वीराङ्गना शूरप्रभा – निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित दोस्रो खण्डकाव्य

वीराङ्गना शूरप्रभा
नेपालको ऐतिहासिक पृष्ठभूमिमा लिखित खण्डकाव्य

लेखन मिति ः २०४६।०५।१९
पुनर्लेखन मिति ः २०४७।०६।०८

This Veerangana Shooraprabha is second short-epic written by Nirmala Mani Adhikary. It was written in B.S. 2046/05/19 and revised in B.S. 2047/06/08.
This short-epic has been already published in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan.

१। पृथ्वीको आज्ञा र हुङ्कार
२। वीरताको शङ्खघोष क
३। वीराङ्गना शूरप्रभा अ
४। वीरताको शङ्खघोष ख
५। युद्धको विभिषिका
६। शूरप्रभाको सपना
७। शिवराम िसंह बस्न्यातमाथि छल
८। मृत्यु सन्देश
९। वीराङ्गना शूरप्रभा आ

प्रारम्भ
कहानी हाम्रो भन्दछु राम्रो गोर्खाले नेपाल बनायो
झण्डा यो उच्च राख्नलाई हेर वीरले ज्यान गुमायो ॥१॥
वीरकी पि्रया ती शूरप्रभा नेपाल गौरव चिनाउन
कथा यो भन्छु हे लोक सुन नेपालै हाम्रो बुझाउन ॥२॥
पहिलो नम गणेशजीलाई अनि वीणाधारीलाई
मेरो ढोग यतिखेर साथै माता पितालाई ॥३॥

१। पृथ्वीको आज्ञा र हुङ्कार
जाग जाग लोक हो एक यो राष्ट्र गर्दिए ।
नेपालआमा खातिरमा धन मन तन अर्पिए ॥१॥
आमा चिच्याई तिमीसँग पुकार हे वीर गर्दछिन्
आए कि अब त सन्तान सोचेर आशमा पर्दछिन् ॥२॥
टुक्रा टुक्रा यी आमा नेपाल आज भइछन् रे
बचाऊ तिमी हे वीर गोर्खामै भर पर्छिन् रे ॥३॥
बाइस चौबीस टुक्रामा हाम्री मातृ जब होलिन्
फिरङ्गीको डरले क्वाँ क्वाँ गरी ती रोलिन् ॥४॥
फुटी एक आपसमा जब हामी छिद्र देखाइदिनेछौँ
फिरङ्गी तुगल मुगल सब देशमा छिराइलिनेछौँ ॥५॥
देशमा छिर्न विधर्मीलाई दिनु हुन्न हुन्न हे
ध्वजा फहराऊ चन्द्र सूर्य उनलाई कोही छुन्न रे ॥६॥
निस्केका छन् परचक्रीहरु ती हामीलाई फुटाउन
कालको कुण्डमा होमिन हामी टुटने किन ॥७॥
आमाको चित्कार अब तिमी सुन छिटो सुन रे
बचाउनु परम कर्तव्य गुन मनमा गुन हे ॥८॥
युद्धको गण्डकीमा तिमीहरु लौ छिटो पौडी खेल
ह्यान त्यान नगर हे वीर खुँडा र तरबार भिर ॥९॥
आँसु माताको गोरखाले पुछ्नु अवश्य पर्दछ
उठ उठ जम्जमाऊ भाइ हो सब कुछ आफै टर्दछ ॥१०॥
छौ यदि सच्चा वीर भने त्यो भेललाई रोक
हर हर महादेव भनिकन विरोधीलाई ठोक ॥११॥
सक्छौ भने भाइ हो आँसु आमाको पुछ
सक्दैनौ यदि भने भन्नु मेरो छैन कुछ ॥१२॥
गरौँ एकीकरण भनेर तिनले सबलाई सूचना दिए
मातृभूमिको रक्षा गर लौ एकीकरण गर भन्दिए ॥१३॥
सुने समस्त वीरहरुले पृथ्वीको हुङ्कार
जा जा रणक्षेत्रमा भनिकन मनले गर् यो टङ्कार ॥१४॥
नारायण यी पृथ्वीका हुन् वीर अति यी छन्
नेपालका खातिरमा भनेर सङ्ग्राम लड्दछन् ॥१५॥
हामी उनैका जनता कम्मर कसी अघि बढ्न
जाऊँ आज हे लोक हो युद्ध क्षेत्रमा लड्न ॥१६॥
ती वीर गोरखाली अनेक बात गर्दथे
वीरताका कुराले ताप सब हर्दथे ॥१७॥
आज्ञा मानिकन धिराजको तिनले
शङ्खघोष गरे खुला दिलले ॥१८॥

२। वीरताको शङ्खघोष
हामी सन्तान यी जननीको आज सुनौँ चित्कार
लडौँ लडौँ लड्न जाऊँ फुटलाई गरौँ दुत्कार ॥१९॥
मानौँ नारायणको आज्ञा हे साथीहरु
पाए वीरगति लडाइँमा स्वर्ग पाऊँला बरु ॥२०॥
मरे सुनाम र मुक्ति नमरे राज्य आउँछ
डराउनु कालसँग पर्दैन ऊ आफै डराउँछ ॥२१॥
जानै पर्ने कर्तव्य छ है आज हाम्रो
समरमा रिपूसंहार यो नै छ काम राम्रो ॥२२॥
फिरङ्गी ती समुद्र पारिका समुद्र पार नै हटाऊँ
गोघातक इस्लामीलाई पनि दण्ड चखाऊँ ॥२३॥
त्यसै त सकिँदैन नि पहिला शक्ति कमाऊँ
सर्वप्रथम त लोक हो एकीकरण राष्ट्रको गराऊँ ॥२४॥

३। वीराङ्गना शूरप्रभा
हाम्रो रौँ रौँमा वीरता अनि देश प्रेम छ
मरे पनि इतिहासमा नाम पक्कै रहन्छ ॥२५॥
यस्तै विचारी वीरहरुले लड्ने नै इरादा गरे
आफ्ना बलिया बाहुमा खुँडा र तरबार धरे ॥२६॥
खबर जब पुग्यो तब बस्न्यात शिवराम खुश भए
पत्रवाहकसँग सब कुरा खोतल्नमा मन दिए ॥२७॥
सुने शिवले जब कुरा पाताली जीव हटाउने
खुशीले मस्त भैगए किन हामी डराउने ॥२८॥
फेरि मन नरमाइलो भयो सम्झेर दुर्गति
इसाइ र मुसलमानका शासन त्यो हिन्दूमाथि ॥२९॥
भारतवर्ष भूमि विशाल पालैपालो विधर्मीले
रजाइँ गर्दा पनि हेर थाम्यो स्वतन्त्रता नेपालले ॥३०॥
टुक्रे फोक्टे रहिरहे फिरङ्गीका आँखा यतै
परेपछि हिन्दू देश जगमा बाँकी रहन्न कतै ॥३१॥
मुक्तियुद्ध बुझे तिनले पहिले एकीकरण गर्ने
भारतवर्ष मुक्त गराउन राष्ट्र बलियो पार्ने ॥३२॥
श्रीमती शूरप्रभाको मुहारतिर हेरे ।
हुन्छ भनी स्वीकृति शिव काजीले दिए ॥३३॥
सुन हे शूरप्रभा म लड्न जाँदैछु
राजा भन्दैछन् टुक्रालाई एक ठाउँमा गाभ्दैछु ॥३४॥
काग भन्दा चङ्ख भै लडाइँ शत्रुसँग गरुँला
पथका बाधा सब ती मरमर्ती चपाऊँला ॥३५॥
देऊ आज तिमी बिदा हे नेपाली वीराङ्गना
म जान्छु मेरी पि्रया हे कोमल अङ्गना ॥३६॥
नगराई अनुहार रत्ति अँधेरो दिई मीठो चुम्बन
बिदा देऊ ूजानुस् पि्रय वीर हामी छौँू भन ॥३७॥
शूरप्रभा ती अति साहसी विशाल हृदयी
पतिको कुरा बुझेर अनि भइन् अति खुशी ॥३८॥
जानै पर्दछ स्वामी हजुरले साम्ब झैँ भएर
म घर हेर्नेछु लक्ष्मणा झैँ निश्चिन्त रहेर ॥३९॥
मेरो पीर हजुरले कबै नलिनु होला
म नारी हूँ नि स्वामीजी डर मलाई के छोला ॥४०॥
आफ्नो धर्म देश बचाउन बलिदान आवश्यक
चिरा भएदेखि यहाँ पाताली रजाइँ चल्दछ ॥४१॥
हिन्दूस्तान पल्लो छेउको उसकै हस्तगत भैगयो
हिजो मुगलको अनि अहिले फिरङ्गीको गुलाम भयो ॥४२॥
म घरमा बसी सबकुछ मिलाऊँला
स्वामी विजयी बनून् भनी म भजन गरुँला ॥४३।
जब मेरा कानमा यी शब्द पर्ला हजुर भागेको
गृहप्रवेश गर्दा मेरो शव हुनेछ चिता मागेको ॥४४॥
जब अरु सबले बस्न्यातको नाममा नाक खुम्च्याउँछन्
अति हुनेछ यो दिलमा छोराले मृत भेट्टाऊलान् ॥४५॥

४। वीरताको शङ्खघोष
जाग जाग वीर हो देशको सम्मान गर्न हे
आमा पुकार्दछिन् बाबु छ्या नामर्द नबन रे ॥४६॥
सपार्नलाई वीर हो आउने छैनन् अरु
बिगार्नेलाई हराउन सकूँ गर प्रार्थना बरु ॥४७॥
पूर्व पश्चिम उत्तर दक्षिण एकगट्ठा पारेर
विश्वमा हामी बाँच्नेछौँ हाम्रै ध्वजा फहराएर ॥४८॥
आज सब समरेच्छुक शीघ्रातिशीघ्र हिँड
एकीकरणको लडाइँमा शत्रुहरुलाई गिँड ॥४९॥
गोरखकालीको जय वीर हो अघि सरुँ
लड निडर भाग्नेछन् कपटी ती स्याल्हरु ॥५०॥
५। युद्धको विभिषिका
हे वीर हो पृथ्वीको इच्छा विस्तारवाद नसम्झनू
आफ्नो देशको बचाउ हो लौ युद्धमा गम्कनू ॥५१॥
युद्ध सुरु भइगयो आठ कोस टाढामा
शत्रु सेना खोज्न थाले हतियार छ कहाँ ॥५२॥
शिवराम िसंह बस्न्यात खै गोरखाली सेनाका नायक
तिनलाई मार्न सकियो भने पर्नेछ पायक ॥५३॥
ऊ ऊ तिनै पो हुन् कि हाम्रा महान् रिपू
ताक हेर्दै बस्नु पर्छ मार्न सकिन्छ कि िकंतु ॥५४॥
हाम्रो बलबुताले नभेट्न पनि सक्छ
होनहार दैवको अघि कस्को के लाग्छ ॥५५॥
ओहो ती त साथी बलिया साह्रै रहेछन्
लड्नलाई गोर्खेतिरबाट कार्तिकेयझैँ आएछन् ॥५६॥
यस्तै यस्तै कुरा हुँदा उनै शिव आइपुगे
आगाका ती डढेलाले धेरैलाई डढाइदिए ॥५७॥
मार् मार् काट् काट् जय हो रणभूमिमा गुन्जन्थ्यो
लड्दै लड्दै थकित भई मर्ने क्षण गन्दथ्यो ॥५८॥
दुवैतिर थिए महान् धेरै वीर नहट्ने आपसमा
दुवै उत्तिकै जुझारु इज्जत आफ्नो राख्नमा ॥५९॥
एउटा चाहन्थ्यो एकीकृत नेपाल अर्को त्यस्को विरुद्धमा
अनेकौँ धन जन स्वाहा भयो नेपाली नेपाली युद्धमा ॥६०॥
कालको दृष्टि पर् यो ती वीर जस जसमा
आगोको फिलिङ्गो बसे्रन ती कसमा ॥६१॥
आमै बाबै ऐया आत्थु मरेँ मरेँ हरिहर
स्याल कुकुर मान्छे गिद्ध थिए त्यहाँ बराबर ॥६२॥
पृथ्वीको खटन परी वीर शिव आइपुगे
एक एक गरी तिनले धेरै शत्रु गिँडिदिए ॥६३॥
हातमा छ एउटा खुकुरी नाङ्गो चम्चमाउने
अनेकौँ वीरको रगत पिउनलाई तिर्खाउने ॥६४॥
धेरैको टाउको त्यसले टाढा टाढा उछिट्ट्याइदियो
अगस्तीझैँ बनेर अनि तातो रुधिर पिइदियो ॥६५॥
जति मारे पनि उता सलह झैँ लड्न आउने
लडाइँको टुङ्गो नाइँ कहिले हो त यो सकिने ॥६६॥
लड्दा लड्दा गोर्खाली हतोत्साह हुन थाले
कायर स्याल हुइयाँ बुर्लुक् बुर्लुक् भाग्न थाले ॥६७॥
वीर शिव गोर्खाली ती सेनालाई समाल्दथे
कायर छेरुवा पङ्गुलाई अभय पनि दिँदै थिए ॥६८॥
सम्झन्थे रणमा तिनी शूरप्रभाको कथनी
मनमनै गाउँथे उनी वीरताको कहानी ॥६९॥

६। शूरप्रभाको सपना
ए मेरा छोरा नाहर केहर छिट्टो यता आऊ
धोकल र अभिमानसहित सपना यो सुनाऊँ ॥७०॥
सुन मेरा पुत्र म सपना कहन्छु
बाचा गर हे छोरा धैर्यशील रहन्छु ॥७१॥
अचम्म बाबु हो पत्याउनै गाह्रो छ है
तरै पनि भयले मेरो मन थरर्र काम्छ है ॥७२॥
सुन बाबु यतातिर किन टोलाउँछौ
सुन्दै नसुनी सपना किन के सोच्दछौ ॥७३॥
वीराङ्गना मणि ती शूरप्रभा भन्दछिन्
आँखामा भयको प्रशस्त भाव देखाउँछिन् ॥७४॥
सुतेपछि सपना देखेँ ठाउँ मांस रक्तले लत्पत
लडाइँ गर्दै वीर अनेक काट्थे रिपू हत्पत ॥७५॥
कुकुरहरु विकराल स्वरमा ती भुक्दथे
मृत मनुष्यका मांस पाई स्याल हुइया रमाउँथे ॥७६॥
गिद्ध कौवा भुर्र भुर्र रमाउने लास ठुँगिकन
त्यस बेला मन मेरो के भयो होला भन ॥७७॥
एक वीर देखेँ मैले तिम्रा पिताजी जस्तै
उहाँ रिपू संहार गर्ने मतिर हेरेर हाँस्तै ॥७८॥
आफ्ना कौशलले उहाँले बागी सखाप पार्नुभो
आफ्नो खुकुरी चुमेर अनि दापमा राख्नुभो ॥७९॥
छिटो कति ओहो उहाँले हात चलाउने
कहाँ मिल्दो हो अवकाश आँखा पनि झिम्काउने ॥८०॥
लड्दा लड्दै वहाँ एक पुरुष सामु पुग्नुभो
यता सुन बाबु हो विकराल रुप देख्नुभो ॥८१॥
लामा दाह्रा उसका डर लाग्ने के विधि
म त झसङ्ग भएँ कस्को हो यो निधि ॥८२॥
त्यसले दारा धसी अट्टहास बहुत गर् यो
च्वाट्ट काटी टाउको हाय मेरो सुहाग हर् यो ॥८३॥
अट्टहास गरी गरी लात्ती हान्यो शरीरमा
हाँस्यो मतिर हेरी म परेँ पीरमा ॥८४॥
हाँसेर उसले मलाई निल्न भनी मुख बायो
झल्याँस्स म ब्युझँदा धर्ती यो थर्थरायो ॥८५॥
बाहिर म आउँदा स्याल पनि करायो
मेरो मन डरायो बाबु होस हवास हरायो ॥८६॥
काग का का करायो पट्टाइ लाग्ने स्वरमा
कुखुरीहरु बासे विभत्स फट्फटाउँदै खोरमा ॥८७॥
छोरा सबैले आमाको सङ्केत के हो बुझे
बाबुको हाल के भो मनमा बहुत पीर लिए ॥८८॥
नरुनुस् भनी ती अभिमान केहर सम्झाउँथे
हो आमा नरुनुस् नाहर धोकल फकाउँथे ॥८९॥
के थाहा तिनलाई संसारमा के भइसक्यो
तिनको जन्मदाता आज कहाँ गइसक्यो ॥९०॥

७। शिवराम िसंह बस्न्यातमाथि छल
अनेक तवरले समर बढ्दै बढ्दै गयो
योद्धाहरुको रगतले समरभूमि अतृप्त भयो ॥९१॥
एक समय जब ती सुतेका त्यो मौकामा
उज्यालो देख्दा हेरे शत्रुहरु ढोकामा ॥९२॥
बत्ती बाल्दै शत्रु त्यहीँ आइपुगे
तब ती पापीले सहसा काललाई ढोगे ॥९३॥
ओठ फर्फरायो शिवको रिसले निकै घेरिए
खुकुरी झिकेर ती वीर शत्रु मार्नलाई सुरिए ॥९४॥
अगाडि बढेर उनले उचाल्दा आफ्नो खुकुरी
रफूचक्कर भयो त्यो उज्यालो तत्घडी ॥९५॥
आँखा तिर्मिराई उनी अलमल्ल जब परे
छोपी मौका वैरीले जीवन शिवको हरे ॥९६॥
बाबु हो नडराइकन निडर लडाइँ गरनु
यही सन्देश अन्तिम बुझेर समर डटनु ॥९७॥
मारिए ती काजी हाय युद्ध होइन गरी छल
प्रदिप्त चेहराले लेखे अन्तिम पत्र लगाई बल ॥९८॥

८। मृत्यु सन्देश
ए पत्रवाहक यता आ लौ खबर मलाई सुना
ढिलो पटक्क नगरेर छिटो भने है दुगुना ॥९९॥
साह्रै व्यग्र म छु रणको खबर सुन्नलाई
तसर्थ सक्य चाँडो भन् ढिलो मन पर्दैन है ॥१००॥
हाम्रा ती सैनिकहरुले हार जीत के पाए है
तेरो मुहार निन्याउरो बज्र नै पर् यो कि खै ॥१०१॥
शिवराम िसंह बस्न्यात, तिनलाई स~ाचै होला
ती वीर जबतक रहन्छन् गोर्खालाई कस्ले छोला ॥१०२॥
काम फत्ते भयो कि लौ न छिटो बता
रसद पो खतम भयो कि चिठी छ खै कता ॥१०३॥
धत्तेरी किन हे आँसु देख्दछु आँखामा
कतै बाघ त भेटिनस् लाछि तैँले बाटामा ॥१०४॥
बडाराजा हाम्रा पृथ्वी गद्दीनसीन ती थिए
पत्रवाहकले तिनलाई जङ्गी सलाम त्यहाँ दिए ॥१०५॥
महाराज भनी तिनले सबै खबर सुनाइदिए
सुन्दा ती धिराज त विस्मित र दुःखी भए ॥१०६॥
लोकहित हेतु सब जीवन नै अर्पिएका
युगधर्म बुझी राष्ट्र एक पार्न त_िम्सएका ॥१०७॥
प्रजालाई प्यार अति मनमा उनको कति हो
वीरलाई झन् हृदयमा स्थान विशेषै थियो ॥१०८॥
बस्न्यात शिवराम त उनका भरोसा थिए
मरणको उनको खबरले दिमागै भयो निस्क्रिय ॥१०९॥
त्यस्ता महान वीर नै हरे समरमा ढले
हामीलाई युगौँसम्मलाई महान् बाटो मिले ॥११०॥
शूरप्रभा बाहिर निस्कनोस् आवाज तिन्ले सुनिन्
किन होला आज हे मनै मनमा गुनिन् ॥१११॥
चिठी रहेछ पृथ्वीको पढिन् तिनले जब
सब कुरा तिनलाई छर्लङ्ग भयो अब ॥११२॥

९। वीराङ्गना शूरप्रभा
बाबु हो आऊ निस्क तयार म भएकी छु
आज समरमा जान हेर म कसिएकी छु ॥११३॥
बुझ म हूँ दुर्गा उमा संसारकी मातर
अब चण्डमुण्ड संहार नेपालको खातिर ॥११४॥
भाला खुँला खुकुरी चलाउने म वीराङ्गना
नहेप्नू मनुवा अब सम्झेर कोमलाङ्गना ॥११५॥
ज्वाला हूँ म त हे हुङ्कारले धूम्र मार्दिन्छु
भ्रामरी हूँ सहस्र भ्रमर साथमा धर्दछु ॥११६॥
म हूँ काली करालवदना हाँसी हाँसी डढाउने
मै हूँ महावीराङ्गना सबको सातो उडाउने ॥११७॥
गर्छु संहार दुष्टको मै अगाडि बढ्दछु
गोर्खाली वीराङ्गनाहरुको प्रतिनिधित्व गर्दछु ॥११८॥
हूँ म शिवरामकी शूरप्रभा सहधर्मिणी
मार्नेछु रणमा महिषहरु क्रोधित भई अति ॥११९॥
अब िसंहिनी बनेर मरमरी चपाउने छु
शत्रु मारी विरहलाई सधैँलाई धपाउने छु ॥१२०॥
मारी तिनलाई जगमा सद्धर्मलाई जिताउँछु
पतिले झैँ म पनि धर्म दीप जगाउँछु ॥१२१॥
युगमा हाँक्ने युगलाई कबै एक निस्कने
पृथ्वी यी युगद्रष्टा शिव यिनलाई चिनने ॥१२२॥
आवाज दिने भए यिनी तर कर्म हो युगको
यिनलाई बुझ्ने शिव अरु वीरले बुझेको ॥१२३॥
जाऊ तिमीहरु सब हे डरलाई झट् त्यागेर
धिराज एक िसंह बदला तीन डमरु आयौँ भनेर ॥१२४॥
जब म लडी लडी शत्रुलाई खतम पार्नेछु
छलले मारिएका पतिको बदला चुकाउनेछु ॥१२५॥
लेऊ नाहर लेऊ केहर ए अभिमान र धोकल
लेऊ मेरो खुँडा तरबार गरेकी छु भाकल ॥१२६॥
आऊ नारीजन पनि युद्धमा जाऊँ हामी पनि
मारौँ ती शत्रुहरुलाई तरबारले हानी हानी ॥१२७॥
नत्र तिम्रा पति र पुत्रको रगत त्यो खेर जाने भो
जुर्मुराऊँ हामी सबै अब देशका लागि बाँच्ने हो ॥१२८॥
जब नारीहरु उठेर अगाडि सर्लान् देशको खातिर
हाँस्नेछिन् यी माता नत्र रोएकै छन् यति खेर ॥१२९॥
सुनेर हुङ्गार प्रभाको नारी धेर जम्मा भए
खुँडा खुकुरी भिरेर तिनले गोरखकाली जय गाए ॥१३०॥
नाहर केहर अभिमान धोकल र गाउँलेहरु
मिलेर शान्त गराए थपिए अरु अरु ॥१३१॥
माता ती धन्य शूरप्रभा सबको अहम् जगाइन्
लडाइँ टुङ्गियो गोर्खा पक्षमा इज्जतलाई बचाइन् ॥१३२॥
पृथ्वीको पत्र उनले पाइन् पत्रवाहकद्वारा
अति आनन्दमा परिन् सुनेर पत्र व्यहोरा ॥१३३॥
हे शूरप्रभा तिमी हौ गोर्खाकी शिरोमणि
वीरताका प्रतिमूर्ति माता दुर्गासरिकी ॥१३४॥
वीराङ्गना शूरप्रभा खण्डकाव्य समाप्त

Also visit: http://maharshidhaumya.blogspot.com/2008/08/nirmals-new-book-this-one-is-literary.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: