अवैज्ञानिकता अस्वीकार्य

हाम्रो सर्वाभ्युदयको उपाय के हुन सक्छ यस्तो प्रश्न मानवले उहिल्यैदेखि गर्दैआएको छ । आफ्नो उन्नति प्रगति अभ्युदयकालागि प्रयत्नशील रहनु चेतनशील मानवको स्वाभाविक प्रवृत्ति हो । आधुनिक युगमापनि सो प्रश्नको सान्दर्भिकता उत्तिकै छ । हरेक युगको मान्छेलाई आफ्नो जिन्दगीको सार्थकताको सवालले झक्झक्याइरहेको हुन्छ र हुनुपनि पर्छ । उत्तर चािहं व्यक्तिपिच्छे फरक फरक आउन सक्ने सम्भावना हुन्छ । मैले देखेको बाटो त उही हो-

वैज्ञानिकतायुक्त धर्म एवम् धार्मिकतायुक्त विज्ञान – धर्म र विज्ञानको समन्वय को बाटो । उही हामीले पहिल्यैदेखि भन्दैआएको पश्चिम होईन पूर्वतिर ।
खासगरी हाम्रो हित हिन्दूदर्शनको पुनरुज्जीवनमा निहीत छ यानेकि सांस्कृतिक पुनर्जागरण । धर्मको नाममा व्यापार गर्ने तथा धर्मको नाममा नेतागिरीको व्यवसाय चलाउनेहरुले हिन्दू शब्दलाई तानातान पारेर जनमानसमा यसको अर्थ नै क्षतविक्षत तुल्याएका छन् । अर्थको अनर्थ गरेपछि त ताल बिगि्रहाल्छ नि ! ठीक ठाउँमा ठीक पुर्जा फिट गरे पो इन्जिन चल्छ । जता जता मन लाग्छ त्यता त्यता जे जे मन लाग्छ त्यै त्यै फिट गरेर इन्जिन चलाए पछि दूर्घटना हुँदैन त भइहाल्छ नि । त्यस्तै हो समाज पनि । समाजका हरेक पक्ष खल्बल्याए पछि परिणाम पनि खल्बलिन्छ । विष रोपेको ठाउँमा अमृत फल्दैन । सत् बाट मात्र सत्् जन्मन्छ । जब त्यो सत्लाई बेवास्ता गरेर असत्लाई सत्को जामा पहिराइन्छ अनि गडबड हुन्छ । त्यो गडबडी हामी यत्रतत्र देख्न सक्छौं । हिन्दू शब्दलाई लगेर जोडिदिएका छन् एउटा टे्रडमार्कमा । ठिक छ यदि ट्रेडमार्कहरु बिचबाटै छान्नुपर्ने हो भने राम्रै ट्रेडमार्क छानौं न यो मेरो आग्रह । त्यो राम्रँे ट्रेडमार्क भनेको कुन त मेरो जवाफ प्रष्ट छ – महान वैदिक सभ्यताको उत्तराधिकार जुन ट्रेडमार्कमा छ त्यही । अँध्यारोबाट उज्यालोतिर असत्बाट सत् तिर मृत्युबाट अमृततिर जाने बाटो देखाएको छ जुन दर्शनले त्यही हो मेरो रोजाइ ।
धर्म वा दर्शन जस्ता भावहरुलाई भौतिक जगत्मा हाम्रा भौतिक कि्रयाकलापहरुले प्रदर्शित गरिरहेका हुन्छन् । यहाँ दोहोरो सम्बन्ध छ । दार्शनिक रुपमा हामी उच्चस्तरको हुँदा हाम्रो भौतिक स्तर पनि उच्चतातर्फ हुन्छ भन्ो भौतिक रुपमा हामी उच्चस्तरमा हुँदा हाम्रो दर्शन पनि उच्चता तर्फ लागिरहेको हुन्छ । जस्तो कि पश्चिममा जुन मात्रामा भौतिक विकास बढ्दो छ उति नै हिन्दू दर्शन प्रति आकर्षण बढ्दो छ । हामीचािहं यसै महान् दर्शनका उत्तराधिकारी भएर पनि भौतिक रुपमा किन पिछडियौं त प्रश्न गहन छ । भयो के भने नाम मात्रै ुहिन्दूु रह्यो र हिन्दू दर्शनको साक्षात्कार गर्दै नगरी केवल पाखण्ड ढोँग आडम्बरमा अल्झियौ । लेबल एउटा सामान अर्कै -अनि कसरी सही परिणाम आओस् । अब आवश्यकता के हो भने आन्तरीक तथा बाह्य दुवै तवरबाट हिन्दू दर्शन सँग हाम्रो साक्षात्कार होस् ।
हिन्दू हुन कुनै जाति विशेषमा जन्मनुले गर्दा निषेध छैन । जन्मँदा तपाईं मुसलमान वा कि्रश्चियन हुनुहुन्छ त के भो तपाईं हिन्दू हुन सक्नुहुन्छ । तपाईं जुनसुकै जात-जाति-समुदायको भए पनि हिन्दू हुन सक्नुहुन्छ । चीनिया होस् वा मंगोल होस् वा निग्रो हिन्दू हुने अधिकार सबैलाई छ । यस्तो हो सूर्यमाथि कुन चाहिँ मान्छेको बढि अधिकार छ त्यसको प्रकाश एवम् उर्जामाथि कसको बढी अधिकार छ सबैको । हो त्यसलाई उपभोग गर्न सक्नु-नसक्नु आफुमा भर पर्छ । सूर्य उदायो भने ुकु भन्ने व्यक्तिका लागी उदाउने र ुखु भन्ने व्यक्तिका लागि नउदाउने हुन्छ हुँदैन्ा । त्यही सनातन सूर्य जस्तै हो सनातन धर्म दर्शन । ुकृण्वन्तु विश्वमार्यम्ु भन्छ हाम्रो वेद । सारा विश्वलाई आर्य बनाऊ । आर्यत्व भनेको के त ुअमृतस्य पुत्राःु भनेको छ नि उस्तै हो । ुॐ असतोमा सद्गमय तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय ।ु यही बाटो हो आर्यत्व । आर्य हुनु मानवताको सर्वाेत्तम पद हो ।
धर्मको अन्तदृ्रष्टि सहित विज्ञानलाई हामीले जीवनप्रकि्रयामा आत्मसात् नगरी सुखै छैन । धर्म मान्दै नमान्ने जमात आफ्नो ठाउँमा छँदैछ । धर्म मान्दैछौं भन्ठान्नेहरुमध्ये पनि अधिकांश धार्मिक सम्प्रदायगत ट्रेडमार्कमा रल्लिइरहेका छन् । अनि एउटा सम्प्रदाय विशेषको कुरा गर्दा पनि आ-आफ्नै तालका रितिमा अल्मलिएका देखिन्छ । अब त्यसरी नरल्लिऔं र सही बाटोमा लागौं भन्ने हाम्रो आह्वान हो । सन्दर्भलाई केन्द्रिकृत गर्दाखेरीमा सवाल कुन चािहं रोज्ने भन्ने हो । धर्म रोज्ने कि अधर्म सत्य रोज्ने कि असत्य उज्यालो रोज्ने कि अँध्यारो जीवन रोज्ने कि मृत्यु क्षणिक सुख रोज्ने कि अक्षय सुख योगवाद रोज्ने कि भोगवाद पूर्व रोज्ने कि पश्चिम निश्चित रुपमा हामी धर्मका पक्षधर हौं । हाम्रो रोजाइ असत्य होइन सत्य हो अँध्यारो होइन उज्यालो हो मृत्यु होइन जीवन हो भोगवाद होइन योगवाद हो क्षणिक सुख होइन अक्षय सुख हो र पश्चिम होइन पूर्व हो । अवैज्ञानिकता हामीलाई अस्वीकार्य छ । हाम्रालागि धर्म भनेको जीवनपद्धति हो -यस्तो जीवनपद्धति जस्लाई वैज्ञानिकताबाट पृथक् राख्न हुंदैन । अस्तु ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: