उहिलेको जमानालाई थियो । सत्य हिजो पनि सत्य थियो आज पनि सत्य छ र भोली पनि सत्य रहनेछ । यही सार्वकालिक शाश्वत सनातन सत्यपथको यात्री भएको हुँदा म आत्मविश्वासले परिपूर्ण छु । मेरो यही आत्मविश्वासले मलाई सत्यपथको यात्रामा अविचलित राख्नेछ ।
दोश्रो मानव समाजको प्रवृत्तिलाई हेर्दा असल मान्छेहरुप्रति दुई किसिमको व्यवहार गरिएको पाइन्छ कि त शुरुमा नानाथरीका सास्तीहरु दिई अन्त्यमा उनीहरुलाई सखाप नै पारिन्छ कि चाहिँ उनीहरुको अगाडी कुकुरले पुच्छर हल्लाएर झैं अतिभक्तिभाव दर्शाएर भएपनि पथभ्रष्ट गर्ने तानाबाना बुनिन्छ । यस्तो बिरलै हुन्छ कि असल व्यक्तिले सत्यपथको यात्रा सहजै गर्न पाइराखोस् । अधिकांशतः उपेक्षा अनादर र तिरस्कारको वर्षा गरी सत्यपथका यात्रीहरुलाई डगाउन खोजेको पाइन्छ ।उनीहरु मरेपछिमात्र ध्यान आकर्षित हुने गरेको यथार्थता मानव समाजको इतिहासमा थुप्रैपल्ट घटित भएको छ । कसैको आलोचना गर्नु ज्यादै सजिलो हुनेहुँदा मेरो पनि आलोचना गरिन्छ त के आश्चर्य उपेक्षा अनादर र तिरस्कारले मलाई छुँदैन ।
नदी पार गर्न खोज्नेहरु नदीको गहिराइ देखेर आतंकित हुँदैनन् नदी पार गर्ने अभिलाषाले उत्साहित हुन्छन् । यस अर्थमा म हरक्षण उत्साहित छु ।
यसो भनिरहँदा म आफ्नो कुनै विशिष्टताको दावी गरिरहेको छैनँ । आफूलाई विश्व मानव समुदाय भन्दा माथिको देखाउने कवायद पनि यो होइन । म साधारण भन्दा साधारण मनुष्यका रुपमा आफूलाई मन पराउँछु । निश्चय नै यदि तपाईंभित्रको चेतनसत्तासँग आत्मसाक्षात्कार गर्नुभयो भने जीवन र जगत्को सही मार्ग बारेमा आधिकारिक कुरा गर्ने अधिकारी तपाईं बन्नु हुन्छ
मलाई के विश्वास छ भने मेरो प्रज्ञादृष्टिले जुन बाटो ठम्याएको छ त्यो मानवका निमित्त सही र सर्वोत्तम बाटो हो । आफै दिग्भ्रमित भएकाहरुले समाजलाई नेतृत्व दिन सक्दैनन् र सर्वप्रथम नेतृत्व दिनेवाला आफू स्वयम् नै सही मार्गमा लागेको हुनुपर्छ भन्ने मेरो दृढ मत छ । सत्य लाई चिनेपछि त्यसमा आँखा चिम्लेर हाम्फाल्नोस् किनकि खुट्टा कमाएर कहिल्यै कुनै क्रान्ति सम्पन्न हुँदैन ।
जीवन प्राप्त हुनु आफैमा विशिष्ट कुरा हो प्राप्त जीवनलाई सार्थकतापूर्ण बाँच्नु सबैभन्दा ठूलो कुरा हो । मानिसको सबैभन्दा अमूल्य सम्पति जीवनलाई मान्दाखेरि उसले यो जीवन यसरी बिताउनु पर्छ जसले गर्दा निरुद्देश्यपूर्वक बिताइएका दिनहरुका निमित्त पश्चात्ताप गर्नु नपरोस् नीच र तुच्छ अतीतको कलंकपूर्ण छायाले तसर्िन नपरोस् । प्राप्त जीवनलाइ सार्थकतापूर्ण बाँच्न म मेरा साथीहरुलाई अनुरोध गर्न चाहन्छु । आउनोस् नयाँ क्रान्तिको पथमा लागौं । यो क्रान्ति अहिले भइरहेका अरुहरुले गफ गरिरहेका क्रान्तिभन्दा फरक छ । यो क्रान्ति मूलतः आफूलाई बदलेर समग्र समाजलाईनै सत्ययुगमा लैजाने दिशातर्फ अभिमुख छ । यहाँ तपाईं धेरैथोक गुमाउन सक्नुहुन्छ प्राप्त हुनेछ आत्मसम्मानपूर्ण एवं पवित्र जीवनदर्शन ।
स्पेसटाइम दैनिकमा आयोदधौम्यको नियमित स्तम्भ पृथक् विचारमा प्रकाशित
स्पेसटाइम, वर्ष १ अंक २६३, २०५८ साउन ७ आइतवार, पेज नं. ७मा प्रकाशित

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: