टोकाहा – निर्मलमणि अधिकारी आयोदधौम्यद्वारा रचित पहिलो खण्डकाव्य

टोकाहा
मौलिक खण्डकाव्य
मिति ः २०४६।०४।०७
This Tokaha is first-ever short-epic written by Nirmala Mani Adhikary. It was written in B.S. 2046/04/07. This short epic has been already published in: Aath Khandakavyaharu Ayod Dhaumyaka (An Anthology of Eight very short epics by Ayod Dhaumya), published by: Taranga Sahityik Abhiyan.
१। सुदर्शनको जन्म
२। मृत्युस्मरण
३। सुदर्शनको जीवन
४। सुदर्शन जन्मस्थान जान्छ
५। महाशून्य

सरस्वती प्रार्थना
आमा सरस्वती तिमीलाई प्रणाम मेरो छ है ।
गर्दै भक्तिभाव तिम्रो यो खण्डकाव्य लेख्छु है ॥

१। सुदर्शनको जन्म
ऐया नि बाबा मरेँ नि मरेँ मुटु नै खायो नि
दुख्यो के दुख्यो पेट नै दुख्यो व्यथा है लाग्यो नि ॥१॥
मुटुको टुक्रो आयो आयो दुखाई मलाई
मानो भन्यो नखाइकन छाड्दिनँ तँलाई ॥२॥

बचाऊ बचाऊ मर्दिनँ म त बचाऊ हे मलाई
निठुरी मानव छोडेर मलाई हेर्दछौ केलाई ॥३॥
गास र बास छोडन खोज्छ यो मेरो परान
लौ लौ मानव छिटो छिटो मलाई धान न ॥४॥

ए दाजु भाइ ए मान्छे हो नकोर सलाइ
त्याजेर तिम्ले कसबाट के पाउँछौ र हाइ ॥५॥
ए पापी जन सुन न सुन यता सुन न
गर्भिणीको चित्कार सुनी मनमा गुन न ॥६॥
अनेक तरहले रुन्थिन् ती आमा गर्भिणी
सूँडिनी चाहिँ फुङ्कार गर्छे हो कि सर्पिणी ॥७॥
वरिपरि असङ्ख्य जन उभेर बस्याछन्
यस्तो लाग्छ बिचरीलाई मिलेर डस्याछन् ॥८॥
रुन्छिन् बरा ती आमा सहायता पाउँछु कि भनेर
अरु चाहिँ हाँस्न लागे रोएको सुनेर ॥९॥
मार् यो नि मार् यो मुटुले मार् यो रुन्थिन् ती आमा
विचरी प्रसव व्यथाले नै पर् यो नि धामा ॥१०॥
ऐया र आत्था गर्दा गर्दै बालक चिहाँ गर् यो
सकस यति धेरै पछि बालक त्यो झर् यो ॥११॥
मेरो छोरो राम्रो रैुछ आमाको मनमा पर् यो
उज्ज्वल मुहार उसको सँगै माताको प्राण गयो ॥१२॥
लल्याक् लुलुक् तिनी भइन् सास् फेरी लामो
छाड छाड मनुवा हो छाड जाने बाटो ॥१३॥
हर् यो हर् यो यसले हर् यो विध्वंश नै गर् यो
अलच्छिना परेछ छोरो यो पापी मोरो ॥१४॥
भनेर सब खासखुस गर्दथे त्यहाँ हे
कालले भन्यो ए मोरा मोरी बाटो त छोडिदे ॥१५॥
प्राण हेर लिएरै गयो ती प्यारी आमाको
मन कति रोयो होला अकेला मामाको ॥१६॥

धुरु धुरु रोई रोई ती आँसु पुछ्दथे
वरिपरि आँमामा दृष्टि भूत्कालको देख्दथे ॥१७॥

२। मृत्युस्मरण
सात् महिनाअघि ती ज्वाईँ हेर ओछ्यान परेका
श्रीमती गर्भिणी छ मर्छु कि डरेका ॥१८॥
डाक्टरजीलाई बोलाऊ न सकस्मा म परेँ
आँखा पनि सेतै देख्छु लौ न नि म मरेँ ॥१९॥
मरणमा हुँदा पनि तिनी लिन्थे गर्भे चिन्ता
म मरेँ भने यी श्रीमती र सन्तान्लाई के होला ॥२०॥
ज्वाईँको मृत्यु सम्झेर टोलाउँदै रहेका
बैनीको मृत शरीरअघि दुःखी भएका ॥२१॥
आँखाभरि आँसु पार्थे कष्ट पाएर
ज्वाईँ बैनी मरेको सम्झी मन गथ्र्यो हाहाकार ॥२२॥
डाक्टरजी आई जाँचिकन औषधी लेख्दिए
उता र उता गरिकन सुइले घोच्दिए ॥२३॥
ऐया र आत्था झन् बढ्दै गयो घट्ने त होइन
मर्छु क्या डाक्टर बाँच्नलाई मन नै मान्दैन ॥२४॥
हुटिट्याउँ भई कहिल्यै पनि सगर नथाम्नू
भवितव्यको अगाडि कहिल्यै पाइला नचाल्नू ॥२५॥
जललाई जलमै थललाई थलमै मिल्न दिनू रे
नदीको वेगसँगै हिँडनु बुद्धिमानी हे ॥२६॥
त्यसैले अब मर्छु म मलाई मर्न नै दिनुस
बचाउँछु हठ लिई सुइराले नघोच्थुस ॥२७॥
नचल मानव छोडिदेऊ दाल्न छोड हे मलाई
काल आई सुनाइसक्यो लानेछु तँलाई ॥२८॥
पृथिवी तिनी थरर्र कामिन् फूलहरु मुर्झाए
हिमालय पहाड रोए जूनहरु डराए ॥२९॥
चन्द्रमा चन्द्रिका हीन भए प्रकाश हराए
जेठान र श्रीमती मिली कोलाहल मच्चाए ॥३०॥
रोगले जर्जर त्यो देह हेर तुनुक्क तन्केथ्यो
पानी एक घुट्की पिई सधैँलाई थन्केथ्यो ॥३१॥
चिहाँ गरी बालक रोयो झसङ्ग मन भयो
बल्लतल्ल मामाको होस ठेगानमा आइपुग्यो ॥३२॥
बच्चा थियो असरल्ल मान्छे कराउने
टोकाहा हो भनिकन छुन डराउने ॥३३॥
मामा थिए ती हेर कता कता हराएका
बहिनीको शोकले गर्दा मुर्छामा परेका ॥३४॥
मामा सोचनमा कता कता हराउने
बालक रुँदा निस्केन कोही उसलाई टिठाउने ॥३५॥

३। सुदर्शनको जीवन
बाबु मरेका थिए सात महिना अघि हेर
हात मिलाए यमसँग जीवन्लाई पछारेर ॥३६॥
आजचाहिँ जन्मदातृ मरेर गइछन्
घरको श्री खतम भयो लक्ष्मी रहिछिन् ॥३७॥
फुङ्ग भयो घर हेर गृहिणीविहीन भई
रुँदी हुन् यही सम्झेर तिनी मरेर कहाँ रही ॥३८॥
चिहाँ चिहाँ रोयो बालक दूध् पिउन नपाई
खुच्चिङ्ग मोरा भन्थे सब टोकिस् मातालाई ॥३९॥
घाँटी नै सुक्यो मुख नै सुक्यो निर्दोष बालकको
मर्ने बेला आएको हैन त्यो सानु लालको ॥४०॥
निस्कन्छे कि दयावान् हूलविषेमहाँ
ए देवी माता दुर्गे तिमी गयौ कहाँ ॥४१॥
हूलमा एउटी नारी निस्की निस्की रे
लौ अब मेरा दूधका धारा तैँले पिएस् हे ॥४२॥
तनतनी दूध पियो भोको उसले
भन्थे सबै नारीलाई छर्नुपर्छ पानी कुशले ॥४३॥
परवाह नगरी उसले दूध खुवाइदिई
दयालु त्यस नारीले जीवन दानै दिई ॥४४॥
तर्खरमा सब लागे शवलाई उठाउने
लगिकन मसानमा तिनलाई डढाउने ॥४५॥
चिता जल्यो हुरुरुरु गरिकन मात्तिँदै
मलामी सब हाँस्न लागे आगोसँग पात्तिँदै ॥४६॥
पोली खाक बनाए तिनले त्यो जीर्ण लासलाई
दया माया लागेन त्यहाँ मलामी कसैलाई ॥४७॥
एक आमालाई त्यहाँ आगोले सखापै पार् यो
निष्ठुर हाय कालले एउटी ममतृ हर् यो ॥४८॥
त्यो टुहुरो बच्चो चाहिँ नारीले पालिथी
टुहुरो हो बाँचोस् भन्ने सोच राखिथी ॥४९॥
मामाचाहिँ आफैसँग लान नै चाहन्थ्यो
पहिले उस्ले दिइन दिन्थी र किन पो ॥५०॥
परन्तु मामाले लग्यो आफ्नो भान्जालाई
त्यो बच्चो मामा घर गयो नारीलाई गलाई ॥५१॥
हातको सम्पत्ति गुम्यो नारीको मनमा परेछ
धत्तेरी उसको मनमा लोभले बास गरेछ ॥५२॥
सुक्न लागी नारी त्यो बालकको लोभले
दिनदिनै गलिहाली गुमाइको क्षोभले ॥५३॥
गरेकी आशा रैुछे त्यसले अर्काको सम्पत्ति
त्यसै बेला कालले लग्यो कस्तो आपत्ति ॥५४॥
मरी गई त्यो नारी हेर दुर्गतिसाथमा
टोकाहा नाम झन् ठप्पा लाग्यो बालक्को माथमा ॥५५॥
पहिले गर्भमा उसले बाबुलाई चपाइदियो
जन्मेर आमा र नारीलाई यम्पुरी धपाइदियो ॥५६॥
यो टोकाहा हो कुरा चल्यो बालकविरुद्ध
केटो थियो मामा घरमा रहेको खुरुक्क ॥५७॥
केटाकेटी अरु कोही थिएनन् घरमा
केटो थियो शोभायमान त्यहाँको धरामा ॥५८॥
न्वारानमा राखे नाम मामाले सुदर्शन्
पछि गई होलान् कि त भान्जा प्रतापवान् ॥५९॥
सुदर्शन ठूलो भयो तीव्र तीव्र बढेर
ज्ञानी भयो ऊ तीक्ष्ण बुद्धिले गरेर ॥६०॥
मामा माइजु छोरा भन्थे प्यारले उसलाई
आदर गथ्र्यो सुदर्शन मान्यजन् सबलाई ॥६१॥
तारिफ थियो उसको रमाइलो ठाउँमा
क्या बात् भन्थे गाउँले सुरम्य गाउँमा ॥६२॥
खेतबारी थियो अधियाँ त्यस दूर गाउँमा
मामा जान्थे स्याहार्थे भान्जाको जन्म ठाउँमा ॥६३॥
मातुलत्व भरिपूर्ण हृदय उनको थियो
सुदर्शन हुन् आफ्नै सद्बुद्धि मनले दियो ॥६४॥
हे मामा जान्छु र आउँछु म माटो चुमेर
गर्छु प्रणाम जननीलाई ईश्वरी भनी नुहेर ॥६५॥
आमा ती हुन् अत्युच्च हे प्रकृतिकी प्रेयसी
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ॥६६॥
आमा खुस बनून् हाम्रो कर्तव्य कर्तव्य रे
माटामै सब जगत छ यही सम्झ सम्झ हे ॥६७॥
दर्शन जन्मभूमिको बढिया मलाई जँच्तछ
पुगेर मात्र फर्किहाल्छु के पो बिग्रन्छ ॥६८॥
एक समय सुदर्शनले यस्तो मामालाई भन्यो
मामाले मौन रही के होला मनमा गुन्यो ॥६९॥
जानु किन भन्दा सुदर्शन पटक्कै मानेन
जाँदैन बिग्रने केही पनि ठानेन ॥७०॥
मामा र माइजु घरमै रहे सुदर्शन हिँड्यो नि
जन्मस्थान जाँदाखेरि त अनर्थ भयो नि ॥७१॥

४। सुदर्शन जन्मस्थान जान्छ
गयो सुदर्शन लिएर भरिया
थिए उसका लिबास बढिया ॥७२॥
उसलाई यस्तो रुपमा देखिकन
छक्क परी हेर्न लागे ती गाउँलेजन ॥७३॥
त्यै टोकुवा हो कि कसो हो
मान्छे हेर्दा उस्तै लगभग देखियो ॥७४॥
छक्क खायो ऊ टोकुवा भन्दा बारबार
हैन म टोकुवा करायो ऊ रिसाएर ॥७५॥
सुदर्शन नाम मेरो सुदर्शन पो हूँ
के को टोकुवा म टोकुवा कहाँ हूँ ॥७६॥
कसलाई टोकेँ र मेरो नामै टोकुवा
मनपरी भन्ने हैन ए मोरा पछुवा ॥७७॥
मान्छे एउटा भीडबाट बाहिर निस्किएर
पापी अधमले सबै त्यहाँ गयो बताएर ॥७८॥
तोरी फूल पहेँलै सुदर्शनले वरिपरि
घात आत्म गरुँ कि सोच्यो घरिघरि ॥७९॥
व्यग्र अति भो मन थाम्न उसले सकेन
मान्छे त्यसले हरि हरि बताउनै जानेन ॥८०॥
त्यहीँबाट ऊ आयो पागलजस्तै बनी
हाँस्यो त्यसपछि हा हा म टोकुवा भनी ॥८१॥
रोटी एकोहोरो कहिल्यै पाक्दै पाक्दैन रे
मान्छे चोटले एकोहोरो पिसिई रहन सक्दैन रे ॥८२॥
भरिया हजुर भनी सुदर्शनलाई थमाउँदा
बुद्रुक्क उप्रुी हिँडेथ्यो उसलाई लडाउँदा ॥८३॥
सबै हेर्थे टोकुवा लायक असाध्य रहेछ
त्यस्तो बालक आज हेर कस्तो असल् भएछ ॥८४॥
तैपनि अभागी तैँले आमा बालाई टोकिस्
दूध चुसाउने नारीलाई पनि त तैले खाइस् ॥८५॥
कोइली चरी को हो को हो भनी प्रश्न गथ्र्यो
सुदर्शन हूँ म यही ऊ जिद्दी गथ्र्यो ॥८६॥
आज बरा पापी भनी धिक् पाउँदै थियो
यस्तै यस्तै खलबलमा दिन उसको बित्यो ॥८७॥

५। महाशून्य
रट्दा रट्दा सुगा पनि सीताराम गाउँछ
सुन्दा सुन्दा मान्छे पनि हो कि जस्तै मान्दछ ॥८८॥
सुदर्शन मध्याह्नमा टोकुवा यही सुन्दथ्यो
साँचै नै हूँ के त म मनमनै गुन्दथ्यो ॥८९॥
पर् यो उसको मनमा हूँ टोकुवा म हे
म मरे पिता माता फर्किएलान् त के ॥९०॥
रातमा पनि उसलाई निद्रा आएन पटक्क
टोकेँ माता पिता र जीवनदाता मन खान्थ्यॊ कटक्क ॥९१॥
मरुँ क्यारे अब म उसको मनमा जाग्यो
भरिया त्यो साथीतुल्य बाधा हो कि लाग्यो ॥९२॥
सुदर्शनले हँसिया लिई प्रहार आफैलाई गर् यो
रगत धेरै बग्नाले त्यहीँ नै ऊ मर् यो ॥९३॥
मर् यो सुदर्शन हे मामा र माइजु
खबर दिऊँ भनी आज म आएछु ॥९४॥
यति सुनी मामा माइजु ढले त्यहीँ
भान्जालाई सम्झेर प्राण त्यागे उहीँ ॥९५॥
घच्घच्याउँछन् अरु उठ छिटो उठ ए
तर उठ भन्दा भन्दै प्राणचाहिँ उडेछ हे ॥९६॥
महाशून्य महाशून्य भयो हेर जताततै
महाशून्य बेगर त छैन केही त्यहाँ कतै ॥९७॥

टोकाहा खण्डकाव्य समाप्त

Also Visit: http://maharshidhaumya.blogspot.com/2008/05/nirmala-mani-adhikarys.html

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s


%d bloggers like this: