हिन्दूका तेत्तिस कोटी देवी-देवता छन् भनिन्छ । हुनपनि हिन्दूधर्मावलम्बीहरुले अनेक नाम र रुपका देवी-देवताको पूजा-आराधना गरेको देखिन्छ । आफ्नो देश-काल-परिस्थिति अनुकूल विविध ईश्वरीय विभूतिको उपासना अर्चना गर्ने संस्कार हिन्दू-समुदायमा राम्ररी विकसित भइसकेको छ । सनातन हिन्दू धर्मग्रन्थहरुको ठूलो भण्डारलाई अध्ययन गर्ने होभनेपनि यही तथ्य स्पष्टसँग देख्न सकिन्छ । निश्चयनै वैदिक परम्परामा विविध नाम र रुपका ईश्वरीय विभूतिको पूजा आराधना अर्चना उपासना गर्ने प्रेरणा दिइएको छ तर यसका साथसाथै ख्याल राख्नुपर्ने तथ्य के छभने त्यहाँ अनेकतामा एकताको अवधारणालाई विशेष जोड दिइएको छ । अर्थात् सबै ईश्वरीय विभूति एउटै ब्रह्म-तत्वको प्रकटीकरण हुन् । हिन्दू-संस्कृति यसरी एकमा अनेक र अनेकमा एक आत्मसात् गरेको संस्कृति हो ।
Read the rest of this entry »
हिन्दूका देवी-देवता : एक र अनेक
November 8, 2009 by adhikaryनिर्मलमणि अधिकारी (आयोदधौम्य) को उपन्यास अन्तिम बादशाह
October 30, 2009 by adhikaryअन्तिम बादशाह
(चीनका मंचुवंशीय अन्तिम सम्राटसम्बन्धी लघु-उपन्यास)
लेखन मिति ः २०४८ असार २१ गते शुक्रवार – भदौ ३१ गते सोमवार
१
“आमा !”
हुसुआन तुङ्ग माचुवंशीय राजकुमार आफ्नी आमालाई बोलाइरहेछन् । विचरा उमेर नै के छ र ! भर्खर तोते बोली फुटेको छ । आमा काखमा लिन्छिन् र पुचकार्छिन् । यही मातृ ममत्व कति शक्तिशाली छ भने तुङ्ग मग्न हुँदै निदाउँछन् । महारानी ति स्याङ्ग छोरालाई झोलुङ्गोमा राख्छिन् । निदाएको तुङ्गको अनुहारमा हेर्छिन् उनको मातृत्व भावविभोर हुन्छ । उनी च्वाक्क म्वाइँ खान्छिन् तुङ्गको निधारमा ।
Read the rest of this entry »
आयोदधौम्य निर्मलमणि अधिकारीकृत उपन्यास “शहरमा …” को प्रारंभिक अंश
October 13, 2009 by adhikaryजुनि !
धेरै समयको अन्तरालपछि तिम्रो निम्ति केही लेखूँ भनेर लागिपरेको छु । मलाई थाहा छैन मेरा भावनाहरु तिमीसम्म पुग्ने पनि हुन् कि हैनन् । यथार्थमा भन्ने हो भने तिमी कहाँ छौ केही जान्दिनँ म । तर कुन भावनाले हो कुन्नि म तिमीलाई केही लेख्दैछु । आफैलाई थाहा छैन अझै तिमीप्रति कति माया छ मनमा र कति गुनासाहरु ।
Read the rest of this entry »
संचार जीवनपद्धति
September 4, 2009 by adhikaryसंचार (कम्युनिकेसन) को भूमिका तथा महत्वलाई हामी विभिन्न आयामबाट चर्चा गर्न सक्छौं ।
Read the rest of this entry »
नेपालमा मिडियाको वर्तमान अवस्था
August 21, 2009 by adhikary(निर्मलमणि अधिकारीद्वारा लिखित पुस्तक आमसंचार र पत्रकारिता पाँचौँ संस्करणबाट लिइएका सामग्रीबाट यो लेख तयार भएको हो । विसं २०६० मा पहिलो संस्करण प्रकाशित भएको आमसंचार र पत्रकारिता पुस्तकको पाँचौँ संस्करण चाँडै नै बजारमा आउँदै छ जसमा ६ वटा खण्डहरु र २४ वटा एकाइहरु छन् ।)
Read the rest of this entry »
पत्रकारिता विरुद्ध पत्रकारितावाद
August 7, 2009 by adhikaryपत्रकारिता विरुद्ध पत्रकारितावाद
- निर्मलमणि अधिकारी
पत्रकारिता र पत्रकारितावाद एउकै कुरा होइनन् ।
Read the rest of this entry »
आइज निँदरी आइज … … …
June 23, 2009 by adhikaryकविता
आइज निँदरी आइज ………
- आयोदधौम्य
सानैमा
झोलुङ्गामा हल्लाउँदै
सूरिलो राग मेरी आमा अलाप्नुहुन्थ्यो ः
“आइज निँदरी आइज … …”
र म हाऽऽई गर्थें
आँखा मिच्थें
र निँदरी आउँथी ।
Read the rest of this entry »
हेलो सर, हिप हिप हुर्रे
June 3, 2009 by adhikaryहेलो सर, हिप हिप हुर्रे
निर्मलमणि अधिकारी
विजयोत्सवमा वा उत्साह वर्धनको निमित्त चिच्याउने, कराउने वा अनेक किसिमका नारा लगाउने चलन उहिलेपनि थियो र अहिलेपनि छ । अचेल संसारमा यसरी प्रचलित नाराहरूमध्येमा शायद सबैभन्दा प्रचलित नारा “हिप हिप हुर्रेनै हो । यसको मूल संस्कृत भाषा एवम् आर्य हिन्दू सभ्यता रहेको तथ्यतर्फअनुसन्धाता विद्वानहरूको दृष्टि पुगेको छ ।
Read the rest of this entry »
भोककै कारण छोरीहरुसहित आत्महत्या गर्न बाध्य आमाको देशमा
May 27, 2009 by adhikary- निर्मलमणि अधिकारी
यो यही देश हो जहाँ भोककै कारण आठ महिना र सात वर्ष उमेरका दुई छोरीहरुसहित आत्महत्या गर्न बाध्य भइन् एक आमा । अखबारका पानामा संक्षिप्त समाचार छापिनुबाहेक उनीहरुको दुःखान्तले छोएन कसैलाई ।
Read the rest of this entry »
नारी
May 10, 2009 by adhikaryशक्तिको पूजा अर्चना गर्ने हाम्रो प्रचलन छ । तर शक्ति अर्थात् नारीको जति नै पूजा गरिएतापनि नमिठो कुरा के छभने अहिले हाम्रो समाजमा नारीहरुको स्थिति सन्तोषजनक छैन । यो लुकाउने र छोपछाप पार्ने कुरो होइनकि यहाँ वर्षेनी हजारौं चेलीहरु वेश्यालयका कोठीहरुमा बेचिनेजस्तो कलङ्कपूर्ण स्थिति छ; घरेलु िहंसाले पिडित हुनु परिरहेछ नारीहरुले; आधारभूत स्वास्थ्य सुविधा समेत नपाएर अकालमा धेरै नारीहरुको ज्यान गुमिरहेको छ । नारीहरुलाई अपमान र तिरस्कार गरिएका घटनाहरु धेरै संख्यामा घटित भइरहन्छन् ।
Read the rest of this entry »